चन्द्रप्रकाश वानियाा
क्रिकेटको भाषामा भन्ने हो भने शेरबहादुर देउवाले लगालग दुई छक्का मारेका छन् । एक महिनाभित्रै पार्टीको दुईवटा महत्वपूर्ण पदहरूमा सानदार विजय आत्मसात् गर्ने दुर्लभ अवसर पाएका छन् । ‘राजनीतिक शब्दकोषमा थकाइ भन्ने शब्दावली नै हुादैन’ भनेर मदन भण्डारीले भन्थे । अवश्य देउवाको गतिमा यत्तिकैमा पूर्णविराम लाग्नेछैन । सफलता हात लाग्ने नलाग्ने कुरा त तत्कालीन परिस्थितिले निर्धारण गर्ने कुरा हो । शेरबहादुरको प्रयत्न रोकिनेछैन । उनको यतिञ्ज्यालको चेष्टा त निशाना साधेजस्तो मात्रै हो । अन्तिम लक्ष्यभेदन त बााकी नै छ । तारो हान्ने खेलको जस्तो ‘खोलपार्ने’ मुख्य लक्ष्य त बााकी नै छ । राजनीतिज्ञहरू न कहिल्यै थाक्छन्, न त कहिल्यै तृप्त सन्तुष्ट हुन्छन् । देउवाको अन्तिम लक्ष्य पार्टी सत्ता मात्रै होला भनेर पत्याउन सकिादैन । हुन त गिरिजासाग रुष्ट भएर अलग चुलोचौकोको प्रबन्ध गरेका देउवाले पुन: पार्टी एकीकरण गर्दा देखेको सपना यतिबेला अर्थात् दिव्य दश वर्षको प्रतीक्षापछि साक्षात्कार भएको छ । तैपनि निर्धक्क भन्न सकिने कुरा के हो भने देउवाको यात्राको अन्तिम गन्तव्य यति मात्र किमार्थ होइन । नत्र भने तलदेखि माथिसम्म दुई फ्यााक हुनेगरी चिरिएको पार्टीलाई एकताबद्ध बनाउने सुपरग्लुुको काम संसदीय दलको नेताको पदले गर्नसक्छ भन्ने सामान्य ज्ञान देउवामा थिएन होला भन्न सकिन्न । अवश्य देउवाको लक्ष्य त्योभन्दा पर कतै टिकेको छ । उनको अर्जुनदृष्टि अन्तै छ ।
लडाइाको मैदानमा उत्रिनु परेपछि योद्धाले सारा अस्त्रशस्त्रको प्रयोग गर्दछ । घोषितरूपमै युद्धमैदानमा ओर्लिसकेको नभए पनि देउवाले प्रथमचरणमा शब्दवाण भने चलाउन सुरु गरिसकेका छन् । उनको पहिलो शब्दवाणले नै ओलीको मु्टुमा ढ्याङ्ग्रो ठोकिन थालेको छ । वर्तमान सत्ताको गद्दी उनको एउटै धीर गम्भीर हुङ्कारले नराम्रोसाग हल्लिन थालेका छ । भूकम्पको धक्काले झौ सत्तागठबन्धनमा चिरा पर्ने लक्षण देखिन थालेका छ । नेपाली कााग्रेसको तेह्रौा महाधिवेशनको उद्घाटन सत्रको मञ्चमा उभिएर ‘कााग्रेसको चरित्र भरोसायोग्य बनोस्’ भन्ने चुट्किलाको माध्यमबाट ओलीले १६ बुादे समझदारीका शर्तहरूको स्मरण गराएका थिए । त्यसयता पनि पटक–पटक उनी स्वयम् र उनको गठबन्धनका सहयात्री नेताहरूले कााग्रेस पनि वर्तमान सरकारमा सहभागी भइदिनुपर्ने आग्रह अनुरोध सार्वजनिक रूपमा गर्दै आएका छन् । सत्तागठबन्धनको त्यस्तो आग्रहको प्रत्युत्तर आफू पार्टीअध्यक्षमा निर्वाचित हुनासाथ देउवाले स्पष्ट शब्दमा दिएका हुन् । उनको स्पष्ट भनाइ थियो, ‘कााग्रेस बााडीचुडी खाने पक्षमा छैन !’ त्यसको लाक्षणिक अर्थ इतिहासको कुनै कालखण्डमा मुख्य प्रतिस्पर्धी दलसाग सत्तासाझेदारीको मामलामा गरिएको भूल फेरि दोहोरिने छैन भन्ने नै हो अर्थात् कमसेकम एमालेसाग सत्तासाझेदारी गर्ने मनसाय देउवा नेतृत्वको कााग्रेसले राख्दैन । परिस्थिति अनुकूल भए एमालेबाहेकको सरकार बनाउने, सम्भव हुादैन भने आगामी संसदीय निर्वाचनसम्म प्रतिपक्षकै भूमिकामा रहने आशय त्यो भनाइमा अन्तर्निहीत रहेको देखिन्छ । किनकि बााडीचुाडी खाने मनसाय छैन भने पनि संसदीय अंकगणितले कााग्रेसलाई एक्लै सरकार बनाउने हैसियत दिएको छैन । सत्तारुढ हुन चाहने हो भने अन्य साना पार्टीहरूसाग लेनदेन र बााडचुाड नगरी सुखै छैन । आना सुका हात नपारी कुनै दलले पनि कसैलाई बाहिरबाट नि:शर्त र नि:स्वार्थ समर्थन दिनेवाला छैन । नेपालको वर्तमान राजनीतिमा देखिएको अति सत्तालोलुपताको सन्दर्भमा एमाले नेतृत्वको सरकार आफौ ढल्ला र २०५१ को मनमोहन नेतृत्वको एमालेले जस्तो अल्पमतको एकलौटी सरकार चलाउने अवसर पाइएला भन्ने कल्पना देउवाले अवश्य गरेका छैनन् होला । त्यसैले उनको मनसाय एमालेविनाको सरकारकै परिकल्पना हो भन्नलाई हिच्किचाउनु पर्दैन ।
कााग्रेसको नेतृत्वमा देउवा स्थापित हुनासाथ ओलीसरकार अर्धमूच्र्छित अवस्थामा पुगिसकेको थियो । संसदीय दलको नेतामा समेत निर्वाचित भएपछि देउवाको दबाब चिलको छाया बनेर ओलीरूपी सर्पमाथि परिसकेको छ । आकाशमा कावा खाइरहेको चीलको छाया पर्नासाथ जमिनको सर्प बेहोस हुन्छ भनिन्छ । ओलीसरकारको हालत त्योभन्दा किञ्चित फरक छैन भन्नु आग्रह ठहर्दैन । सत्ताको दिनगन्ती सुरु भइसकेको छ । ओलीसत्ताको सबैभन्दा बलियो आडभरोसा एकीकृत माओवादी हो । दशरथको युद्धमैदानमा फुक्लेको रथको ठेडीको काम कैकेयीका नाजुक औलाले गरेजस्तो एमालेको लागि एमाओवादी बनेको छ । एमालेको औंलो मिथकपात्रा कैकेयीको जस्तो बलियो छैन । एकीकृत माओवादीरूपी औालो जुनसुकै बेला भााचिनसक्छ । त्यो टुट्यो भने ओलीसत्ताको रथ सिसमहल भई चकनाचुर हुनेछ । तासको महलझौ गल्र्यामगुर्लम्म ढल्नेछ । धुलिसात् रथसागै ओली पनि धराशायी हुनेछन् । छ खम्बे उपप्रधानमन्त्रीहरूको टेकोले ओलीसत्तालाई टिकाउन सक्ने छैन ।
ओली सत्तालाई थाम्ने प्रचण्डका कााधहरू गलिसकेका छन् । सरकारको असफलता र बदनामीको दुर्गन्ध सहिनसक्नु बनेको छ । बोझ खपिनसक्नु बनिसकेको छ । सााचो कुरा गर्ने हो भने ‘ओलीसत्ता’को दुर्गन्ध र कहर गरुडपुराणको कुम्भिपाक नरकभन्दा पनि कष्टकर र असहनीय बनेको छ । ‘प्रसूति व्यथाको मर्म सुत्केरीलाई मात्र थाहा हुन्छ’ भनेजस्तो ओली सरकार टिकाउने कार्य कति गाह्रो भइसकेको छ भन्ने कुराको मर्मबोध प्रचण्डलाई मात्रै होला । वर्तमान गठबन्धन निर्माणको कारिगर प्रचण्ड आफौ हुन् । पटक–पटक आफूमाथि कुठाराघात गरेको बदलामा दक्षिणलाई देखाइदिने तुजुकस्वरूप ओलीलाई सत्तारुढ बनाउने पहल उनैले गरेका हुन् । ओलीको राष्ट्रवादी गर्जनको आधारभूमि उनै हुन् । नत्र भने ओलीको राष्ट्रवादी ‘हलेदे रङ्ग’ धेरै अगाडि नै मुलुकबासीसमक्ष सर्वाङ्ग नग्न भइसकेको हो । ओली तुजुकको अर्थ सत्ता टिकाउनु मात्रै हो । ओलीलाई कााधबाट फयाक्ने विषयमा आनाकानी गर्नुपर्ने प्रचण्डको विवशता पनि कम्ती रोचक छैन । आफौले कााध चढाएको ओलीले यति चर्को राष्ट्रवादी आलाप छेडिदिए कि स्वयं प्रचण्डहरूका आवाजहरू दबिए । सुनिनै छोडे । परिस्थिति यतिसम्म वदत्तर बनेर गयो कि ओलीलाई सत्ताबाट हटाउनुको अर्थ अराष्ट्रवादी ठहरिनुपर्ने भयो । भारतको पिछलग्गु बनेको आरोप खेप्नुपर्ने सम्भावना देखियो । हो, प्रचण्डहरूले खुट्टा कमाउनुपर्ने कारण त्यही हो । बाध्यता त्यत्ति हो ।
‘आफौ त महादेव उत्ताना परे, कसले दिने वर’ भनेजस्तो पार्टी फुटेर लथालिङ्ग हुादै गएको छ । टालाटुली बटुलेर राम्रो पुतली बनाउने प्रयत्न पनि भनेजसरी सफल भइरहेको छैन । त्यसैले स्थानीय निकायको निर्वाचनमा एमालेसागको सहकार्य र भागबण्डाबाट पार्टी संगठनको हैसियत उठाउने अवसर आउाछ कि भन्ने आशाले ‘हरियो घाासले डिङ्गोलाई’ झैं प्रचण्डलाई लोभ्याएको छ । ओलीद्वारा केन्द्रीय समितिको पछिल्लो बैठकमा प्रस्तुत प्रतिवेदनमा दुई वर्षभित्र लगालग तीनवटा निर्वाचनहरू आयोजना गर्ने कुरा परेको छ । त्यो वास्तवमा एमाओवादीलाई लोभ्याउने हरियो घाासको मुठो बाहेक केही होइन । किनकि मधेस समस्याले निकास नपाउादासम्म कुनै पनि निर्वाचन सम्भव छैन भन्ने कुरा दुनियाालाई थाहा छ । मधेसको सहभागिताविनाको निर्वाचनले ज्ञानेन्द्र शाहले गराएको नगरपालिका निर्वाचनको नियति भोग्ने छ भनेर अनुमान गर्न सकिने प्रशस्त आधारहरू तयार भइसकेका छन् । पहिलो कुरा त ओली आफ्नो वचनमा अडिने सम्भावना अत्यन्तै क्षीण छ । कथम्कदाचित् उनले वचन पालन गर्ने मनसाय राखेछन् भने एमालेमा डरलाग्दो भूकम्प निम्तिने र त्यस्तो विषम परिस्थिति दुवै दलका लागि हितकारी हुनेछैन । तेल पानी बरु घुलमिल होलान्, वामपन्थीहरू लामो समय मिलेर बस्न सक्तैनन् । त्यसैले एमाओवादी–एमाले गठबन्धनको मधुमास अब धेरै समय टिक्ला भन्न सकिन्न । कुरो कति मात्रै हो भने रुखमा चढेको बाादर आफौ खसेर शिकार बन्ने छ भनेर रुखमुनि छहारीमा मस्तसाग सुत्ने सिंहको जस्तो धैर्य देउवाले प्रदर्शन गर्छन् अथवा चिम्पाञ्जीले झौ लामो सिन्को लिएर कमिलाको गोलोमा घोच्न थाल्छन् ! एमालेलाई पाकेको आापको प्रतिरूप मानेर आफौ झर्ने दिन धैर्यपूर्वक कुर्लान् भनेर पत्याउन भने देउवाको पूर्वचरित्रले दिादैन ।