राज्यलक्ष्मी शाक्य
अधिकार प्राप्तिका लागि जबसम्म पीडित व्यक्तिले आवाज उठाउादैन, तबसम्म कसैले पनि यो पीडित हो र यसले न्याय पाउनुपर्छ भनेर सहानुभूति देखाउादैन । आफ्नो हकअधिकारको पक्षमा जतिसक्दो संगठित आवाजलाई प्रस्तुत गरिन्छ, त्यति नै धेरै अधिकार प्राप्ति गर्न सकिन्छ । यो कुरा राख्नुको सन्दर्भ हो नेपालमा जतिसुकै महिलाका पक्षमा नियमकानुन बनाइएको भनिए तापनि उनीहरूले वास्तविक जीवनमा पुरुषसरह समानता, हक अधिकार पाउनु नसक्नु । नेपालमा पुरुषप्रधान समाज र पितृसत्तात्मक सोचका कारण नारी जाति दबिएर, खुम्चिएर र पुरुषको हिंसा सहेर बस्न बाध्य भएको अवस्था छ । नारीलाई देवीको रूपमा पूजा गरेर सम्मान गरेको जस्तो देखाइए पनि वास्तविक व्यवहारमा भने नारीलाई एउटा वस्तुको रूपमा लिने र पुरुषभन्दा दोस्रो दर्जाको रूपमा हेरिने कारणले गर्दा महिला जातिले उल्लेख्य प्रगति गर्न सकेका छैनन् ।
तर, पछिल्लो समय भने नेपाली महिलाहरूको अवस्थामा भने केही सुधार देखिएको छ । विशेषगरी राज्यको प्रमुख निकायमा महिलाहरूको उपस्थिति सशक्त देखिएको छ । नेपालको सन्दर्भमा पनि ६२/६३ सालको आन्दोलनपूर्वको अवस्थामा नेतृत्वमूलक क्षेत्रमा महिलाको अवस्था भने शून्यप्राय: नै थियो । तर गणतन्त्रको अभ्युदयसागै नेपालमा नेतृत्व गर्ने क्षेत्रमा महिलाहरूको संख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ । विशेषगरी महिलाहरूलाई हरेक क्षेत्रमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गर्नुपर्ने व्यवस्थाका कारण पछिल्लो समय महिलाको विभिन्न क्षेत्रमा सशक्त उपस्थिति देखिएको छ । नारीहरूले अवसर पाए भने पुरुषभन्दा पनि इमानदारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने मान्यता स्थापित हुादै गएको छ । यो निकै सकारात्मक कुरा हो । केही समयअघि सार्वजनिक भएको एउटा रिपोर्टका अनुसार विश्वका थुप्रै प्रतिष्ठित कम्पनीहरू सफल हुनुमा त्यस कम्पनीको जिम्मेवार पदमा महिला रहनु कारण रहेको जनाइएको थियो । नेपालमै पनि थुप्रै क्षेत्रमा महिलाहरूले मिहिनेतका साथ काम गरिरहेका छन् र चर्चाको शिखरमा रहेका छन् । यसले पनि नेपालमा महिलाको सशक्त भूमिका बढिरहेको पुष्टि गर्दछ । नेपालको राजनीतिक क्षेत्रमा पनि नेतृत्वमूलक भूमिकामा महिलाको उपस्थितिमा वृद्धि भएको छ । हाल नेपालको राष्ट्रपतिको गरिमामय पदमा विद्यादेवी भण्डारी रहेकी छिन् भने संसद्का सभामुखमा पनि ओनसरी घर्तीमगर रहनुभएको छ । त्यस्तै हालै भएको एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदमा पनि महिला उम्मेदवार नवीना लामा निर्वाचित हुनुभएको छ । त्यस्तै सर्वोच्च अदालतको अब नयाा प्रधानन्यायाधीशमा पनि सुशीला कार्कीको नाम बाहिर आएको छ । यसरी विभिन्न क्षेत्रमा महिलाहरूको सशक्त उपस्थिति देखिनुले नेपालमा महिलाले अवसर नै पाउादैनन् भन्ने कुरा अब गलत मान्नुपर्ने बेला आएको छ । ती पदमा आसीन हुने महिला भनेको सम्पूण नेपाली महिलाको प्रतिनिधि पात्र हुन् । त्यसकारण अबको आवश्यकता भनेको प्राप्त अवसरलाई उपलब्धिमा बदल्नु हो । नेपालमा अहिले महिलाले पाएका सफलतालाई अवसर नै पाएनन् भन्नु उपयुक्त हुादैन । तर त्यो पदमा बसिसकेपछि सम्पूर्ण नेपाली महिलाको हकहितमा के–के दीर्घकालीन कामहरू गर्न सकिन्छ, समग्र नेपाली महिलाको स्तर वृद्धि गर्न, उनीहरूको आधारभूत अधिकार दिलाउन गर्न सकिने कार्यहरू गर्न आवश्यक छ ।
महिलाको अवस्था सुध्रिादै छ भनेर चुप लाग्ने बेला भने होइन यो । यही अवस्थाको सदुपयोग गर्दै अझै अघि बढ्न जरुरी छ । अब महिलाहरूले पनि हरेक क्षेत्रमा महिला मञ्चहरूको गठन गरेर संगठित हुने तथा आफ्नो आवाज सशक्त रूपमा उठाउने प्रयास गर्नुपर्छ । त्यस्ता महिला मञ्च हरेक क्षेत्रमा हुन सक्छ, जस्तै पत्रकारिता, व्यवसाय, अस्पताल, कार्यालयलगायतका क्षेत्रमा यदि महिलाहरूको संगठन निर्माण गर्ने हो भने महिलाहरूको समस्या, पीडा, हिंसा आदिका घटनाहरूमा सशक्त आवाज उठाउन सकिन्छ भने न्याय पाउने सम्भावना पनि उत्तिकै रहन्छ । संस्कृतमा एउटा उक्ति भनिएको छ, ‘संघे शक्ति कलौयुगे’ अर्थात् कलियुगमा शक्ति त्यहाा रहन्छ जहाा संघ हुन्छ । यदि संगठित हुने हो भने महिलालाई कसैले कतै पनि दुव्र्यवहार गर्न सक्दैन, हेप्न सक्दैन ।