नेपाल अब प्रयोगशाला बन्न सक्दैन : प्रम ओली

139

काठमाडौं/ प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै मुलुकको राष्ट्रियताका विषयमा अडान राख्दै आएका केपी शर्मा ओलीले मुलुक लामो समयदेखि प्रयोगको थलो बन्दै आएको भन्दै अब यस्तो हुन नदिने जनाएका छन् । नयाा वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक अब कसैको प्रयोगशाला बन्न नसक्ने जनाएका हुन् । प्रधानमन्त्री ओलीले कुनै पनि समस्या संवादबाटै समाधान गर्न सकिने भन्दै संवादबाटै समस्याको समाधान खोज्न पनि सबैसाग आग्रह गरेका छन् ।

 
सम्बोधनका क्रममा ओलीले जनताका लागि काम गर्छु भन्ने जो कोहीले पनि जनतामाथि भर पर्नुपर्ने भन्दै संरचनागत समस्याका कारण मुलुकको विकास पछि परेको जनाएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको अस्थिरता र अविकसित अवस्थालाई टेकर विभिन्न गलत तत्वहरूले धर्म, संस्कृति, जातजाति, भूगोल र क्षेत्रका नाममा नेपाललाई परीक्षणस्थल बनाएको भन्दै अब त्यस्तो हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । ओलीले राष्ट्रको हित र जनताको समृद्धिको लक्ष्यमा केन्द्रित हुन सबै राजनीतिक दलहरूसाग आग्रह गर्दै यी विषयहरू स्थायी र साझा विषय भएकाले पन्छिन नहुने विचार व्यक्त गरेका छन् ।

 
प्रधानमन्त्री ओलीले केही अन्तर्राष्ट्रिय मञ्चले नेपालको संक्रमणकालीन अवस्थालाई लिएर निरन्तर प्रहार गरिरहेको भन्दै त्यस्ता विषयहरू आफूलाई स्वीकार्य नभएको जनाएका छन् । उनले आन्दोलनरत मधेशी दलहरूलाई हरेक समस्याको समाधान संवादबाट रहेको भन्दै सार्थक संवादमा आउन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here