श्रीमान्लाई जिस्क्याउादा सम्बन्धविच्छेद !

252

सामान्यतया श्रीमान्श्रीमतीबीच हसीमजाक र एकअर्कालाई जिस्क्याउने कुरा सामान्य हुन्छ । तर भारतमा आफ्नै श्रीमान्लाई जिस्क्याएको निहुाबाट अदालतले सम्बन्धविच्छेद गर्नसक्ने आधार बनाएर फैसला सुनाएको छ ।
दिल्ली उच्च अदालतले सन् २०१२ को तल्लो अदालतबाट श्रीमान्लाई गाली गर्नु पनि ‘मानसिक क्रूरता’ हुने भन्दै सम्बन्धविच्छेदको अनुमति दिने आदेश कायम राखेको हो । एक जना ३५ वर्षीय व्यवसायीको तौल १०० किलो थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनकी श्रीमतीले नियमित रूपमा उनको ‘तौल र शारीरिक इच्छा पूरा नभएका कारण उनलाई सधैं अपमानित गर्ने गरेकी थिइन् ।’ सोही आधारमा अदालतले सम्बन्धविच्छेदको फैसला सुनाएको हो । महिलाले भनेकी थिइन् कि उनका श्रीमानको आरोप ‘अस्पष्ट र असामान्य’ छ । तर अदालतले उनको तर्क खारेज गरिदियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here