मुलुकप्रति वफादार मानिएको नेपाली सेनालाई शंकाको घेरामा पारिादै
काठमाडौं/ नारायणहिटी दरबारकाण्ड हुादाका अवस्थामा सुरक्षाको प्रमुख जिम्मेवारी सम्हालेका तत्कालीन जर्नेल विवेक शाहले अवकाशपछि आफूले जिम्मेवारी सम्हाल्दा बहन गरेका सबै गोप्य गतिविधिहरू सार्वजनिक गरेर चर्चा पाएपछि उनको सिको गर्न लागिपरेका नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू नेपाली सेनालाई विवादको घेरामा तान्ने काममा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालको राष्ट्रिय अखण्डता तथा स्वाधीनताको रक्षा गर्ने जिम्मा पाएको नेपाली सेना अन्य सुरक्षा निकायको तुलनामा कम विवादित मानिन्छ । तर पछिल्लो समय सेनाका अवकाशप्राप्त प्रधानसेनापतिहरूको गैरजिम्मेवारी अभिव्यक्तिका कारण भने मुलुकप्रति बफादार मानिएको नेपाली सेना विवादमा तानिन थालेको छ । नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति रुकमांगत कटवाल तथा अर्का अवकाशप्राप्त प्रधानसेनापति छत्रमानसिंह गुरुङले अवकाश पाएपछि प्रकाशन गरेका पुस्तकहरू तथा बहुचर्चित कटवाल काण्डका प्रमुख पात्रमध्येका एक पूर्वप्रधानसेनापतिको हैसियत दाबी गर्दै आएका तर मान्यता नपाएका रथी कुलबहादुर खड्काले हालै एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्तापछि मुलुकप्रति बफादार भनिएको नेपाली सेनाको नेतृत्वमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ ।
पूर्वप्रधानसेनापति कटवालले आफ्नो आत्मकथामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई बर्खास्त गरेपछि सबैभन्दा पहिले विदेशी मित्रसाग कुरा गरेको विषय उल्लेख गरेका थिए । उनले आफ्नो आत्मकथामार्फत आफ्नो पद जोगाउन छिमेकी मुलुकको भूमिका रहेको कुरालाई घुमाउरो तरिकाले उल्लेख गरेका छन् । तर उनको त्यो भनाइलाई बल पुग्ने गरी तत्कालीन सरकारले सेना प्रमुखको जिम्मा दिएका कुलबहादुर खड्काले हालै एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिादै त्यतिबेला भारतका अर्थमन्त्री (हालका राष्ट्रपति) प्रणव मुखर्जीले कटवाल भारतको मान्छे भएको भन्दै थमौतीका लागि तत्कालीन राष्ट्रपति रामवरण यादवलाई निर्देशन दिएको प्रमाण आफूसाग रहेको दाबी गरेका छन् । यदि यो कुराको प्रमाण बाहिर आएमा यसले नेपाली सेना विवादमा तानिने निश्चित छ । कटवाल प्रकरणका बारेमा पूर्वप्रधानसेनापति गुरुङले हालै बजारमा ल्याएको आत्मकथामा पनि विवादास्पद कुराहरू उल्लेख गरिएको छ ।
नेपालको सुरक्षा क्षेत्रलगायतका विभिन्न क्षेत्रमा विगतदेखि नै भारतीय प्रभाव रहेको भनिए पनि नेपाली सेनाभित्र यो कुरा प्रमाणित हुनसकेको थिएन । तर सेनाका पूर्वप्रमुखहरूको पोल खोलाखोल गर्ने प्रतिस्पर्धाले नेपाली सेनाको तत्कालीन नेतृत्व भारतीय प्रभावबाट टाढा नरहेको पुष्टि हुन पुगेको छ । सेनाको पूर्व नेतृत्वले सेनालाई विवादमा तान्ने किसिमका अभिव्यक्ति दिए पनि यसबारेमा नेपाली सेनाको बहालवाला नेतृत्वले आधिकारिक प्रतिक्रिया जनाएको छैन ।
सेनाको नेतृत्व सम्हालिसकेका व्यक्तिहरूले कुनै दल वा कुनै मुलुकको सहयोगीको रूपमा काम गरेको आरोप लाग्नु आफौमा पनि सामान्य विषय मानिादैन । त्यसमाथि पनि सेना प्रमुखजस्तो जिम्मेवार पदमा पुगेका दुई व्यक्तिले प्रमाणै पुग्नेगरी कुनै छिमेकी मुलुकको नजिकको वा राजनीतिक दलको नजिकको भएको अभिव्यक्ति दिनुले निष्कलंक मानिादै आएको सेनाको विगतमाथि प्रश्न उठेको छ । सेना प्रमुख भइसकेका व्यक्तिहरूले केटाकेटी खेलेजस्तै गरी सेनामा जिम्मेवारी सम्हाल्दाको असामान्य र गम्भीरतम जिम्मेवारीका गतिविधिलाई छरपष्ट हुनेगरी अराजक शैलीमा सार्वजनिक गर्नुले मुलुकप्रति जिम्मेवार मानिएको सेना शंकाको घेरामा परेको छ । तथापि यस्तो प्रवृत्ति सीमित नेतृत्वमा मात्र थियो वा समग्र संस्थामा नै छ भन्ने विषय भने अनुसन्धानकै विषय बन्न पुगेको छ ।