किन बढिरहेको छ भ्रष्टाचार ?

381

 उत्तम अर्याल
नेपालमा भ्रष्टाचारले राम्रैसाग जरो गाडेको छ । सरकार, प्रशासन, प्रहरी, शिक्षा, भन्सार, निजीलगायत समग्र क्षेत्र भ्रष्टाचारबाट अछूतो छैन । नेपालमा भ्रष्टाचारको माखेसांग्लो दिन प्रतिदिन कडा र भ्रष्टाचारीहरूको मनोबल बढ्दै गएको छ । यसको उदाहरणको रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विभिन्न क्षेत्रका भ्रष्टाचारका आरोपीहरूलाई अनुसन्धानको घेरामा तान्ने तथा विशेष अदालतमा मुद्दा दायर गर्नेलगायतका घटनाहरू सार्वजनिक हुनुले पुष्टि गर्छ । तर भ्रष्टाचार गरेको आरोपमा विभिन्न क्षेत्रका व्यक्तिहरू पक्राउ र कारबाही गरे तापनि भ्रष्टाचार गर्ने मानसिकतामा भने कमी नआएको देखिन्छ । अझ भ्रष्टाचार गर्ने व्यक्ति र घटनाहरू दिन दुई गुना रात चौगुना बढ्दै गएको छ । नेपालमा भ्रष्टाचार, अनियमितता र अनुचित लाभका काम गर्ने सार्वजनिक निकायका पदाधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले अनुसन्धान गर्ने तथा भ्रष्टाचार गरेको पुष्टि भएमा विशेष अदालतमा मुद्दा दायर गर्ने काम गर्दछ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो समय भ्रष्टाचारीहरूलाई कारबाही गर्न सक्रियता देखाएको छ । नेता, सशस्त्र प्रहरी, उच्चपदस्थ कर्मचारीहरूलाई पनि अख्तियारले आफ्नो कारबाहीको घेरामा तानेको छ । तर पनि भ्रष्टाचार हुने घटनाहरू बढ्दै गएका छन् ।

 
भ्रष्टाचार समाजको महारोग हो । यसका कारण देश गरिब बन्दै जान्छ भने सीमित व्यक्ति मात्र सम्पन्नशाली बन्दै जान्छन् । सुशासन र कानुनी शासन भएको राज्यको चाहना गर्ने हो भने भ्रष्टाचारको परिकल्पना समेत गर्न सकिादैन । जब कुनै मुलुकमा भ्रष्टाचारले जरो गाड्छ तब त्यो देशको विकास, पूर्वाधार निर्माण तथा राज्यको सेवासुविधा जनताले सहजै प्राप्त गर्न सक्दैनन् । नेपालमा पनि वर्षौंदेखि हरेक क्षेत्रमा हुादै आएको भ्रष्टाचारकै कारण मुलुकले अपेक्षित रूपमा विकासको गति लिन सकेको छैन । जनताले सरकारी सेवासुविधा सरल रूपमा प्राप्त गर्न सकेका छैन । देश गरिब भएको छ, तर जनता भने धनी बन्दै गएका छन् । यस्तो धनी हुनेमा पनि भ्रष्टाचार गरेर पैसा कमाएका केही सीमित वर्ग मात्र छन् । जसका कारण वर्गमा पनि असमानता देखिएको छ । धनी झन् धनी र गरिब झन् गरिब बन्दै गएको छ ।

 

असमानताका खाडलहरू झन् गहिरो हुादै गएका छन् । यस्तो हुनुको प्रमुख कारण पनि भ्रष्टाचार अनियमिता बढ्दै जानु प्रमुख कारण हो । नेपालमा गरिबका लागि भनेर खोलिएका सरकारी निकाय होस् वा गैरसरकारी संस्थाहरू हुन्, उनीहरू सबै सर्वप्रथम आफ्नो दुनो सोझ्याउनमा नै व्यस्त छन् । गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पीडित बनेकाहरूलाई सहयोग गर्न भनेर नेपालमा अर्बौं रूपैयाा गैरसरकारी संस्थाहरूमार्फत भित्रिएका छन् । तर पनि उक्त रूपैयाा पीडितलाई राहत वितरण गर्नभन्दा पनि आफ्नै खल्ती भर्ने काम गैरसरकारी संस्थाहरूले गर्दै आएका छन् । केही दिनअघि मात्र पनि गरिबी निवारण कोषमा चार करोडभन्दा बढी भ्रष्टाचार भएको समाचार सार्वजनिक भएको छ । कोषका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठसहित ३६ जना कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूले चार करोड ३४ लाख ८७ हजार नौ सय १६ रूपैयाा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
भ्रष्टाचारको घटना उल्लेख्य रूपमा बढ्दै गर्दा किन यसको रोकथाम हुन सकेको छैन भन्ने कुरा प्रमुख हो । भ्रष्टाचार गर्नेलाई कारबाही त छादै छ तर भ्रष्टाचार किन हुन्छ र किन घटिरहेको छ भन्ने कारण पत्ता नलगाएसम्म भ्रष्टचारको अन्त्य हुन सक्दैन । भ्रष्टाचार गरेर अकूल सम्पत्ति कमाउनेहरू थोरै रकम बिगोबापत बुझाएर रिहा हुने गरेका छन् । त्यस्तै कतिपयका मुद्दाहरूलाई विशेष अदालतले प्रमाण नपुगेको आधारमा फिर्ता गर्ने गर्दछन् । त्यस्तै भ्रष्टाचार गर्नेलाई समाजले दिने सम्मान, भ्रष्टाचार गर्न परिवार तथा आफन्तले दिने दबाब, कर्मचारीहरू पर्याप्त सेवासुविधाको अभाव र भ्रष्टाचार गर्नेलाई कडा कानुनी कारबाही नहुादा पनि भ्रष्टाचार गर्नेहरूले प्रश्रय पाइरहेका छन् । यीलगायत अन्य कारणहरू पनि हुन सक्छन् । त्यस्ता कारणहरूलाई निर्मूलीकरण नगरेसम्म भ्रष्टाचारमुक्त समाजको कल्पना गर्न सकिादैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here