जनधारणाको २५औं वर्षगााठ मनाइयो

131

काठमाडौं/ जनधारणा राष्ट्रिय साप्ताहिकले आफ्नो प्रकाशनको २४ वर्ष पूरा गरी २५औा वर्षमा प्रवेश गरेको छ । सो अवसरमा पत्रिकाले काठमाडौंको बल्खुस्थित कुमारी क्लबमा एक औपचारिक कार्यक्रममा आयोजना गरी वार्षिकोत्सव मनाइएको छ ।

 
कार्यक्रम प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरू अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष कार्कीले राष्ट्रद्रोही अभिव्यक्तिलाई कुनै पनि सञ्चारमाध्यमले स्थान दिन नहुनेमा जोड दिादै सञ्चार क्षेत्रले देशको राष्ट्रियता संरक्षणमा गम्भीर नभए मुलुकको अस्तित्व सङ्कटमा पर्ने बताउनुभयो । कार्यक्रममा अर्का अतिथि सञ्चार मन्त्रालयका पूर्वसचिव सुशील घिमिरेले पत्रकारिता क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनालाई सर्वसाधारणसमक्ष पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै पत्रकार पुस्करलाल श्रेष्ठले पत्रकारिता क्षेत्र समाजसेवाको सशक्त माध्यम भएकोले पत्रकारितामा लगनशीलताको खााचो रहेको औाल्याउनुभयो । अर्का पत्रकार ओम शर्माले लोक कल्याणकारी विज्ञापनको वितरणलाई पारदर्शी बनाउन माग गर्दै सरकारले साना सञ्चारमाध्यममा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चार क्षेत्रले मुलुकको राष्ट्रियता र सामाजिक एकतालाई केन्द्रमा राखेर समाचार प्रवाह गर्नुपर्ने कार्यक्रमका वक्ताहरूले भनाइ रहेको थियो ।
जनधारणा साप्ताहिकका प्रधान सम्पादक निमकान्त पाण्डेले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि उद्देश्य बोकेर सो संस्थाले सेवा सुरु गरेको जानकारी दिादै पाठकले मन पराएका कारण अहिले २५औा वर्षसम्म निरन्तरता पाएको जनाउनुभयो । त्यस्तै देशको स्वाभिमान, स्वाधीनता र देशभक्तिका पक्षमा जनधारणाले आफ्नो आवाज सशक्त पारिरहने पनि उहााले जानकारी दिनुभयो । जनधारणा साप्ताहिकका प्रबन्ध निर्देशक राज्यलक्ष्मी शाक्यले पत्रकार आगामी दिनमा देशमा सुशासन, सामाजिक रूपान्तरणका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुमारी क्लबका अध्यक्ष कुमार हमाल ठकुरीले जनधारणा साप्ताहिकको वार्षिकोत्सव सम्पन्न भएकोमा शुभकामना प्रदान गर्नु हुादै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here