माओवादी आन्दोलनको एकताबारे एघार बुादे प्रस्ताव

153

हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको विशेष पूर्ण बैठकले माओवादी आन्दोलनको एकताबारे एउटा ठोस नीति तय गर्ने भनेअनुसार पार्टी अध्यक्ष क.किरणले आम पार्टी सदस्यहरूलाई जानकारी र कार्यान्वयनका लागि एघार बुादे प्रस्ताव अगाडि सार्नुभएको छ । यो एघार बुादे प्रस्तावले प्रथम स्वयम् नेकपा(क्रान्तिकारी माओवादी)को बलियो एकता अभिवृद्धि गर्नेछ भने दोस्रो सिद्धान्तभन्दा एकतालाई महत्व दिनेहरूको गैरराजनीतिक गठबन्धनप्रतिको महो र व्यक्तिगत लोभ लालचप्रतिको आकर्षणलाई कमजोर पारी सिद्धान्त, विचार र कार्यदिशाका आधारमा एकताको महत्वलाई उचाइामा उठाएर एकताप्रक्रियालाई अगाडि बढाउने संस्थापनपक्षको उद्देश्यलाई कार्यान्वयन गर्नका लागि यो एउटा ठोस आधार बन्ने छ ।

 
वर्तमान संकटको सही निकासबारे बैठकमा बोल्ने केन्द्रीय समिति सदस्यहरूले स्पष्टसित भनिसकेका छन् कि एमाओवादीसितको एकता यदि क्रान्तिका लागि हो भने प्रथम आफ्नै पार्टीभित्रको एकतालाई बलियो बनाउने र द्वितीय मोहन वैद्य ‘किरण’को नेतृत्वमा एकढिक्का भएर वार्ता बहस र छलफलमा जाने । यी दुईमा केन्द्रीय समितिले अगाडि बढ्न नेतृत्वलाई म्याण्डेट दिएको हो । र, अध्यक्षले यसैलाई आधार मानी माओवादी आन्दोलनको एकताबारे एघार बुादे प्रस्ताव अगाडि सार्नु भएको छ ।
वर्तमान पार्टी नेतृत्वले के बुझ्नु आवश्यक छ कि माओवादी आन्दोलनको एउटा महान् स्वामित्व ग्रहण गर्दै आएको यो पार्टीमा विभाजन हुने हो वा झन–झन एकताबद्ध भएर नेपाली क्रान्तिको नेतृत्व गर्ने हो कि होइन भन्ने क्रान्तिप्रति चिन्ता झन् बढेको छ ।
पार्टी अध्यक्षले यसलाई गम्भीरताका साथ लिंदै केन्द्रीय समितिप्रति जिम्मेवारीका साथ यी एघार बुादाको महत्वलाई कम आाकेर लिनु गल्ती हुने छ । बैठकमा उपस्थित सहभागीमध्ये करिब नब्बे प्रतिशतको मत यो रहेको छ कि यस्तो एकता कायम गर्न पहिलो स्वयम् नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको आन्तरिक एकता अभिवृद्धि गर्न सक्नु पर्छ । पहिले स्वयम् नेकपा(क्रान्तिकारी माओवादी) पार्टीको आन्तरिक एकता अभिवृद्धि गरेर मात्र्रै अन्य सबै क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न सम्भव छ । पार्टी अध्यक्ष किरणले अगाडि सारेका यी एघार बुादाहरूलाई हल्का र सतही रूपमा बुझेर लिएमा यो नेपाली कम्युनिष्ट आन्दोलन मूलत: माओवादी आन्दोलनप्रति नकारात्मक प्रभाव पर्ने छ ।
क. किरणले अगाडि सारेका बुादाहरूमा अर्धसामन्ती र अर्ध/नवऔपनिवेशिक अवस्थामा विद्यमान नेपाल पुाजीवादी जनवादीक्रान्तिको ऐतिहासिक चरणमा रहिआएको छ । यसप्रकारको स्थितिमा नयाा जनवाद न्यूनतम र समाजवाद अधिकतम कार्यक्रम हुने भएकोले तदनुरूप नयाा जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने, द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा वर्तमान विश्व र नेपालको सामाजिक–आर्थिक अवस्थाबारे आवश्यक अध्ययन गरी क्रान्तिको कार्यदिशालाई समृद्ध, परिमार्जित तथा विकसित तुल्याउने छ । साथै दलाल तथा नोकरशाही पुाजीपति एवम् सामन्त वर्गीय वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको विरोध गर्ने । प्रतिक्रियावादी राज्यसत्ताअन्तर्गत शासन प्रणाली राष्ट्रपतीय वा मन्त्रिमण्डलात्मक जुनसुकै रहे पनि त्यो संसदीय व्यवस्था नै हुने भएकोले त्यसको विरोध गर्ने । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक प्रतिनिधित्वलगायत कतिपय प्रावधान अंशत: तथा रूपमा सकारात्मक रहे पनि समग्र तथा सारमा वर्तमान संविधानलाई प्रतिक्रियावादी मान्ने, त्यसमा सन्निहित सकारात्मकपक्षको उपयोग र प्रतिक्रियावादी सारतत्वको विरोध तथा भण्डाफोर गर्ने । पार्टीको तात्कालिक कार्यनीतिबारे समान समझदारी बनाउने । कार्यनीतिक रूपमा सडक, सदन र सरकारमध्ये सामान्यत: सडकलाई प्राथमिक स्थानमा राख्ने, आवश्यकतानुसार सदनको उपयोग गर्ने र सरकारको उपयोगको प्रश्नलाई विशिष्ट अवस्था तथा अपवादका रूपमा लिने । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिई स्वतन्त्र र देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरूसित संयुक्त रूपमा संघर्ष सञ्चालन गर्ने । यसरी अलिहेको यो संकटपूर्ण घडीमा यिनै बुादाहरूलाई दह्रोसित पक्डेर अगाडि बढनुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here