भारतमा यस्तो बजार छ जहााका व्यापारी केवल महिला मात्र छन् । त्यहाा कुनै पनि पुरुषलाई व्यापार गर्नका लागि अनुमति दिइएको छैन । भारतको मणिपुरमा रहेको सो बजारमा झण्डै ४ हजार पसल छन् र ती सबै पसल महिला मात्रैले चलाउादै आएका छन् । पसलमा कुनै पनि पुरुष बस्दैनन् । यो बजारलाई एसियाकै ठूलो महिला बजार पनि भनिन्छ ।
खासमा यो बजार धेरै पहिलेदेखि चल्दै आएको हो । पहिलेको राजाकालीन समयमा उक्त स्थानका पुरुषहरू राजाको दरबारमा काम गर्न जानुपर्ने भएकाले महिलाहरूले कृषिलगायत सम्पूर्ण पेशाहरू आफौले गर्दै आएका थिए । मणिपुरको इम्फालमा रहेको यो महिला बजारलाई मदर्स मार्केट पनि भन्ने गरिन्छ । यो बजारमा एउटा विशेषता के भने यहाा केवल विवाहित महिलाले मात्र काम गर्दछन्