विवाह गर्न नमानेको भन्दै महिलाविरुद्ध प्रदर्शन

160

टर्कीको एक गाउाका पुरुषहरूले त्यहााका महिलाहरूले आफूहरूसाग विवाह गर्न नमानेको भन्दै विरोध प्रदर्शन गरेका छन् । टर्कीको उज्मुला गाउाका एकल पुरुषहरूले आफूहरूको विवाह प्रस्ताव लगातार रूपमा महिलाहरू अस्वीकार गरेको आरोप लगाएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार महिलाहरू त्यही गाउामा बस्न नपरोस् भनेर त्यहााका पुरुषहरूको विवाह प्रस्ताव अस्वीकार गरेको र त्यही कारण विगत नौ वर्षदेखि त्यहााका पुरुषहरूले विवाह गर्न नपाएको जनाइएको छ । करिब ४ सय जनसंख्या रहेको गाउामा अहिले जनसंख्या घटेर २ सय ३३ पुगेको छ । गाउाका मेयर मुस्तफा बसबिलानका अनुसार गाउाका अधिकांश महिला त्यहााबाट इस्तानबुल र अन्काराजस्ता सहर पुग्ने गरेको बताउाछन् । यता, पुरुषहरू भने पैतृक सम्पत्तिका रूपमा रहेको खेतीबारी सम्हाल्दै गाउामै बस्न बाध्य रहेका छन् । उनीहरू आर्थिक रूपमा सबल नै भए पनि विवाह गर्नका लागि दुलही नपाएकोमा दु:खी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here