कहााबाट आयो दीक्षितसाग यति धेरै सम्पत्ति ?

155

काठमाडौं/ पत्रकार कनकमणि दीक्षित यति धेरै सम्पन्नशाली होलान् भनेर कसले पत्याउने ? पत्रकारकै हैसियतबाट यति धेरै सम्पत्ति जोड्न सकिने भए नेपालका पत्रकारहरू समानुपातिक विज्ञापनका लागि किन संघर्ष गरिरहन्थे ? किन लोककल्याणकारी विज्ञापनका लागि नेपाली पत्रकारहरू मरिहत्ते गर्थे ? सार्वजनिक पदको दुरूपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसाग विदेशका विभिन्न बैंकहरूमा ठूलो धनराशी भएको फेला परेपछि उनलाई अख्तियारले पक्राउ गरेको छ । दीक्षित पक्राउ परेपछि उनको पक्षमा अन्तर्राष्ट्रिय पत्रकार संस्था र नेपाल पत्रकार महासंघले समेत आवाज उठाएका छन् । अख्तियारले गरेको अनुसन्धानका क्रममा दीक्षितसाग अकूत सम्पत्ति भएको फेला परेको हो । दीक्षितका नाममा स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेमा ३६ हजार कित्ता सेयर तथा दीक्षित र श्रीमती शान्ताको संयुक्त नाममा बेलायतस्थित एचएसबिसी बैंकमा एक लाख २० हजार कित्ता सेयर रहेको पुष्टि भएको छ । त्यस्तै दीक्षित दम्पतीकै नाममा सोही बैंकका दुईवटा खातामा २७ हजार ६ सय ३९ पाउण्ड रहेको पाइएको छ । अमेरिकाको चेज बैंकमा दीक्षितका नाममा रहेका दुईवटा खातामा १७ हजार २०८ डलर रहेको पाइएको छ । बेलायतमा रहेको एचएसबिसी बैंकमा रहेको एउटा अर्काे खाता र अमेरिकाको एपल बैंकमा रहेको दुईवटा खातामा श्रीमती शान्ताका नाममा ६८ हजार ९ सय २६ डलर र चार हजार १ सय २६ पाउण्ड रहेको पाइएको छ । श्रीमती शान्ता दीक्षितका नाममा अमेरिकामा चार लाख ३५ हजार डलर पर्ने अपार्टमेन्ट पनि रहेको पाइएको छ । कनकमणि दीक्षितका बाबु कमलमणि दीक्षित, अञ्जु दीक्षित र कनकमणि दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा रहेको खाताबाट राष्ट्र बैंकलाई खबर नै नगरी दिल्लीस्थित म्याट्रिक्स टिभी प्राइभेट लिमिटेडका नाममा ५० हजार अमेरिकी डलर पठाएको समेत पाइएको छ । त्यस्तै अख्तियारले साउथ एसिया ट्रष्टका नाममा विभिन्न विदेशी निकायबाट ११ करोड १२ लाख ४९ हजार चार सय ३५ रूपैयाा आए पनि त्यसको खर्च अपारदर्शी गरेको, साझा यातायातका नाममा वीरगञ्जमा रहेको जग्गा सरकारको अनुमति नलिई बिक्री गरेको, साझाका १६ वटा बस खरिद गर्दा सार्वजनिक खरिद ऐन पालना नगरेको, पााच करोड आम्दानी हुादा १२ लाख करोड खर्च गरे पनि आम्दानीभन्दा खर्च बढी भएको आम्दानीको स्रोत नखुलेको, गुठीको जग्गा सस्तो मूल्यमा खरिद गरेकोलगायतका विषयमा छानबिन गरिरहेको छ ।

 
दीक्षितले सार्वजनिक पदको दुरूपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको विषयमा उनलाई अख्तियारले नियन्त्रणमा लिएपछि उनलाई बचाउन विभिन्न निकाय ज्यान फालेर लागिरहेका छन् । उनी संवैधानिक निकायको अनुसन्धानमा रहे पनि केही सञ्चारमाध्यम तथाकथित सामाजिक अगुवाहरूले भने उनी निर्दाेष रहेको भन्दै उनको कर्तुतलाई छायामा पारेर अनुसन्धानलाई कमजोर बनाउने प्रयासमा लागिरहेका छन् । माथि उल्लेखित दीक्षितको सम्पत्ति कुनै एउटा पत्रकारसाग हुनसक्ने सम्भावना रहन्न । तर पनि उनी पक्राउ परेपछि उनलाई हौसला बढाउन उनको पक्षमा पूर्वराष्ट्रपति रामवरण यादवसमेत भेट्न पुगे । राष्ट्रको सुविधा खाएर अवकाशप्राप्त जीवन व्यतीत गरिरहेका पूर्व राष्ट्रपतिले देखाएको यस्तो हर्कत अख्तियारको दुरूपयोग मानिन्छ कि मानिंदैन ? पूर्व राष्ट्रपतिलाई नेपालको कानुन लाग्छ कि लाग्दैन ? जनमानसबाट यस्ता प्रश्नहरू सुनिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here