काठमाडौं/ गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बाटो मुनिको फूल–२’ ले सुरुवाती दिनमा राम्रो व्यापार गरेको छ । जातीय छुवाछुत तथा भेदभावलाई प्रमुख विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्रले शुक्रबार, शनिबार र आइतबार राजधानी तथा मोफसलका हलहरूमा राम्रो व्यापार गरेको चलचित्रका नायक तथा निर्माता यशकुमारले जनाएका छन् ।
चलचित्रमा यशकुमारका अलावा अर्पण थापा, दिलीप रायमाझी, ऋचा शर्मा, अशिष्मा नकर्मीलगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रले आफ्नो सिक्वेलको कारणले पनि राम्रो व्यापार गरेको देखिएको छ । त्यस्तै सोही चलचित्रसागै प्रदर्शमा आएको चलचित्र ‘हाउ फन्नी’ले राम्रो सुरुवात गर्न सकेको छैन । चलचित्रमा स्टार कलाकारहरू दयाहाङ राई, अनुपविक्रम शाही, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारीलगायतका कलाकारहरूले अभिनय गरेका छन् । उक्त चलचित्रको निर्देशन भने निलु डोमा शेर्पाले गरेकी हुन् । चलचित्रको शीर्षकअनुसार पनि फिल्ममा भरपूर कमेडी नपाउादा दर्शक निराश बनेका छन् ।