भूकम्पको सम्झनामा ‘हिप–पप’को कन्सर्ट

148

काठमाडौं/ काठमाडौंको भृकुटीमण्डपमा ‘गोर्खा भूकम्प’को वार्षिक स्मृतिमा नि:शुल्क ‘कन्सर्ट’ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । उक्त सांगीतिक कार्यक्रमको आयोजना अमेरिका दूतावासले गरेको थियो ।
‘कला दूत कार्यक्रम’ नाम दिइएको उक्त ‘कन्सर्ट’मा स्वदेशी तथा विदेशी गायक/गायिकाले करिब पााच हजारको संख्यामा रहेका दर्शकलाई भूकम्प बिर्साउने गरी मनोरञ्जन प्रदान गरेका थिए । जापानीमूलकी अमेरिकाकी चर्चित ‘हिप–पप’ गायिका आइशा फुकुशिमाले ‘हिप–पप’ शैली प्रस्तुत गरेकी थिइन् । त्यस्तै, नेपालको चर्चित ब्यान्ड ‘१९९४ एडी’, ‘हिप–पप गायक’ निर्णय श्रेष्ठ (द एनएसके) र गायिका समृद्धि राईको प्रस्तुतिले पनि दर्शकको मन जित्यो । त्यसैगरी, अमेरिका निवासी चर्चित फेशन डिजाइनर प्रबल गुरुङ र पूर्व्मिस नेपाल इभाना मानन्धरले कार्यक्रमको रौनक बढाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here