माओवादीहरूबीचको एकतामा सिद्धान्तको प्रश्न

137

हुकुमबहादुर सिंह
बैशाख १० गते (२२ अप्रलि)का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना थियो तर यो सालको यो दिन नेपाली कम्युनिष्टका लागि उत्साहप्रद रहेन । नेकपा एसियाकै कान्छो कम्युनिष्ट पार्टी हो । सेप्टेम्वर १९४९ मा प्रकाशितआफ्नो पहिलो अपिल र पहिलो घोषणापत्र दुवैमा नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई स्पष्टसाग परिभाषित गरिएको थियो, जसमा नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापित गर्नको लागि अनिवार्य सर्तका रूपमा नेपालको सामन्तवादको नेतृत्व गर्ने राजतन्त्र र साम्राज्यवाद तथा भारतीय विस्तारवादको नेपालमा प्रतिनिधित्व गर्ने नेपाली बुर्जवा वर्गका दलालहरूको राजनीतिक दल नेपाली कांग्रेस यी दुवैका विरूद्ध सशक्त आन्दोलनद्वारा उनीहरूमाथिको विजयलाई किटान गरिएको थियो । तर, १९५५ मा भएको पार्टीको दोस्रो सम्मेलनले पार्टीको पहिलो घोषणापत्रलाई परिमार्जन गर्ने नाममा संशोधन गरेर नेपाली कांग्रेसलाई समेत मान्य हुने खालका कार्यक्रमहरू अगाडि सार्न थाल्यो । यही नै नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको बाटोतर्फको सुरूवात थियो र यो नै पार्टीमा नेपाल कम्युनिष्ट पार्टीको स्थापनाद्वारा स्थापित सिद्धान्त, राजनीति र दृष्टिकोणमा विचलन थियो ।
संसारका कम्युनिष्टहरू सैद्धान्तिक र व्यावहारिक मुद्दा लिएर फुट्ने गरेका छन् । र फुट्दा प्राय:जसो क्रान्तिकारी कुरा गरेर फुट्छन् । उग्रवामपन्थी सोच राखेर पार्टी फुटाउाछन् । कतिपयको सैद्धान्तिक सोचमा इमान्दारी हुादाहुादै व्यवहारमा उनीहरूको कुनै न कुनै स्वार्थ गाासिएको देखिने गरेको छ । अहिले माओवादीमा देखिएको फुटमा सैद्धान्तिक र व्यावहारिक दुवै पाटो जिम्मेवार छन् । वैद्यहरूले उठाएका कतिपय मुद्दा सैद्धान्तिक रूपमा ठीक छन्, त्यति हुादाहुादै पनि उहााहरूले आवश्यक परेको बेलामा रणनीतिक तथा कार्यनीतिक नारामा विरोध गर्न सक्नु भएन । त्यही पार्टीभित्रका केही कमरेडहरूले अहिले सिद्धान्तमा क्रान्तिको कुरा गरे पनि पदका लागि जो व्यावहारिक पाटो हो, त्यसमा लागेर नि:शर्त एमाओवादीसितको एकताको नारा लिएर गलत गर्न थाल्नु भएको छ ।
एनेकपा माओवादीबाट विद्रोह गरेर नेकपा—माओवादी गठन गर्दा, जो अहिले नेकपा (क्रान्तिकारी माओवादी) बनेको छ त्यो किन आवश्यक पर्‍यो त ? भन्नेमा मोहन वैद्य ‘किरण’ भन्नु भएको थियो ‘प्रचण्ड—बाबुरामले जनयुद्धको जग विघटन गराए, शान्तिप्रक्रिया पनि निष्कर्षमा पुर्‍याउन सकेनन्, अपमानजनक तरिकाले सेना समायोजन गरे, जनसंविधान बनाउन सकेनन् र संविधानसभा पनि भङ्ग गराए । ‘यसो गरेर उनीहरू राजनीतिक रूपमै सिद्धिए । त्यसकारण जनयुद्धका सबै कुरा रक्षा गर्न नयाा पार्टीको आवश्यकता परेको भनेर भनेका थिए, जो अहिले पनि यथावत छ । उहााले भनेको थियो अब प्रचण्डमा क्रान्तिकारी गुण छैन, अब उनले वर्ग परिवर्तन गरेका छन् । प्रचण्डको जीवनशैली, उनको दैनिक बसउठ अब फरक मानिस र वर्गसाग छ । यसरी नेतृत्वको कार्यशैली र संगठनात्मक पद्धतिमा रहेका त्रुटि पनि पार्टी विभाजनका लागि जिममेवार छन् । सामूहिकताको अभाव, नोकरशाही कार्यशैली, कार्यकर्ता व्यवस्थापनमा बेवास्ता, नयाा कार्यनीति र कार्यदिशाअनुसार नयाा संगठन बनाउन नसक्नु पनि विभाजनका कारण थिए तर अहिले यिनै कुराहरू नेकपा (क्रान्तिकारी माओवादी) भित्र विवादका विषय बनेका छन् । बादलहरूले ‘किरण’माथि विद्यमान जडसुत्रीय चिन्तन, वैचारिक अस्पष्टता, सांगठनिक अराजकता आदिको आरोप लगाउदै पुन: प्रचण्डको नेतृत्वको पार्टीमा बिनाशर्त जाने कुरा गरेका छन् ।
दशवर्षे जनयुद्धको जगमा भएको २०६२/०६३को जनआन्दोलनद्वारा नेपालको सामन्तवादको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य भयो तर साम्राज्यवाद तथा भारतीय विस्तारवादको हैकम झन् बढेर गयो । यसले नेपाल कम्युनिष्ट पार्टीको स्थापनाद्वारा स्थापित सिद्धान्त, राजनीति र दृष्टिकोणमा झन् विचलन ल्याउने काम गरेको छ । त्यसकारण अबको क्रान्तिको दिशा साम्राज्यवाद तथा भारतीय विस्तारवादको हैकम कसरी कम गर्दै अन्त्यमा त्यसबाट राष्ट्रको मुक्ति कसरी गर्न सकिन्छ नै अहिलेको आन्दोलनको आवश्यकता भएको छ । सारांशमा राष्ट्रिय स्वाधीनताको आन्दोलन नै नेपाल र नेपालीको अबको लक्ष्य हो र हुनुपर्छ ।
अहिलेको नेपालको समग्र राजनीति सम्झौतावादको गोलचक्कर रूप लिएको छ । पार्टी भित्रका विवादहरू सम्झौतामा थाती राख्ने काम भएका छन् र पार्टी बाहिरका विवाद पनि अनगिन्ती सम्झौतामा थाती राख्दै जाने काम भएका छन् । क्रान्तिकारीहरूले इतिहासबाट सिक्दै अघि बढ्न छाडेका छन् ।
नेपाल कम्युनिष्ट आन्दोलन भनेको विश्व सर्वहारा वर्गीय आन्दोलनको एक हिस्सा हो । विश्व सर्वहारा वर्गीय आन्दोलनको मुख्य लक्ष्य तथा उद्देश्य भनेको संसारबाट साम्राज्यवादी शोषण, उत्पीडनलाई उन्मुलन गरी विश्वका सर्वहारा वर्गको मुक्तिको निम्ति काम गर्ने हो । विश्वका सर्वहारा वर्गको मुक्ति खासगरी नेपाली सर्वहारा वर्गको मुक्ति तब मात्र सम्भव हुन्छ, जब सर्वहारा वर्गको पार्टी कम्युनिष्ट पार्टीहरूले सर्वहारा वर्गका शत्रु साम्राज्यवाद र नेपालको सन्दर्भमा खासगरी भारतीय विस्तारवादको दलाली गर्ने नोकरशाह, सामन्त तथा दलाल पुाजीपति वर्ग तथा तिनका राजनीतिक दलमाथि विजय प्राप्त गर्छ । यसरी नेपाली क्रान्तिको प्रहारको निशाना अहिले नेपालको सन्दर्भमा देशभित्र भारतीय विस्तारवादको दलाली गर्दै आएको दलाल तथा नोकरशाही पुाजीपति वर्ग र सामन्तवर्ग भएका छन् । त्यसैले नेपाली जनताको अन्तरविरोध अहिले आन्तरिक रूपमा यिनै शक्तिहरूको विरूद्धको प्रहारको निशानामा केन्द्रित बन्दै जानु आवश्यक छ ।

 

नेपालका क्रान्तिकारी कम्युनिष्टहरूले नेपालको विशिष्ट अवस्थामा राष्ट्रियता र जनतन्त्रको लडाइालाई सागसागै लैजानु पर्ने आवश्यकता झन टड्कारो बन्दै गएको छ । यो भनेको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा राष्ट्रियताको लडाइा मात्रै नभई नेपालको विशिष्टताको कारण जनतन्त्रको लडाइाको नेतृत्व गर्ने महान जिम्मेवारी पनि नेपाल कम्युनिष्ट पार्टीको नै हो । तर एमाले र एमाओवादी भने क.माओले भनेझैं बदलिएको वस्तुस्थितिअनुसार अगाडि बढ्न सकिरहेका छैनन् र यसको प्रभाव समग्र कम्युनिष्ट पार्टीहरू भित्र पनि जबर्जस्त देखिएको छ । यही नै नेपाली कम्युनिष्ट आन्दोलनमा उत्पन्न विचार, दृष्टिकोण र लाइनमा आएको विचलनको परिणाम हो ।
नेपालका करिब–करिब सबै कम्युनिष्ट पार्टीहरू अहिले सरकारमा छन् । नेपालको संविधान २०७२ को कार्यान्वयनको जिम्मेवारी लिएर सरकारमा गएका छन् । तैपनि आफूलाई अझै अब्बल प्रकारको सर्वहारा क्रान्तिको नेतृत्व गर्ने एक मात्र पार्टी भन्न छाडेका छैनन् । नेपाली कम्युनिष्ट आन्दोलनमा सर्वहारा वर्गको नेतृत्वलाई छाडेको एमालेको नेतृत्वमा सरकार छ । यसरी यसलाई सही मानेमा कम्युनिष्ट सरकार भन्न मिल्दैन । यो सही हो यसले नेपालको राष्ट्रियताका सवालमा केही सकारात्मक कामहरू गरेको छ, जो स्वागतयोग्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here