बजेट अधिवेशन असफल पार्ने योजनामा कांग्रेस
काठमाडौं/ एमाओवादी अध्यक्ष प्रचण्डले विभिन्न ठाउामा पुगेर भाषण गर्दा बेला–बेलामा भन्ने गर्छन्, ‘हामी तेस्रो भएर के भयो त सत्ता सञ्चालनको सााचो हामीसागै छ ।’ उनको यो भनाइ भनाइमा मात्र सीमित नभएर व्यवहारमा पनि लागू हुने गरेको छ । पहिलो संविधानसभामा पहिलो दलका रूपमा आफ्नो उपस्थिति जनाएको तत्कालीन नेकपा माओवादी शक्तिको दम्भ र फुटको शिकार हुादा दोस्रो संविधानसभाको निर्वाचनमा नराम्रोसाग पराजित हुादै तेस्रो दलका रूपमा सीमित भएको थियो । त्यसयता गुट र फुटको थप मारमा परेको एमाओवादी हाल सत्ता परिवर्तनको बैशाखीका रूपमा मात्र प्रयोग हुादै आएको छ ।
गत असोजमा संविधान निर्माणपश्चात् तत्कालीन सत्तासीन नेपाली कांग्रेसको सरकारको विकल्पका रूपमा नेकपा एमालेसाग मिलेर सरकार बनाएको एमाओवादीले अहिले फेरि आफ्नो तेस्रो दलको भूमिकालाई कांग्रेस नेतृत्वमा सरकार बनाउन सघाउने दाउमा देखिन थालेको छ । हाल सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणलाई चुनौती दिन थालेपछि दक्षिणले सरकार ढाल्नका लागि एमाओवादीको साथ खोजिरहेको र त्यसको सारथि बन्न एमाओवादी तम्सिरहेको राजनीतिक वृत्तमा ठूलै चर्चा परिचर्चाको विषय बनिरहेको छ । गत वर्ष गएको विनाशकारी भूकम्पपश्चात् ६ महिनासम्म सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले भूकम्पपीडितका नाममा कुनै काम गर्न नसक्दा ठूलै आलोचना व्यहोरेको थियो । सोही कांग्रेसले ओली नेतृत्वको सरकारलाई भूकम्पपीडितलाई राहत दिन नसकेको आरोपमा गिराउने खेलमा लागिरहेको र त्यसलाई एमाओवादीले समर्थन गरेको रहस्य खुलेको छ ।
एमाओवादीले हालको सरकार गिराउनका लागि कांग्रेससाग छलफल गरिरहेको र भारतलाई समेत विश्वासमा ल्याउन गोप्य रूपमा पहल सुरु गरेको स्रोतको दाबी छ । केही समयअघि भारतको व्यापक हस्तक्षेप भएको भन्दै चर्काे कुरा गर्दै भारतको निमन्त्रणालाई समेत अस्वीकार गरेको जनाउने एमाओवादी अध्यक्ष प्रचण्डले नै हालको सरकार गिराउन पहल गरिरहेको र त्यसका लागि दिल्लीसाग छलफल गर्न प्रचण्डनिकट मानिने महासचिव कृष्णबहादुर महरालाई दूतका रूपमा दिल्ली पठाएको स्रोतले जानकारी दिएको छ । हालै महराले गरेको दिल्ली भ्रमण भारतलाई रिझाउनकै लागि भएको स्रोतको दाबी छ । स्रोतका अनुसार भारत ओली नेतृत्वको सरकार जसरी भए पनि गिराउने योजनामा सक्रिय भएको चाल पाएको एमाओवादीले यसलाई अवसरको रूपमा प्रयोग गर्न ओली नेतृत्वको सरकारलाई ढालेर सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने नभए कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने तयारीमा जुटेको छ ।
हुन त एमाओवादीले केपी ओली नेतृत्वको सरकारमा पनि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ । तर एमाओवादी नेतृत्वमा रहेको सत्ताप्रतिको तीव्र महत्वाकांक्षाका कारण आफूले सम्हालिरहेको मन्त्रालयमा महत्वपूर्ण काम गरेर जनताको विश्वास जित्नुको सट्टा आफौ सरकारको नेतृत्व गर्ने नभए ओली सरकारलाई ढालेर दक्षिणको स्वार्थअनुसार काम गर्ने मनस्थितिमा एमाओवादी नेतृत्व अघि बढिरहेको उच्च स्रोतले जनाएको छ । एमाओवादीको सत्तालिप्साप्रति एमाओवादीकै नेता कार्यकर्ताहरू पनि सन्तुष्ट देखिादैनन् । माओवादीको सत्ता बार्गेनिङप्रति असन्तुष्ट व्यक्त गर्दै एमाओवादीका एक उच्च नेताले पार्टी सत्ताको खेल वरिपरि लागेको भन्दै यसले पार्टीको भविष्य अन्धकार हुादै गएको जनाए । उनले भने, ‘यो समय भनेको आफ्नो भूमिकामा रहेर जतिसक्दो जनपक्षीय काम गर्ने समय हो, तर हाम्रो पार्टीका मन्त्रीहरू जनता र पार्टीका लागि भन्दा व्यक्तिगत स्वार्थमा लागिरहेका छन्, जसलाई नेतृत्वले पनि सहयोग गरिरहेको छ । यसरी पार्टीप्रति जनताको विश्वास कसरी पलाउन सक्छ ?’ उनले प्रश्न गरे । उनले एमाओवादीले हालको सरकारमा महत्वपूर्ण मन्त्रालय सम्हालेर पनि सबैभन्दा निरीह बनेको गुनासो व्यक्त गरे । उनले हाल सरकार परिवर्तनका लागि माओवादीको सक्रियतालाई घुमाउरो पाराले स्वीकार गर्दै नेतृत्वले गलत कदम चालिरहेको संकेत गरे ।
यता माओवादीको साथ पाउने सम्भावना देखेपछि नेपाली कांग्रेस पनि सरकार ढाल्नका लागि जोडतोडका साथ सक्रिय बनिरहेको छ । त्यसैका लागि सभापति शेरबहादुर देउवादेखि अन्य नेताहरू भारत भ्रमणमा गइरहेको जनाइन्छ । अहिलेको सरकार ढाल्नका लागि भारत लागिपरेको र एमाओवादी बैशाखीका रूपमा प्रयोग हुने संकेत कांग्रेसले पाएको छ । त्यसैले कांग्रेसले सरकार ढाल्नका लागि प्रयास गरिरहेको र सकेसम्म बजेट अधिवेशन आउनुभन्दा पहिले नै सरकार ढाल्ने दाउमा लागिरहेको जनाइन्छ । यसका पछाडि हालै चीनको भ्रमणमा गएका प्रधानमन्त्री ओलीले चीनसाग गरेका सम्झौता लागू गर्न नदिने खेल खेलिरहेको स्रोत जनाउाछ । उक्त सम्झौतालाई तत्कालै लागू गर्न नदिन बजेट अधिवेशनभन्दा पहिले जसरी भए पनि सरकार ढाल्नुपर्ने दबाबमा कांग्रेस रहेको र त्यसका लागि बैशाखी बन्न भारतले माओवादीलाई रिझाइसकेको चर्चा राजनीतिक वृत्तमा चल्ने गरेको छ ।