हाम्रो पार्टी नेतृत्वको
सरकार नभएको भए
सेना समायोजन सम्भव थिएन
प्रचण्ड, अध्यक्ष– एकीकृत नेकपा (माओवादी)
मधेसी जनताको आशा तपाईंतिर देखिन्छ, तपाईं मधेसको समस्या समाधान गर्न सक्नुहुन्छ ?
पक्कै पनि मधेसको जनता, राजनीतिक पार्टी र कार्यकर्ताहरूले प्रचण्डबाट अपेक्षा गर्नु स्वाभाविक छ । कहिलेकाहीा उनीहरू प्रचण्डसाग अलि बढी नै रिसाउाछन् पनि । प्रचण्डबाट हुन्छ भनेको झन् यसले पनि छाड्यो भनेर रिसाउनेहरू पनि छन् । अस्ति सिराहा जाादा मधेसी जनतालाई लभ गर्छु भन्नुहुन्थ्यो, खोइ त लभ भनेर पनि सोधे । मैले भने मेरो लभ त अहिले पनि कायमै छ ।
मधेसी दलहरूले कमल थापा नेतृत्वको समितिमा प्रधानमन्त्री, तपाईं र कांग्रेस सभापति बसे आफूहरू पनि बस्न तयार रहेको भनेका छन्, त्यो सम्भव छ ?
उहााहरूले शीर्ष नेताहरू पनि बस्नुपर्छ भनेको कुरा जायज छ भन्ने मलाई लाग्छ । त्यो उहााहरूले भन्नु स्वाभाविक हो ।
कमल थापाकै नेतृत्वमा तपाईंहरू पनि समितिमा बस्न सक्नुहुन्छ ?
पुनर्गठन गर्न सकिन्छ, त्यो ठूलो कुरा होइन । कमल थापाजीले मलाई यो चाहियो पनि भन्नुभएको छैन । अर्को आइदिए उहााको टन्टै खलास हुन्छ, त्यसको लागि उहाा पनि तयारै हुनुहुन्छ ।
कतिपय मधेसी नेताहरूले प्रचण्ड मधेसविरोधी नेता हुन थाल्नुभयो भनेर भन्न थालेका छन् ?
म आम नेपाली जनताको हितको निम्ति हिजोदेखि जसरी संघर्ष गर्दै आएको छु, अहिले पनि सबैका मागहरू, चाहनाहरू अधिकतम संबोधन हुन् भनेर लागिरहेको छु । मधेसको मागमा बढी काम गर्नुपर्छ भनेर म मधेसमा गएर चुनाव लडेर जितेर अहिले सदनमा छु । मधेसी जनताप्रति मेरो केही पनि नकारात्मक धारणा हुनै सक्दैन । मधेसबाट जितेको हुनाले म मधेसी जनताप्रति नै बढी ‘लोयल’ हुनुपर्छ । मैले मधेसी जनताको सम्वेदनशीलतालाई बुझ्नुपर्ने हुन्छ ।
त्यसो भए मधेसमा कति प्रदेश बनाउने त ?
यो कुरा सबै मिलेर छलफल गरेर, समाधानका विभिन्न उपायहरूबारे चर्चा गरेर उपयुक्त जे विकल्पमा सहमति हुन्छ, त्यही गर्नुपर्यो नि । यसलाई समाधान गर्ने भनेको सकारात्मक सोचका साथ समाधान गर्ने उद्देश्यसहित राजनीतिक सहमति बनाउन भनेर बस्यो भने समस्याको समाधान छिट्टै हुन्छ भन्नेमा म विश्वस्त छु ।
तपाईंले पहल गरेअनुसार सबै कम्युनिष्टहरूलाई एक बनाउन सक्नुहुन्छ ?
मलाई नेपालमा कम्युनिष्टहरू एक ठाउामा हुनुपर्छ भन्ने नै लाग्छ । सबै सच्चा कम्युनिष्टहरू एक ठाउामा हुनुपर्छ । तर कम्युनिष्टमात्रै एक ठाउामा भएर पुग्दैन । आजको देशको अवस्थामा सबै प्रमुख राजनीतिक शक्तिहरू पनि एक ठाउामा उभिनुपर्छ । जनताको विकासको चाहनालाई सम्बोधन गर्न, भ्रष्टाचार, कालोबजारी, अभाव, लाखौा युवा विदेश जानुपर्ने बाध्यता सबैको अन्त्य गर्नको निम्ति प्रमुख शक्तिहरूको बीचमा राष्ट्रिय एकता पनि उत्तिकै आवश्यक छ भन्ने मेरो भनाइ हो ।
बाहिर चर्चा चले जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्ने कसरत थाल्नु भएको हो ?
मैले कसरत गरेको होइन । मैले त्यसरी कसरत गरेर प्रधानमन्त्री बन्न खोजेको भन्ने कुरा सत्य होइन । सहमति होस् र समस्या समाधान होस् भन्ने मेरो इच्छा हो । त्यो कुरा मैले जनताको अगाडि लगातार भनेको छु । सहमति ओलीजीकै नेतृत्वमा हुन्छ भने समस्या छैन । त्यो सम्भव भएन भने मुद्दामा आधारित भएर जानुपर्ने अवस्था आउाछ ।
त्यस्तो सहमतिको सरकारको नेतृत्व कसले गर्ने ?
नेतृत्वको लागि छलफल गर्नुपर्छ ।
तपाईंले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने सम्भावना छ ?
सरकारको नेतृत्व लिने भन्ने विषय अहिले हाम्रो प्राथमिकतामा छैन । हाम्रो लागि महत्वपूर्ण कुरा एजेण्डा हो । शान्ति प्रक्रिया ठीक ढंगले टुंगिनुपर्छ । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनको कुरा शान्ति सम्झौताको स्प्रिटअनुसार टुंगिनुपर्छ । पुनर्निर्माणको काम पनि अलि ठीक ढंगले तीव्रताका साथ अघि बढाउनुपर्छ । तेस्रो कुरा संविधान कार्यान्वयन गर्न आवश्यक संशोधन गरेर भए पनि राष्ट्रिय सहमतिको वातावरण बन्नुपर्छ भन्ने कुरा पनि छ ।
तपाईं अहिले पनि सरकारको बचाउ गरिरहने कि विकल्प खोज्ने ?
सरकार जो आए पनि आलोचना गर्ने त हाम्रो संस्कार नै बनेको छ । निश्चित अवधि र समयसम्म काम गर्न दिनुपर्छ भन्ने मान्यता पनि स्थापित गर्न सकिएन भने पनि अप्ठ्यारो हुन्छ । तर पनि यो सरकारसाग जनताले जस्तो अपेक्षा गरेका थिए, त्यो चााही पूरा भएको छैन । कहीा न कहीा सरकारको कुराचाहिा धेरै भए काम थोरै भए भन्ने कुरा भएकै छ ।
सरकारको विकल्प खोज्न संसद्मा नयाा रणनीति बनाउादै हुनुहुन्छ ?
अहिले त्यसरी भनिहाल्नु हतारो नै हुन्छ ।
कांग्रेस, एमाले, वरिष्ठ नेता माधवकुमार नेपाल र मधेसी दलहरूको समर्थनमा सरकारको नेतृत्व लिन तपाईं भित्रभित्रै अघि बढ्नु भएको हो ?
यो झगडा पार्ने काम हो । यो अहिले टुङगोमा पुगेको छैन । समग्र परिस्थितिको समिक्षा गरेर कसरी समाधान गर्ने भन्ने कुरामा सबै गम्भीर हुनुपर्छ ।
साझा व्यक्तित्वको रूपमा सरकारको नेतृत्व लिन तपाईं अघि नबढ्ने ?
कांग्रेस र एमालेको नेतृत्वले त्यो कुरा गर्यो भने नेतृत्वको लागि अगाडि नबढ्ने र सोच्दै नसोच्ने भन्ने कुरा होइन । तर हाम्रो जोडचाहिा मुद्दा सम्बोधन हुनुपर्यो, समस्या समाधान हुनुपर्यो र राष्ट्रिय समझदारी बन्नुपर्यो भन्ने हो ।
तपाईंले माओवादीकै नेतृत्वमा हतियार व्यवस्थापन भयो अब आफ्नै नेतृत्वमा संविधान कार्यान्वयन हुनुपर्छ भन्नुभएको छ, त्यसको अर्थ के हो ?
यो कुरा मैले कुनै नेतृत्वको दाबी गरेर बिल्कुलै भनेको होइन । तर एउटा पक्का कुरा के हो भने नेपालमा सेना समायोजन जुन भयो, यदि त्यति बेला माओवादीको नेतृत्वमा सरकार हुादैन थियो भने देशमा ठूलो दुर्घटना हुन सक्थ्यो । त्यो सााचो ऐतिहासिक तथ्य हो, त्यो मलाई भन्दा राम्रो अरुलाई थाहा छैन । क्यान्टोनमेन्टमा के चलिरहेको थियो, पार्टीभित्र के चलिरहेको थियो भन्ने । यदि माओवादीको नेतृत्व नभएर अरु कसैको नेतृत्व हुादा माधवकुमार नेपाल यहीा हुनुहुन्छ, उहााले सेना समायोजन गर्ने क्रममा धेरै मिहिनेत गर्नुभएको हो । एउटा स्टेप त उहााले लिनु पनि भएको हो । चितवनको शक्तिखोरमा गएर उहाा र मैले एउटा सम्झौता गरेका पनि हौा । तर पनि त्यति नै बेला समायोजन गर्न धेरै कठिन थियो ।
अदालतले दोषी ठहर गर्दा पनि तपाईंका पार्टीका नेता बालकृष्ण ढुंगेल खुलेआम अन्तर्वार्ता दिएर हिाड्नु भएको छ, पक्राउ पर्नुभएको छैन ?
नेपाली सेनामा पनि एउटा चिन्ता देख्छु, कतै द्वन्द्वकालीन मुद्दाले हामीलाई पनि हान्ने हो कि भनेर । कैयौा हिजोका प्रहरी अधिकारीहरूमा पनि त्यो चिन्ता छ । त्यसैकारण सबै मिलेर शान्ति सम्झौताको स्प्रिट र भावनाअनुसार समाधान गर्नु नै पर्छ । मलाई लाग्छ, नेपाली कााग्रेसका नेताहरूमा पनि यो विषयमा पक्कै पनि चिन्ता छ । त्यति बेला सबैभन्दा बढी सरकारको नेतृत्व नेपाली कााग्रेसले नै गरेको हुनाले उसले पनि यो कुरालाई गम्भीरताको साथ सोचेको छ । १२ बुादेदेखि सबै प्रक्रियामा माधवकुमार नेपाल पनि सागै हुनुहुन्छ । उहााले पनि पक्कै बुझ्नु भएको छ । त्यसैले मलाई के लागेको छ भने यो समस्याको समाधानको लागि सकारात्मक वातावरण बनाउन पार्टीहरूको बीचमा राम्रो समझदारी हुन्छ, हुनुपर्छ ।
– प्रस्तुति ऋषि धमला