पत्रकारहरुलाई राष्ट्रपतिको सुझाव

129

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारहरू आफौले बनाएको आचारसंहिताप्रति गम्भीर हुनुपर्नेमा जोड दिनु भएको छ । चितवनमा आयोजना गरिएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुादै राष्ट्रपति भण्डारीले आचारसंहिताको पालना नहुादा प्रेसकै मर्यादा कुण्ठित हुने र व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हक हनन् हुने भएकाले त्यस्तो नहोस् भन्नेमा पत्रकार स्वयं सजग हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली पत्रकारिता क्षेत्र कुनै विषयलाई लिएर विभाजित हुनु कुनै नौलो कुरा होइन । हालै मात्र साझा यातायातका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गर्दा उनको पक्राउलाई लिएर पत्रकारहरू दुई भागमा विभाजित भएका थिए । दीक्षित पक्राउ पर्दा केही उनको पक्षधर बनेर अख्तियारमाथि निशाना साध्न थाले । केहीले दीक्षितमाथि स्वतन्त्र रूपमा छानबिन हुनुपर्नेमा जोड दिए । यस्ता घटनाहरूले गर्दा नेपाली पत्रकारितामा नै प्रश्नचिह्न निम्तिने गर्दछ । यहीबीचमा पत्रकारहरूको सर्वोच्च संस्था नेपाल पत्रकार महासंघको कार्यक्रममा राष्ट्रपतिद्वारा पनि पत्रकारहरूलाई जिम्मेवार बन्न आग्रह गरिएको छ । भण्डारीले भन्नुभयो, ‘संगठित र बलियो प्रेस जगत्ले एउटा निरीह व्यक्तिको स्वतन्त्रताको सबैभन्दा बढी संरक्षण गर्नुपर्छ । निर्बाध प्रेस स्वतन्त्रताको उपयोग गैरजिम्मेवार र उत्तरदायीविहीन क्रियाकलापबाट हुनुहुादैन ।’ भण्डारीले स्वतन्त्र प्रेसले आफ्नो पेशागत र व्यावसायिक धर्म निभाउादा जिम्मेवार बन्नुपर्ने र सञ्चारमाध्यमले देशको सर्वोपरि हित र राष्ट्रिय एकताको पहरेदारी बन्नुपर्ने सुझाव राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here