हुकुमबहादुर सिंह
जनयुद्धका नायकहरूमध्ये बाबुरामले आखिरमा माक्र्सवादकै विरोध गरेर रूपलालको मार्ग अवलम्बन गरे । उनी अब कहिल्यै सर्वहारावादी क्रान्तिमा फर्कने सम्भावना छैन । जनयुद्धका प्रथम नायक प्रचण्डले पनि जनयुद्धलाई धोका दिए भनेर स्वयम् बादलहरू भन्ने गर्दथे र संसदवादी दलदलमा फस्दै गए भनेर करिब तीन वर्ष अगाडि किरणको नेतृत्वमा नेकपा—माओवादी बनेको नै हो । मात्रिका र मणिले पनि उनीमाथि त्यही आरोप लगाउादै प्रचण्ड नेतृत्वलाई अस्वीकार गरेका थिए । प्रचण्डबाट विद्रोह गरी नेकपा—माओवादी गठन गर्न किरणलाई उकास्नेमा विप्लव, देव गुरुङ, पम्फा, बादल र स्वनाम, लेखनाथ आदि प्रमुख थिए । पछि त्यसलाई बीचैमा अलपत्र बनाएर क्रान्तिको नाममा अर्को पार्टी बनाउनेमा विप्लवलाई उकास्नेहरूमध्ये डा.बराल, रामदेव, मौसम आदि थिए तर विप्लवसित उनीहरू गएनन्, किरणको नेतृत्वमा नेकपा—माओवादीमै रहे । नेकपा—माओवादीभित्रका मध्ये ती केही समय क्रान्तिकारी बने । डा.बराल नेकपा—माओवादीको अनुशासनको कारबाहीपछि एमाओवादीबाट विभाजित ओलीको नेतृत्वमा न्यूक्लियसमा छन् । अन्य अहिले एमाओवादी भित्रिनेमध्येका पहलकर्ता मात्रै बनेका छैनन्, नयाा जनवादी क्रान्तिका विरुद्ध खुलेरै आफ्ना मत राख्न थालेका छन् । सिद्धान्त, विचार, राजनीति आदिलाई ओझेलमा पारेर जे जसरी हुन्छ, एमाओवादीमा समाहित हुने अभियानमा लागेका छन् । उनीहरू क. किरणको नेतृत्वमा क्रान्ति हुन सक्दैन् भनेर भनिरहेका छन् तर त्यसका लागि वेग्लै क्रान्तिकारी पार्टी गठन होइन, एमाओवादीजस्तो संसदवादी पार्टीमा भित्रिएर क्रान्तिको सपना पूरा गर्ने भन्दै छन् । विप्लवले क्रान्तिको विभिन्न थितिमिति तोकेर क्रान्तिको कुरा गरेर पार्टी विभाजन गरे तर उनी अहिले कहाा पुगेका छन् ? जनवादी क्रान्तिभन्दा घेरै टाढा । तैपनि उनी संसदवादका विरुद्ध त कम्तीमा खडा देखिएका छन् । पार्टी विभाजन गर्दा प्रचण्डले भनेका थिए— रोजेको मन्त्रालय नपाएर पार्टी फुटाएका हुन् । सिद्धान्त र विचार त केवल देखाउने दाात मात्रै हो । नभन्दै अहिले आएर कम्तीमा पनि एमाओवादी प्रवेश गर्नेहरूका लागि उनको यो भनाइ सत्यको नजिक देखिन गएको छ ।
आखिरमा नेकपा (क्रान्तिकारी माओवादी)ले माओवादीहरूबीचको एकता आवश्यक छ भनेकै छ । तर किन हतारमा रामबहादुर थापा बादलको नेतृत्वमा केही नेताहरूको एउटा समूह एमाओवादीभित्र प्रवेशमा जाादै छ ? उनीहरूले अहिले नै स्पष्ट सुनेका छन् कि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसलाई एमाओवादीबाट विभाजित माओवादी समूह र व्यक्तिसाग वार्ता गरी एमाओवादीमा भित्र्याउने भनेका कुरा । मानौा उनीहरू नेकपा (क्रान्तिकारी माओवादी)भित्रबाट बहुमत लिएर एमाओवादी प्रवेश गराउन सफल भए रे तर उनीहरूको साथै लैजाने न नयाा विचार र सिद्धान्त छ न क्रान्तिकारी कार्यदिशा नै ।
नेकपा (क्रान्तिकारी माओवादी) पहिलेदेखि नै नेपाली कम्युनिष्ट आन्दोलनमा सबै सच्चा माक्र्सवादी—लेनिनवादी—माओवादी र माओविचारलाई क्रान्तिको मार्गनिर्देशक सिद्धान्त मान्नेहरू वा उनीहरूका बेग्लाबेग्लै पार्टी, समूह वा व्यक्तिहरू एउटै पार्टीमा सङगठित गर्नुपर्छ भनेर लागेको हो र त्यसैको परिणाम नेकपा एकीकृतसित पार्टी एकता भयो र यसकै निरन्तरतास्वरूप एमाओवादीसित पनि पार्टी एकता गर्ने निर्णय भएकै हो । तर किन हो बादलहरू यसपटक ज्यादै हतारमा देखिनुभयो । मानौा प्रचण्डले अहिले अपनाएको राजनीति, विचार र कार्यशैली सबै ठीकठाक भएर आएको छ । के सााच्चै यस्तै हो त ? उनीहरूले भनेझौ प्रचण्डमा क्रान्तिका लागि क्रान्तिकारी रूपान्तरण आवश्यक छैन र किरणको उपस्थिति बेगर बादलहरूमा यो मार्ग अपनाउन उनलाई बाध्य पार्ने हैसियत छ त ? उनीहरूको एमाओवादी प्रवेशले पार्टीको र क्रान्तिको हित गर्ने नै छ त ?
यो सही हो विभाजित माओवादीहरू कमजोर बनेका छन् र उनीहरूलाई मृगले पनि खेद्न थालेको छ । त्यसैले एकता आवश्यक छ । तर प्रश्न क्रान्तिकारी सिद्धान्त र विचारको एकता हो कि सरकार र संसदका लागि ? भन्ने प्रश्न उठेको छ । सिद्धान्त र विचारविहीन भएर गरिने जमघटले आखिरमा माथि उल्लिखित उद्देश्यमा खासै फरक ल्याउन सक्दैन किनभने त्यसमा व्यक्तिगत लाभ हानी, पद, पैसा आदिको महत्व रहन्छ । यसबाट एउटा सिंह त बन्ला तर दाात फुस्किएको एउटा बूढो सिंह मात्रै । बादल अहिले एमाओवादीलाई त्यही बूढो सिंह बनाउने कसरतमा छन् । यदि एमाओवादीलाई दाातसहितको सिंह बनाउने हो भने नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्षले एकताबारे गत केन्द्रीय समितिमा र त्यसपछि विभिन्न छलफलद्वारा अगाडि सारेका ११ बुादे आधारहरूमाथि व्यापक बहस, छलफल गरेर उहााकै नेतृत्वमा एकढिक्का भएर एमाओवादीसित पार्टी एकता आवश्यक छ । कमरेडहरू एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसलाई एमाओवादीबाट विभाजित माओवादी समूह र व्यक्तिसाग वार्ता गरी एमाओवादीमा भित्र्याउने भनेर तपाईंहरूको भविष्य र नेपाली क्रान्तिको भविष्यवाणी गरिसकेका छन् । गम्भीर भएर एक पटक निधार खुम्चाएर सोच्नुहोस् मिलेर एकढिक्का भएर गए गन्तव्यमा पुगिनेछ र हतारमा एक्लाएक्लै गए तपाईंहरूको अस्तित्व पनि बत्ती बालेर खोज्नुपर्ला ।
माक्र्सले जोड दिएको तथ्य के हो भने पार्टी एकता वा निर्माणको सिलसिलामा सैद्धान्तिक, राजनीतिक, संगठनात्मक र विभिन्न पक्षहरू वा कमसेकम नेतृत्वदायी अंगका व्यक्तिहरूको बारेमा पनि राम्ररी सोच्नुपर्ने आवश्यकता हुन्छ । तर यो यति हतारमा गर्न थालिएको छ । यसले केही माओवादीहरूमा सन्तोष दिलाउनेछ । तर यो क्षणिक सफलता ज्यादै चर्को मूल्य चुकाएर किनिएको होइन भनी विश्वास गर्नु गलत हुनेछ र आम जनता वा कार्यकर्ताहरूको चाहनाको नाममा सिद्धान्त, राजनीति र अन्य पक्षहरूको उपेक्षा गरेर पार्टी एकता गरे पनि, त्यसरी गरिएको एकता, प्रथम, छिट्टै सिद्धान्तहीन, झगडा, अनुशासनविहीनता, गुटबन्दी र फुटमा बदलिने निश्चित छ । द्वितीय, जनताका क्रान्तिकारी आकांक्षाहरूका पक्षमा कुनै भूमिका खेल्न सक्ने छैन । त्यसरी सिद्धान्तहीन, अवसरवादी र हचुवा प्रकारले गरिएको एकताले तात्कालिक रूपमा जनता र कार्यकर्तालाई सन्तोष दिए पनि दीर्घकालीन र वास्तविकरूपमा उनीहरूका आकांक्षाहरूको प्रतिनिधित्व गर्दैन ।
त्यसैले हामी सबैलाई थाहा छ नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको केन्द्रीय समितिको स्थगित बैठकमा उपस्थित सहभागीमध्ये करिब ९० प्रतिशतको मत यो रहेको छ कि यस्तो एकता कायम गर्न पहिले स्वयम् नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको आन्तरिक एकता अभिवृद्धि गर्न सक्नुपर्छ । पार्टीको आन्तरिक एकता अभिवृद्धि गरेर मात्रै अन्य सबै क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न सम्भव छ । विचारलाई छाडेर केवल एमाओवादीभित्र विगतको पदीय स्थानलाई सुरक्षित गर्दैमा सन्तोष लिने भए नेपाली क्रान्ति त कता जान्छ कता, उनीहरूको भविष्य समेत धरापमा पर्ने निश्चित र यो कदम एक दिन एमालेमा विलय भएर अन्त्य हुनेछ ।