मे १ तारिखको दिन विश्वभरजस्तै नेपालमा पनि मजदुर दिवस भव्यरूपले मनाइयो । वर्षको एक पटक मनाइने यो दिवसमा अघिल्ला वर्षझौ प्रभातफेरी, र्याली, सभा र मजदुरको हकहितको पक्षमा चर्का भाषणबाजी पनि भयो । तर वास्तविक मजदुरहरूलाई मजदुर दिवस मनाउनु र नमाउनुमा कुनै फरक भएन । नेपालमा बेरोजगारी चरम समस्याको रूपमा रहेको छ । बेरोजगारीकै कारण देशको युवाशक्ति मरुभूमिको गर्मीमा रोजगारीको लागि भौातारिनु परेको छ । यता देशमा नै काम गर्नेहरूको अवस्था पनि राम्रो छैन । नेपालमा हाल १८ लाख व्यक्तिहरू श्रमिकका रूपमा कार्यरत छन्, तर ती अधिकांशको रोजगारी सुरक्षित र मजदुरले पाउनुपर्ने वास्तविक सुविधाका हिसाबले उपयुक्त छैनन् । अहिले नेपालमा उद्योगधन्दा चौपट भएका छन् । लामो संक्रमणकालीन अवस्थाका कारण ठूलासाना सबै उद्योगहरू धमाधम बन्द भइरहेका छन् । पछिल्लो समय भूकम्प र नाकाबन्दीका कारण झन् नेपाली औद्योगिक क्षेत्र मारमा परेको छ, जसको सिधा असर गरिखाने आम मजदुरमाथि परेको छ ।
मजदुरहरूको दयनीय अवस्था रहेको वर्तमान समयमा मनाइएको यो दिवसमा देशका नेताहरूको भाषण भने गैरजिम्मेवार र तुक न तर्कको देखिएको छ । हाल सत्ताको प्रमुख हिस्सेदार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द भएका सरकारी उद्योगधन्दा एवं प्रतिष्ठानलाई पुन: सञ्चालनका लागि दबाब दिन मजदुरहरूलाई आह्वान गरे । आफूलाई जनताको हिमायती र शक्तिशाली ठान्ने नेताहरूले देशमा औद्योगिक वातावरण गर्न पहल गर्ने कि मजदुरहरूलाई आन्दोलनका लागि उचाल्ने ? के मजदुरहरूको पहलले मात्र बन्द भएका उद्योगहरू खुल्न सम्भव होला ? अवश्य पनि सम्भव छैन । देशका औद्योगिक प्रतिष्ठानहरू बन्द हुनुमा तिनमा राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि गरेको राजनीति र षड्यन्त्रका तानाबाना प्रमुख कारण हुन् । ट्ेरड युनियनका नाममा अराजक गतिविधि निम्त्याउने पनि तिनै राजनीतिक दलहरू हुन् । राजनीतिक फाइदाका लागि आफ्नो दलको ट्ेरड युनियन बनाउने, काम नगर्ने र सुविधा मात्र खोज्ने गलत संस्कारको थालनी गर्ने पनि तिनै दलहरू हुन् । जसको कारण आज देशको औद्योगिक क्षेत्रले यस्तो दुर्गति भोग्नुपरेको छ, मजदुरहरूले दु:खमय जीवन बिताउनुपरेको छ । यस्तो अवस्थामा अब औद्योगिक प्रतिष्ठानलाई कसरी सञ्चालनमा ल्याउने, कसरी राजनीतिमुक्त पार्ने तथा लगानीकर्तालाई आकर्षित पार्ने योजना सरकारले ल्याउनुपर्ने हो । अधिकारको लडाइा सकिएको र अब आर्थिक क्रान्तिको पालो भएको उद्घोष गर्ने प्रधानमन्त्रीले यस दिवसमा यदि देशमा औद्योगिक माहोल सिर्जना गर्न कस्ता कार्यक्रम ल्याइादै छ भन्ने कुरालाई प्राथमिकता दिएको भए सााच्चै मजदुर दिवस मनाउनु सार्थक हुने थियो । अन्य राजनीतिक दलहरूले पनि मजदुरहरूको हकहितका लागि ठोस योजनाहरू सार्वजनिक गरेको भए पनि उनीहरू वास्तविक रूपमा गरिब मजदुरहरूमाथि जिम्मेवार रहेछन् भन्ने पुष्टि हुन्थ्यो । तर राजनीतिक दलहरू मजदुरको विषयमा गम्भीर छैनन् भन्ने उनीहरूको भाषणबाट स्पष्ट पारेको छ ।
देश निर्माण गर्न मजदुरहरूको आवश्यकता पर्छ, युवाशक्तिको जरुरी छ । तर विडम्बना तिनै युवाहरू रोजगारीको अभावमा विदेशमा जस्तोसुकै कठिन श्रम गर्न पनि बाध्य छन् । त्यसकारण राजनीतिक दलहरू जनताप्रति बफादार छन्, देश निर्माणका लागि गम्भीर छन् भनेर देखाउने हो भने सर्वप्रथम भाषणलाई होइन, कामलाई महत्व दिन जरुरी छ । विदेशिने युवाहरूलाई देशमा नै रोजगारीका लागि अवसर सिर्जना गर्नुपर्छ । लगानीकर्ता आकर्षित र देशमा औद्योगिक माहोलको सिर्जना गर्नुपर्छ । बन्द, हडताल जस्ता कार्यहरू ठप्प पारेर कामलाई प्राथमिकता र मजदुरहरूलाई उचित सुविधाको व्यवस्था गर्नुपर्छ । सरकारले बन्द उद्योगहरू खुलाउन पहलकदमी लिनुपर्छ । काम गर्ने संस्कार र काम गर्नेलाई सम्मानको भावना विकास गर्नसके मात्र हामीले देख्दै आएको नयाा नेपालको सपना वास्तविकतामा परिणत हुनेछ ।