‘वैद्य बा’ को मनोवाद पढेपछि

437

–निमकान्त पाण्डे–

 
राजनीति भनेको पदीय आकांक्षा पूरा गर्ने पेशा नभएर देश, जनता र पार्टीको निमित्त योगदान गर्ने माध्यम हो भन्ने महत्वपूर्ण शिक्षा मिल्ने गरी मोहन वैद्य ‘किरण’ले रातोपाटी डटकममा लेख्नुभएको ‘मनोवाद’ पढेपछि मलाई केही लेख्न मन लाग्यो । पढ्न सुरु गरेपछि अन्त्य नहुादासम्म पढुा–पढुा लाग्ने क. किरणको मनोवाद निकै मर्मस्पर्शी लाग्यो । आङ्खनो राजनीतिक जीवनमा उहााले भोग्नुभएको तीता–मीठा उतारचढावहरू सरल भाषामा सबैलाई बुझ्न सजिलो हुने गरी विषयवस्तुलाई नलुकाएर प्रस्तुत गर्नुभएको रहेछ । कमरेड किरणलाई कसैले वैद्य बा भन्दछन्, कसैले कमरेड किरण भन्दछन्, तर मैले ‘किरण दाइ’ भनेर सम्बोधन गर्दछु । किरण दाइसाग मेरो सम्बन्ध निकै पुरानो हो । नाताकै दाइ पर्ने भएकाले मैले किरण दाइ भनेको होइन, उहाालाई भेटेदेखि नै राजनीतिक वरीयताको हिसाबले दाइ भनेर सम्बोधन गर्न थालेको हुा ।
मेरो विद्यार्थी जीवनमै मैले दुई जना एमबीहरूको चर्चा सुन्दथें । एक जना मोहनविक्रम र अर्का मोहन वैद्य । दुवै जना प्यूठानमा जन्म भएका व्यक्ति, कम्युनिष्ट आन्दोलनका नेतृत्व तहमा पुगेका सम्मानित व्यक्तिहरू हुन् भन्ने मेरो बुझाइ रहादै आयो । मोहनविक्रम र मोहन वैद्य दुवैलाई नभेट्दासम्म उहााहरूबारे सुनेका कुराहरू निकै रोचक छन् । मोहनविक्रम प्यूठानका महासामन्त जमिन्दार खिमविक्रम घर्तीका छोरा भएको र उहााले आङ्खनो पितासाग रहेका तमसुकहरू जलाएर खरानी बनाइदिनु भई भूमिगत जीवन सुरु गर्नुभएको भन्ने सुनेको थिएा । त्यसैगरी मोहन वैद्यले पार्टीको संगठन विस्तार गर्ने क्रममा रोल्पाको थवाङलाई केन्द्र बनाएर दाङ्ग जिल्लाका थारु बस्तीमा थारुहरूकै पहिरनमा बसेर जीवन बिताउनु भएको हो भन्ने चर्चा पनि सुनेको थिएा । यस्ता सुनेका कुराहरूका आधारमा नेताहरूप्रति बन्ने दृष्टिकोण कति सम्मानजनक बन्दोरहेछ भने, शब्दमा व्यक्त गर्न कठिन छ ।
दुवै एमबीहरूसाग मेरो भेट २०३७ सालमा भयो । परन्तु फरक–फरक ठाउामा । मोहनविक्रम सिंहलाई वाराणसीमा पहिलोपटक भेटेको थिएा । उहाालाई भेट्दा आफूलाई जन्म दिने आमा बा भन्दा पनि सम्मानित लाग्यो । मैले विज्ञान विषय लिएर नेपालगञ्जमा आईएस्सी अध्ययन गर्दा भेरी अञ्चलाधीशबाट मलाई कम्मरमुनि गोली हान्ने आदेश भएको रहेछ । यो कुरा मेरो घरसम्म पुगेपछि मेरोबारे घरमा निकै चिन्ता गरिएछ । मैले नेपालगञ्जका विद्यार्थीहरू, औद्योगिक मजदुरहरू, रिक्सा चालकहरू र टांगा चालकहरूलाई संगठित गरिरहेको जानकारी पाएपछि अञ्चलाधीशले त्यस्तो आदेश गरेका रहेछन् । तत्कालीन मेरो आस्थाको पार्टी चौथो महाधिवेशन, जसका शीर्ष नेताहरूमा मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य र भक्तबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । तथापि कुनै नेतासाग मेरो प्रत्यक्ष सम्पर्क थिएन । त्यही पार्टीका दस्तावेजहरू पढाउने, त्यही पार्टीका राजनीतिक दृष्टिकोणहरू बुझाउने र संगठन बनाउने कामलाई मैले निरन्तरता दिएको थिएा । भेरी अञ्चलाधीशले आफूप्रति कडाइ गरिरहेको जानकारी पाएपछि म आङ्खनो गृहजिल्ला दाङतिर लागो । दाङ पुगेको तेस्रो दिन नै म गिरफ्तारीमा परो । खुट्टामा नेल र हातमा हतकडी लगाएर मलाई नारायणपुरस्थित प्रहरी चौकीमा राखियो । मलाई यातना दिने चेतावनीसहित नेताहरूको बारेमा जानकारी मागियो । सााझ पर्ने बेलामा तुलसीपुरतिरबाट प्रमुख जिल्ला अधिकारीको जीप आएर चौकीनेर रोकियो । मेरो हतकडी र नेल खोलेर मलाई जीपमा राखी घोराहीतर्फ लगियो । मलाई जीपमा राख्ने क्रममा नारायणपुरमा मेरा शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखेर मैले आफू ठूलै नेता भएजस्तो महसुस गरेको थिएा । नेता बन्नको लागि कुनै पद हुनुपर्छ भन्ने मलाई पनि लागेन । किरण दाइको मनोवादबारे लेख्दा आङ्खनै बारेमा बढी गन्थन गरे जस्तो लगिरहेको छ । तथापि नेताबाटै सिक्ने हो । म किरण दाइलाई आदर्श नेता मान्दछु । तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र युद्ध थालनी गर्ने निर्णय गरेपछि मलाई प्रचारको जिम्मा लगाउने निर्णय पनि भएको रहेछ । यो कुरा मलाई डा.बाबुराम भट्टराईले २०५२ सालको असोज महिनामा प्रस्तावसहित जानकारी गराउनु भएको थियो । मैले प्रचारको जिम्मा लिन अस्वीकार गरेको थिएा । त्यसपछि माओवादीको सशस्त्र युद्ध सुरु नहुादै मैले नेकपा (एमाले) मा आफू प्रवेश गरेको कुरा एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरो ।
परन्तु सशस्त्र युद्ध सुरु भएपछि मैले युद्धप्रति र युद्धमा लागेका नेता र कार्याकर्ताहरूप्रति कहिल्यै पनि नकारात्मक धारणा बनाइना । महाकाली सन्धिको विवादमा एमाले पार्टी विभाजित भएपछि मैले आफूलाई महाकाली सन्धिविरोधी कित्तामा उभ्याएर नेकपा (माले) पुनर्गठन अभियानमा आफूलाई सरिक गराएकै बेला आरएनएसी अगाडि अलि टाढैबाट किरण दाइलाई देखें, उहाा टेम्पोबाट उत्रिादै हुनुहुन्थ्यो । युद्धको असर देशव्यापी भइसकेको अवस्थामा किरण दाइलाई खुला रूपमा देखेर मलाई अलि विश्वास लागेन । नजिक पुगेर हात मिलाएपछि मात्र मलाई विश्वास भयो, किरण दाइ नै हुनुहुन्छ भनेर । मैले केही सोध्न नपाउादै सञ्चो बिसञ्चो सोध्दै मेरो पाखुरा समातेर किरण दाइले धरहरातिर पुर्‍याउनु भयो । उहााको साथमा मैले नचिनेका अर्का एक जना पनि हुनुहुन्थ्यो । सशस्त्र युद्धको प्रभावबारे केही भलाकुसारीपछि किरण दाइ र म छुट्टिएर आ–आङ्खना बाटो लाग्यौं ।
महाकाली सन्धिको विवादमा मैले एमालेवाट विद्रोह गरि गठन गरिएको नेकपा (माले)मा आफूलाई संगठित गरो । नेकपा (माले)मा संगठित भएर काम गरिरहादा पनि मैले जनयुद्धको पक्षमा कलम चलाइरहें । माले पार्टीले क्रान्तिको पक्षमा अडान देखाउन छोडेपछि त्यस पार्टीमा आबद्ध रहेका हिमाल शर्मा, कृष्ण केसीलगायतका युवाहरू युद्धरत माओवादीतिर आकर्षित हुन पुगे । मैले उत्साहित गराउादै कलम चलाउने गर्दथें । त्यसै क्रममा एकदिन कुलेश्वरमा बसको प्रतीक्षा गरिरहेको अवस्थामा मैले टाढैबाट किरण दाइलाई देखेको थिएा । त्यसपटक भेट्ने अवसर भएन, म अर्को बसबाट यात्रा गरिरहेको थिएा ।
दश वर्षे सशस्त्र युद्धका दौरान किरण दाइले भोग्नु भएका अनुभवहरू मनोवादमा पढ्न पाएा । उहााले मनोवादमा आफू राजनीतिक निष्ठाबाट विचलित हुन नसक्ने प्रतिबद्धता पटक–पटक दोहोर्‍याउनु भएको छ । प्रचण्ड र बाबुरामप्रति आफूले गरेको विश्वासमा घात भएको तीतो अनुभव पनि इमान्दारितापूर्वक राख्नुभएको छ ।
सशस्त्र युद्ध स्थगन भई शान्ति प्रक्रियामा आएपछि माओवादी धारले भोग्नुपरेको विभाजनप्रति दु:ख व्यक्त गर्दै किरण दाइले पछिल्लो पटक हुन गइरहेको पार्टी विभाजनबाट सबैभन्दा पीडा अनुभव गर्नुभएको बुझिन्छ । राजनीतिबाटै संन्यास लिने सोचाइ समेत आफूमा आउने गरेको उहााले उल्लेख गर्नुभएको छ । म स्वयम् पनि किरण दाइले नेतृत्व गरिरहनु भएको पार्टीमा संगठित भएको मेरो वर्तमान राजनीतिक अवस्था भएकाले किरण दाइको संन्यासी चिन्तनले मलाई पनि गम्भीर रूपमा चिन्तित बनाएको छ ।
किरण दाइको विचारसाग मेरो असहमति छैन । प्रचण्ड र बाबुरामबाट क्रान्तिप्रति धोका भएकै हो । हुन त म युद्धमा सहभागी नभएकाले यस्तो भन्न नसुहाउला, परन्तु दश वर्षसम्म युद्ध लडेर निर्माण गरेको पार्टी आज भताभुंग भएको छ । १५/१६ हजारको बलिदानीवाट निर्माण भएको जनसेना विघटन गरिएको अवस्था छ ।
यो अवस्थाप्रति प्रचण्ड र बाबुराम नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरामा विवाद छैन । उहााहरूकै कारणले आज माओवादी धार कमजोर बनेको छ । जनसेना विघटन हुनुमा, राष्ट्रघाती बिप्पा सम्झौता हुनुमा, राष्ट्रघाती नागरिकता ऐन बन्नुमा र जनअपेक्षित संविधान नबन्नुमा किरण दाइलाई कसैले दोषी भन्न सक्दैन, त्यस्तो आरोप लगाउने ठाउा छैन । किरण दाइमा सैद्धान्तिक विचलन आएको कसैले भन्न सक्ने ठाउा छैन । त्यसैले माओवादी धारलाई एकीकृत गरी एकता महाधिवेशन गरेर महाधिवेशनमार्फत आङ्खना एजेण्डाहरूमा बहुमत बनाउने प्रक्रिया अवलम्बन गर्नुमै क्रान्तिको हित हुने थियो भन्ने मेरो निष्कर्ष छ । बहुमत हुन नसके पनि अल्पमतको अडानले पार्टीको बहुमतपक्षलाई गतिशील बनाउन र क्रान्तिकारी धारबाट विचलित हुन नदिन महत्वपूर्ण योगदान पुग्नेछ भन्ने मलाई लाग्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here