काठमाडौं/ कान्तिपुर टेलिभिजनबाट प्रसार हुादै आएको ‘क्विज मेनिया’ कार्यक्रम अब दक्षिण एसियाका सबै देशहरूमा हेर्न पाइने भएको छ । उक्त कार्यक्रमलाई चर्चित नायक राजेश हमालले सञ्चालन गर्दै आएका छन् ।
नायक हमालले आफूलाई टेलिभिजनमा पनि सक्रिय राखिरहेका छन् । उनले संचालन गर्दै आएको ‘क्विज मेनिया’ अब दक्षिण एसियामा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ । यो कार्यक्रम विगत ४ बर्षदेखि राष्ट्रव्यापी रूपमा संचालन हुादै आएको थियो । एक्रेटिभ मिडिया प्रालिले आयोजना गर्ने यो कार्यक्रममा देशभरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउादै आएका थिए ।
अब भने मुलुकभरका प्रतिस्पर्धीहरूलाई उछिनेर पहिलो स्थान हासिल गर्ने टिमले नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाका प्रतिस्पर्धीसाग प्रतिस्पर्धा गर्न पाउने भएका छन् । दक्षिण एसियाका भारत, भुटान, श्रीलंका, वंगलादेश, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तानका विद्यार्थीले क्विज मेनियामा भाग लिन पाउने एक्रेटिभ मिडियाले जनाउको छ । नेपालभित्रको प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । जेठ २३ गतेदेखि यो कार्यक्रम हरेक बिहीबार बेलुकी ९ बजे कान्तिपुर टिभीमा प्रसारण हुनेछ ।