क.प्रचण्डलाई नि:शुल्क सुझाव

134

–निमकान्त पाण्डे–

 
तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष सुरु गरेदेखि नै चर्चाको केन्द्रमा रहेका हालको एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला केही दिनयता थप चर्चाको केन्द्रमा छन् । राजनीतिक हैसियतका हिसाबले प्रचण्ड तेस्रो ठूलो दलका अध्यक्ष हुन् । तर सञ्चारमाध्यम तथा राजनीतिक वृत्तमा उनको चर्चा सबैभन्दा माथि नै छ । माओवादीलाई शान्तिप्रक्रियामा ल्याई मुलुकलाई गणतन्त्रको बाटोमा अघि बढाएपछि एकाएक चर्चाको शिखरमा पुगेका तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालापछिका चर्चित पात्र अहिले प्रचण्ड नै हुन् भन्नेमा उनका समर्थक वा विरोधी दुवैको एकमत छ । भन्ने गरिन्छ, जुन व्यक्ति बढी चर्चित हुन्छ, बजारमा आलोचना र समर्थन पनि उसकै बढी हुन्छ । यो भनाइ पहिले गिरिजाप्रसाद कोइरालाको हकमा लागू हुन्थ्यो भने अहिले एमाओवादी अध्यक्ष प्रचण्डका हकमा पनि लागू भइरहेको छ । पछिल्लो दुई दशकमा लगातार चर्चाका पात्र बन्न सफल प्रचण्ड तेस्रो दलको नेता हुादा पनि चर्चाको हिसाबले पहिलो हुनुले उनी अहिले पनि हाम्रो देश नेपालका एक नम्बर नेता हुन् भन्नेमा कुनै शंका छैन ।

 
एक नम्बर नेताका चर्चित हुादाहुादै पनि प्रचण्डका केही विवादास्पद अभिव्यक्ति र क्रियाकलापका कारण उनको राजनीतिक उाचाइ वाम पुड्के बन्दै गएको छ । आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय त्यो पनि अकस्मात गरेपछि प्रचण्डको चर्चा–परिचर्चाले शिखर चुम्यो । तथापि उनीमाथिको त्यो चर्चा भने सकारात्मकभन्दा पनि नकारात्मक बढी बन्यो । यसका पछाडि, छिमेकी मुलुक भारतलाई इतिहासमै पहिलोपटक चुनौती बनेको ओली सरकारलाई ढाल्न प्रचण्ड भारतीय गोटी बनेको भन्ने आरोप थियो । तर उनले त्यो निर्णयलाई २४ घण्टा पनि बित्न नपाउादै सच्याउन सफल भए । जसले गर्दा उनले गरेको पहिलो निर्णयबाट चिढिएकाहरूले पनि प्रशंसा गर्न थाले ।

 
प्रचण्डको विगत, उनको पारिवारिक अवस्था र कम्युनिष्ट आन्दोलनबाट सशस्त्र संघर्ष हुादै गणतन्त्र स्थापना, गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुादै अहिले पनि मुलुकको प्रमुख राजनीतिक खेलाडीका रूपमा टिक्नसक्नुले उनी सामान्य मानिसभन्दा फरक हुन् भन्ने पुष्टि हुन्छ । तर बेला–बेलामा अलि बढी नै बहकिने स्वभाव उनका लागि प्रत्युत्पादक हुादै आएको स्पष्ट छ । उनी जब–जब बहकिन्छन्, जनताको नजरमा खलनायक बन्न पुग्छन् । परिणाम विगतको उनीमाथिको ठूलो आशा र भरोसा टुट्दै गएको छ । हालै एक्कासी सरकार परिवर्तनको निर्णय पनि उनको बहकावको परिणाम नै हो भनेर बुझ्न सकिन्छ । उनको यही स्वभावकै कारण शान्तिप्रक्रियामा आएपछि पहिलो दल बनेको उनको पार्टी अहिले कति चिरामा विभक्त छ भन्ने यकिन गर्न कठिन भइसकेको छ । प्रचण्डले यही गल्तीलाई पटक–पटक नदोहोर्‍याई आफ्नो विगत र वर्तमान अवस्थामा आउादा जनताले दिएको साथ र आफूले विगतमा गरेका प्रतिबद्धताहरूको पालना मात्र गरे उनीमाथिको जनविश्वास पुन: बढ्ने निश्चित छ ।

 
प्रचण्डले बुझ्न सक्ने हो भने उनी अब एकजना व्यक्ति मात्र होइनन् । उनले बोलेका कुराहरू नीति जस्तै बन्छन् । साथै उनी उनकै भनाइमा पनि मुलुक र जनताको प्रगतिका लागि लडिरहने नेता हुन् भन्ने अरु सबैको बुझाइ छ । यदि उनले बोलेका कुराहरू सत्य हुन् भने उनले आफू कुन ठाउामा गएर कति बोल्नु उपयुक्त हुन्छ ? कस्तो समयमा कुन कदम चाल्नुपर्छ ? बोलेको कुरालाई व्यवहारमा कसरी उतार्नुपर्छ ? भन्नेजस्ता कुराको पनि हेक्का राख्नु जरुरी छ । परन्तु यस्ता कुराबाट उनी लगातार चुकिरहेका छन् ।

 
एउटा उच्च तहमा पुगेका व्यक्तिप्रति आम नागरिकको अपेक्षा हुनु स्वाभाविक नै हो । त्यसमाथि प्रचण्ड आजको अवस्थामा सहजै पुगेका पनि होइनन् । उनलाई एक नम्बर नेता बनाउन १७ हजारले ज्यान गुमाएका छन् । हजाराौ बेपत्ता छन् । त्यत्तिकै संख्यामा नेपाली नागरिकहरूको अंगभंग भएको छ । त्यो योगदान कुनै एकजना व्यक्तिको लाभको लागि भएको होइन । त्यसैले प्रचण्डले एक/दुई जना व्यक्तिको स्वार्थका लागि वा पदीय स्वार्थका पछि लागेर आफ्नो छवि धमिल्याउने काम गर्नु उनको निम्ति त हितमा छादैछैन, उनलाई यस्तो गर्ने अधिकार पनि छैन भन्ने कुरा सशस्त्र युद्धकालको नेतृत्वको हैसियतले आफ्नो मूल्यांकन प्रचण्डले आफै गर्न सक्नुपर्दछ । उनका लागि सर्वमान्य नेता बन्ने बाटोमा अघि बढ्नु नै सबैभन्दा उत्तम विकल्प हो ।

 
हालै मात्र प्रचण्डले सत्ताको लोभमा र्‍याल काढेको प्रष्टै देखियो । यो उनकै लागि प्रत्युत्पादक बन्यो पनि । जसले गर्दा उनीमाथिको जनविश्वास एकपटक पुन: धर्मराएको छ । अहिलेको परिस्थितिमा प्रचण्डले तत्कालै सत्ताको लोभ गर्नु शोभनीय देखिादैन । यो समय भनेको सत्ता परिवर्तनभन्दा आफ्नो साझेदारीमा रहेको सरकारलाई कसरी जनताप्रति उत्तरदायी बनाउने र प्रभावकारी कामका लागि सरकारमाथि दबाब सिर्जना गर्ने भन्नेबारेमा विचार गर्ने समय हो । यदि अहिलेको सरकारले प्रभावकारी काम गर्न नसकेको खण्डमा प्रचण्डसाग जनता गुहार्ने नैतिक अधिकार छ । किनभने यो सरकारले राष्ट्रियताप्रति खेलिरहेको भूमिकाप्रति जनताको पनि साथ छ । यदि सरकारले जनताको पक्षमा काम गर्न सक्दैन भने जनस्तरबाटै समर्थन लिएर सरकारमाथि दबाब सिर्जना गर्न सक्ने अवस्थामा प्रचण्ड छन् । यस्तो गर्न सकेमा एकातर्फ सरकार जिम्मेवार बन्न बाध्य हुनेछ भने अर्काेतर्फ जनतामा प्रचण्डप्रतिको भरोसा पनि बढ्ने निश्चित छ । त्यसैले सत्ताको लोभमा कुनै छिमेकी मुलुकको चाकडी गर्नु प्रचण्डजस्तो राजनीतिक उचाइ बनाएको व्यक्तित्वका लागि कीमार्थ पनि सुहाउने कुरा होइन । प्रचण्डको यस्तो उतारचढावपूर्ण गतिविधि उनी स्वयंकै लागि त दुर्भाग्यपूर्ण हुनेछ भने समग्र मुलुकले समेत ठूलो मूल्य चुकाउनुपर्ने छ । त्यसैले प्रचण्डले बेला–बेलामा बहकिएर गुमागउादै आएको छविलाई पनि थप नष्ट गर्नुको सट्टा अझै पनि आफूलाई जनता र मुलुकप्रति बफादार बनाउादै अघि बढ्नु नै श्रेयस्कर होला ! आगे प्रचण्ड कामरेडलाई चेतना भया !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here