हुमुमबहादुर सिंह
केही समयदेखि नेकपा (क्रान्तिकारी माओवादी)भित्र एक प्रकारको अन्यौलता, अकर्मण्यता देखिादै आएको छ । पछिल्लो समयमा खासगरी पार्टी अध्यक्ष किरण र वरिष्ठ नेता बादलबीचको एमाओवादीसितको पार्टी एकताबारे देखिएको मतभेदका कारण पनि यो परिस्थिति उत्पन्न भएको थियो । बादलमाथि पार्टी एकताको नाममा एमाओवादीसित आत्मसमर्पणको नीति अख्तियार गरेको भन्ने आरोप छ भने किरणमाथि एकताबारे उदासीन देखिएको आरोप लाग्ने गरेको छ । तर यथार्थ के हो भने ती दुवै एकता चाहन्छन् । हो एकता कसरी गर्ने भन्नेमा मतभेद देखिएको हो । उक्त मतभेदमा केन्द्रीय समिति विभाजित देखिएको थियो । त्यसकारण यसको समाधानका लागि भनेर पार्टी एक सूत्रीय एजेण्डा एमाओवादीसित पार्टी एकताको छलफलका लागि पार्टीले केन्द्रीय समितिको बैठक बोलायो तर त्यसमा एकमत हुन नसकेपछि केन्द्रीय समितिको बैठकलाई अध्यक्षले एक महिनाका लागि स्थगित गर्नुभयो । यो कदमले पार्टीलाई विभाजनसम्मको स्थितिमा पुगेकोबाट एकताबद्ध गर्न अवसर दिनेछ भन्ने आशा गरिएको थियो र यो अहिले आएर सही सावित भएको छ । यो सही हो कि सुरुमा बादलजी एमाओवादीसितको एकता सम्बन्धमा अलि बढता तन्किएको महसुस हामी सबैले गरेका हौं । अहिले आएर उहाालगायत देव गुरुङजीहरू पनि बडो संयमित भएर पार्टीभित्रको जटिलतालाई समाधानका लागि सही निकास खोज्ने अवसरको प्रयासमा हुनुभयो । परिणाम कमरेड तक्माले आफ्नो फेसबुकमा भनेझौ अहिले सबै माओवादीको शरीरमा घाम लागेको छ ।
नेपालका आम क्रान्तिकारीका लागि एउटा खुशीको खबर के भएको छ भने नेकपा (क्रान्तिकारी माओवादी) औपचारिक फुटको प्रक्रियाबाट तत्कालका लागि बचेको छ । यसै सन्दर्भलाई लिएर कृष्णसेन इच्छुककी अर्धाङ्गिनी तक्मा केसीको फेसबुकको स्टयाटसले मेरो मनलाई नराम्ररी छोयो जसमा उनले लेखेकी थिइन्– ‘माओवादी क्रान्तिकारी तत्काल फुटबाट जोगिएको भन्ने समाचार आयो । तत्कालका लागि खुशी लाग्यो भन्नुपर्ला । शरीरमा घाम लाग्न छोडिसकेको थियो ।’ उनी को हुन् आमनेपालीलाई थाहा छ र उनको उक्त भनाइले कसको प्रतिनिधित्व गर्दछ भन्ने पनि स्पष्ट छ । माओवादी जनयुद्धमा सहिद भएका परिवार, बेपत्ता योद्धा तथा घाइते अपांग आदिका भनाइ यिनै हुन् । पार्टी विभाजनले तक्माले भनेझौ आम नेपाली जो माओवादी आन्दोलनमा वर्तमान र विगतमा सहभागी छन्, तिनका लागि तक्माले भनेझौ शरीरमा घाम लाग्न छोडिसकेको थियो । आज बादलजीहरूले जसरी उहााहरूको पाइला जो एमाओवादीसित एकताको नाममा आफ्नै पार्टी विभाजनतर्फ अगाडि बढिरहेको थियो, माओवादी आन्दोलनको एकताका लगि एकपटक रोकिएको छ, स्वागतयोग्य त छ नै नेपालका आमक्रान्तिकारीका लागि एउटा खुशीको खबर पनि बनेर आएको छ । हुन सक्ला यो क्षणिक खुशी पनि हुन सक्ला किनभने त्यहााभित्र एउटा अतिवाद यसरी मौलाइरहेको छ, जसले विगतमा विप्लवलाई पार्टी विभाजनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले आगो झोस्ने काम गरेको थियो । उनलाई जंगलतर्फको मार्ग देखाएर आफूहरू संस्थापनमै बस्न रमाएका थिए र अहिले पुन: यो पार्टीलाई विभाजन गराएर एमाओवादीसित एकताको नाममा पार्टीलाई आत्मसमर्पण गराउन चाहन्छन् ।
अबको बैठकमा पार्टी एकतासम्बन्धी अध्यक्षले तयार पारेको ११ बुादे प्रस्ताव र वार्ताप्रक्रियासमेतलाई निष्कर्षमा पुर्याउनका निम्ति पार्टीका वरिष्ठ तथा जिम्मेवार नेतृत्व पंक्तिका बीच विशेष गम्भीरताका साथ आवश्यक समझदारी कायम गरी अगाडि बढाउने प्रयास गरिनेछ । त्यसका लागि स्थगन गरिएको केन्द्रीय समितिको बैठक २०७३ जेठ १ गते आह्वान गरिएको छ । हामीलाई थाहा छ जारी केन्द्रीय समितिको बैठकको म्यान्डेट पनि पार्टीको आन्तरिक एकतालाई सुदृढ तुल्याउने र सिद्धान्तनिष्ठ एकताका लागि सम्बन्धित पक्षसित वार्ताप्रक्रिया अगाडि बढाउने भन्ने नै थियो ।
हो उक्त समझदारी र म्याण्डेटविपरीत बादलजीहरूले यही वैशाख २८ गते नै बैठक बोलाएर पार्टी विभाजन गर्ने भए भन्ने आमचर्चा थियो । तर पार्टीका बादलजीलगायत अन्य जिम्मेवार कमरेडहरूले आफ्नो पार्टीलाई फुटाएर अन्यपक्षसित पार्टी एकता गर्नुको कुनै औचित्य नहुने कुरामा प्रष्ट बन्दै उक्त विभाजनको बैठक बन्ने सम्भावनालाई ज्यादै बुद्धिमत्तापूर्वक स्थगित गरेर माओवादी आन्दोलनको एकतामा राम्रो काम गर्नुभएको छ, जसलाई पार्टी अध्यक्ष किरणले स्वागत गरेको खबर पनि आएको छ । तसर्थ, कुनै पनि हालतमा पार्टीलाई विभाजित गर्न चाहनेहरूको हार भएको छ र कमरेड तक्माले भनेझौ पार्टीको आन्तरिक एकता अब बलियो भएर पार्टी एकढिक्का भएर अन्य कम्युनिष्ट क्रान्तिकारीहरूलाई गोलबन्द गर्दै नेपाली क्रान्तिको झण्डालाई फेरि एकपटक उाचा उठाउन सफल हुन्ेछ । अब केन्द्रीय समितिका सम्पूर्ण कमरेडहरू यही जेठ १ गते आह्वान गरिएको बैठकमा उपस्थित भएर माओवादी आन्दोलनलाई क्रान्तिका लागि एकताबद्ध गर्न सफल हुने छन् भन्नेमा विश्वास गर्ने आधार बलियो देखिएको छ । जसलाई पूरा गर्नु हाम्रो महान् कर्तव्य भएको छ ।