अर्पण र प्रियंका जोडी ‘अनागत’मा

225

काठमाडौं/ अभिनेता अर्पण थापा र अभिनेत्री प्रियंका कार्कीको जोडी रहने चलचित्रको घोषणा गरिएको छ । उक्त चलचित्रको नाम हो ‘अनागत’ । यस चलचित्रमा अर्पण र प्रियंका श्रीमान्श्रीमतीको भूमिकामा देखिने चलचित्रको निर्माण पक्षले जनाएको छ ।
चलचित्र माउन्टेन रिभर फिल्मस् र टाइनी बट बिग पिक्चर्सको सहकार्यमा निर्माण हुने भएको छ । साइकोलोजिकल थ्रिलर चलचित्रको संज्ञा दिइएको उक्त चलचित्रको छायांकन भने वैशाख २८ गतेबाट सुरु हुने जानकारी दिइएको छ । चलचित्रको मुख्य भूमिकामा अर्पण थापा र प्रियंका कार्की देखिनेछन् । सुरेश र कृतिको भूमिकामा देखिन लागेको यो जोडीले बिहेपछि श्रीमान्श्रीमतीमा उत्पन्न हुने शंकाको चरित्रमा अभिनय गर्नेछन् ।
चलचित्रको सम्पादन तथा निर्देशन साम्तेन भुटियाले गर्नेछन् भने यो चलचित्रमा प्रविण खतिवडा, रोसिन सुवेदी पनि देखिनेछन् । समिर उपाध्याय, चन्द्र के झा, निलु डोमा शेर्पा, साम्तेन भुटियाको चलचित्रमा लगानी रहनेछ । सिसन बानियााको छायांकन, चन्द्र के झाको कथा, प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा यो चलचित्रमा रहनेछ । चलचित्रमा आफ्नो भूमिका चुनौतीपूर्ण रहेको अभिनेत्री कार्कीले जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here