यस्तो छ माओवादी एकताको भित्री अवस्था

176

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’

 

काठमाडौं/ दशवर्षे सशस्त्र संघर्षमार्फत शान्तिप्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएको एक दशकमा विभिन्न समूहमा विभक्त भएको छ । पार्टी नेतृत्वले पार्टीको सैद्धान्तिक विचारलाई तिलाञ्जली दिादै पदीय लोभमा पार्टीलाई गलत दिशातर्फ धकेलेको आरोपमा टुक्रा–टुक्रा भएका माओवादी शक्तिहरू पछिल्लो समय भने माओवादी आन्दोलन कमजोर भएको भन्दै एकताको पक्षमा जुटेका छन् । पछिल्ला केही महिनायता माओवादी शक्तिहरूबीचको एकताको विषयले प्राथमिकता पाए पनि एमाओवादीसागको सैद्धान्तिक र वैचारिक पक्ष नमिलेको भन्दै मोहन वैद्यलगायतका केही माओवादी नेताहरू भने तत्काल पार्टी एकताको पक्षमा देखिादैनन् । जसले गर्दा समग्र माओवादी शक्तिको एकताको बहस उठे पनि माओवादीको एउटा ठूलो समूह भने अझै पनि बाहिर रहने सम्भावना बढेको छ । पुष्पकमल दाहालले नेतृत्व गरेको एमाओवादीले एकताका लागि वातावरण बनाउादै गए पनि एमाओवादी वैचारिक रूपमा नसच्चिएसम्म एकतामा जानुको अर्थ नरहेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको तर्क छ । यसले गर्दा एकता प्रक्रिया अघि बढ्दा समेत समग्र पार्टीको एकता हुने सम्भावना न्यून हुादै गएको स्रोत जनाउाछ । एमाओवादी अध्यक्ष प्रचण्डले वैद्य नेतृत्वको माओवादीसाग एकताका लागि आफू वैद्यलाई पार्टीको संयोजक मान्न पनि तयार भएको जनाउ दिइसकेका छन् । तर वैद्य भन्छन्, ‘विचार, कार्यदिशा, सिद्धान्तविना प्राविधिक रूपमा अध्यक्ष हुनुको कुनै अर्थ हुादैन ।’ उनी अगाडि भन्छन्, ‘विचार र राजनीति मिलाएर पार्टी एकता गरियो भने त्यो अवस्थामा अध्यक्ष हुन पनि तयार हुनुपर्छ । त्यसको लागि तयार पनि छु । तर मुख्य कुरा के हो भने विचार छाडेर प्राविधिक रूपमा एकता भएको पार्टीको अध्यक्ष पद मलाई कुनै पनि हालतमा स्वीकार्य हुादैन ।’ वैद्यको यही अडानका कारण अझै पनि सम्पूर्ण माओवादी शक्तिहरूको एकतामा प्रश्न उठिरहेको छ ।

 
पार्टी एकताकै विषयमा विवाद हुादै गएपछि वैद्य नेतृत्वको माओवादीका महासचिव रामबहादुर थापा पार्टी फुटाएरै भए पनि एमाओवादीसाग एकता गर्ने तयारीमा जुटेका छन् । उनले पार्टी फुटाउनकै लागि गत मंगलबार समानान्तर केन्द्रीय समितिको बैठक समेत आयोजना गरेका थिए । तर पार्टी अध्यक्ष वैद्यले जेठ १ गते शनिबारका लागि केन्द्रीय समितिको बैठक बोलाएपछि तत्कालै पार्टी फुटाउने योजना बनाएका थापा ‘पर्ख र हेर’को स्थितिमा पुगेका छन् । क्रान्तिकारी माओवादीको केही समयअघि बसेको केन्द्रीय समितिको बैठकमा महासचिव थापालगायत बहुमत केन्द्रीय सदस्यले पार्टी एकताका लागि जोड दिएपछि अध्यक्ष वैद्यले बैठक स्थगित गरेका थिए । तर थापाले समानान्तर बैठक बोलाएरै पार्टी फुटाउने तयारी गरेपछि वैद्यले तत्काल केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

 
यता एमाओवादीको स्थायी समितिको हिजो बसेको बैठकले मोहन वैद्य नेतृत्वको एमाओवादीसहित विभिन्न समूहमा विभाजन भएको माओवादी शक्तिसाग एकता गर्ने औपचारिक निर्णय गरेको छ । एमाओवादीले वैद्यसागै नेत्रविक्रम चन्द, मातृका यादव तथ मणि थापा नेतृत्वको माओवादी शक्तिसाग एकता गर्ने निर्णय गरेको छ । उक्त निर्णयका बारेमा जानकारी गराउन एमाओवादीले जेठ १ गते नै केन्द्रीय समितिको बैंठक समेत आह्वान गरेको छ । सोही दिन नै वैद्य नेतृत्वको माओवादीको केन्द्रीय समिति बैठक सुरु हुादै छ । तथापि विभाजित केही माओवादी शक्तिका बीचमा एकता प्रक्रिया निश्चित देखिए पनि समग्र एकताको विषय भने जेठ १ गते बस्ने क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकपछि मात्र निश्चित हुनेछ ।

 
एमाओवादीसाग सैद्धान्तिक एकता नभई प्राविधिक एकता असम्भव भएको जनाउादै आएका मोहन वैद्य किरणसाग पार्टी एकताका विषयमा केन्द्रित भएर गरिएको संवादको सार :

 
एमाओवादीसागको एकता प्रक्रिया कहाा पुग्यो ?
एकताको विषयलाई लिएर अहिले हाम्रै पार्टीभित्र छलफल र बहस छ । स्थगित भएको केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ । एकता भन्ने कुरा विचार मिलेपछि हुने कुरा हो । मुख्य कुरा विचार हो, अहिले नै ठ्याक्कै के हुन्छ भनेर भन्न सक्ने अवस्था छैन ।

 
त्यसो भए एमाओवादीसाग एकताको आधार तयार भएको छैन भन्न खोज्नुभएको हो ?
हो, अझै आधार तय भएको छैन । किनभने त्यस विषयमा हामीले अझै छलफल नै गर्न बााकी छ । विचार मिलेपछि एकता गर्ने भन्ने हाम्रो कुरा हो । विचारमा, कार्यदिशामा र सिद्धान्तमा कुरा मिल्यो भने अलग कुरा हो । मिलेन भने एकता हुने कुरा भएन । एमाओवादीसाग अझै पनि ती विषयमा बहस छन् । एकताको विषयमा के गर्ने भनेर नै हामीले केन्द्रीय समितिको बैठक बोलाएको हो । हामीहरूबीचमा पनि त्यो विषयमा विवाद र बहसहरू पैदा भएका छन् । ती सबै विषयको समाधान गर्नुपर्‍यो भन्ने हिसाबले हामीले सोचिरहेका छौा ।

 
तपाईंहरू र एमाओवादीको बीचमा एकताको सम्भावना कति छ ?
विचार, सिद्धान्त र कार्यदिशा मिल्यो भने एकता हुन्छ । मिलेन भने हुादैन ।

 
महासचिव रामबहादुर थापासहितका नेताहरू पार्टी फुटाएर भए पनि एकता गर्ने पक्षमा हुनुहुन्छ नि ?
म एक्लै बस्ने भन्ने कुरा होइन । अहिले नै के हुन्छ भन्ने टुङ्गो भइसकेको छैन । मूल कुरा विचार, कार्यदिशा र सिद्धान्तमा सम्झौता गर्न सकिादैन । एक्लै दोक्लै भन्ने कुरा होइन । म सकेसम्म पार्टीलाई एकताबद्ध बनाएर लिएर जाने कोसिस गर्छु । पार्टीमा बहस र विवाद हुन्छन् । यी बहस र विवादलाई सकारात्मक दिशातिर हल गरेर लैजाने मेरो प्रयास हुन्छ । म एकताको विरोधी होइन, विचार मिलाएर एकता गर्ने पक्षमा हो । विचार छाडेर पार्टी एकता गर्ने पक्षमा म छैन । त्यही विषयमा अहिले बहस छन् । बादलजीले एउटा विचार ल्याउनु भएको छ, त्यसमा हामीबीच बहस छन् । बहसका बीचबाट हामी कसरी अगाडि बढ्छौा, आन्तरिक बहसलाई कसरी हल गर्छौा भन्ने विषयमा हामी छलफल गर्छौा । त्यो छलफलको प्रक्रियामा हामी अगाडि बढेका छौा ।

 
त्यसो भए तपाईं क्रान्तिकारी माओवादीको मात्रै अध्यक्ष बन्ने ?
मैले पहिले पनि भनिसको विचार मिलेपछि एकता गर्ने हो । विचार नमिलेपछि विचारलाई समृद्ध तुल्याएर, कार्यदिशालाई समृद्ध तुल्याएर क्रान्ति गर्ने हो । म एक्लै भन्ने कुरा होइन, सिंगै पार्टी पंक्ति छ । अहिले हामी बहस गर्दै छौा ।

 
एकताका पक्ष र विपक्षमा मत बाझिादा तपाईंहरूबीचमा विभाजन निश्चित भएको हल्ला बाहिर आएका छन् नि ?
त्यसो नहोस्, हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ र हामी सोच्छौा पनि । पार्टी भनेको ऐच्छिक संस्था हो, दबाब दिएर पार्टीमा तौले यसो गर, उसो गर भन्ने कुरा हुादैन । कोही छाडेर जान्छ भने ऊ स्वतन्त्र छ । पार्टीको विचार र सिद्धान्त मानेर जो कोही रहन पनि सक्छ, नमान्दा कसैलाई हट्ने पनि स्वतन्त्रता छ । बादलजीले त्यस्तो गर्नुहुन्न जस्तो मलाई लाग्छ । हाम्रो केन्द्रीय समितिको म्याण्डेड पहिला आन्तरिक पंक्तिलाई एकताबद्ध तुल्याउने र अन्य पक्षसाग एकता गर्दा सिद्धान्तनिष्ठ एकता गर्नुपर्छ भन्ने छ । त्यसकारण आन्तरिक पंक्तिलाई पहिले एकताबद्ध बनाउने र त्यसपछि सिद्धान्तनिष्ठ एकता गर्नुपर्छ भन्ने म्याण्डेडबाट हामी पछि हट्दैनौा । यदि कोही हट्छ भने त्यो उसको कुरा हो ।

 

एमाओवादीसाग मिलेर पार्टीको नेतृत्व गर्दा हुादैन ?
त्यो एकदमै गलत कुरा हो । विचार, कार्यदिशा र सिद्धान्तविना प्राविधिक रूपमा अध्यक्ष हुनुको कुनै अर्थ हुादैन । विचार र राजनीति मिलाएर पार्टी एकता गरियो भने त्यो अवस्थामा अध्यक्ष हुन पनि तयार हुनुपर्छ । त्यसको लागि तयार छु । तर मुख्य कुरा के हो भने विचार छाडेर त्यो अध्यक्ष पद मलाई कुनै पनि हालतमा स्वीकार्य हुादैन ।

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here