एनसेल प्रकरणमा स्वार्थप्रेरित अतिरञ्जित प्रचारबाजी भयो
िचुडामणि शर्मा, महानिर्देशक आन्तरिक राजस्व विभाग
मोबाइल कम्पनी एनसेलको कर प्रकरण निकै चर्चाको विषय बन्यो, यसको वास्तविकता के हो ?
यसको वास्तविकता वैशाख २६ गते उजागर भइसकेको छ । एनसेल प्रा.लि.ले पुाजीगत लाभकरबापत नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रूपैयाा दाखिला गरिसकेको हुादा विगतमा भएका चर्चा मिथ्या रहेछन् भन्ने पुष्टि भइसकेको छ ।
एनसेललाई कर लाग्दैन भनेर आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले दाबी गरिरहेकाले एनसेलले कर तिर्दैन भनेर समाचारहरू पनि प्रकाशित भइरहेका थिए त ?
मैले त्यस्तो दाबी कहिल्यै गरेको छैन । यथार्थ के हो भने एनसेलको माउ कम्पनी टेलिया सोनेराको सेयर मलेसियाको एक्जियटा कम्पनीले किन्ने सम्बन्धमा दुई कम्पनीका बीच समझदारी बनेपछि एक्जियटाले उक्त सेयर खरिदबिक्री कारोबारमा भएको लाभमा पुाजीगत लाभकर लाग्ने वा नलाग्ने सम्बन्धमा बृहत् छलफल भएको हो । यस सम्बन्धमा हाम्रो देशको आयकर कानुनको कुनै दफाको आशय कर लाग्ने भन्ने छ भने कुनै दफाको आशय कर नलाग्ने भन्ने रहेको छ । त्यस्तै नेपाल र नर्वेबीच भएको दोहोरो करमुक्ति सम्झौताका दफाहरूमा समेत सोही प्रकारको आशय देखिई द्विविधा भएकोले यस सम्बन्धमा स्पष्ट हुनका लागि एक्जियटाले हामीसाग पूर्वादेश माग गरेको थियो । सो सम्बन्धमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, व्यवस्थापिका संसद्को विकास समिति र सार्वजनिक लेखा समिति, नागरिक समाज, विभिन्न करविज्ञहरू तथा लेखाविज्ञहरूको समेत विभिन्न चासो र दृष्टिकोण व्यक्त भएको अवस्था थियो । सोही सिलसिलामा मैले यस विषयलाई स्पष्ट गर्ने सन्दर्भमा भनेको थिएा– ‘कानुनमा द्विविधा भएको अवस्थामा सुस्पष्ट हुनका लागि करदाताले पूर्वादेश माग गर्ने र आन्तरिक राजस्व विभागले सो सम्बन्धमा आफ्नो धारणासहितको जानकारी उपलब्ध गराई अन्यौलको निवारण गर्ने व्यवस्था आयकर ऐन ०५८ को दफा ७६ ले गरेको छ, द्विविधा भनेको ‘दुई विधा’ नै हो । कर लाग्ने एक विधा र कर नलाग्ने अर्काे विधा ।’ कानुनको केही दफा तथा अंशबाट कर लाग्ने र अर्काे कुनै दफा तथा अंशबाट कर नलाग्ने आशय देखिएको सन्दर्भमा नै सुस्पष्ट हुन करदाताले पूर्वादेश माग गरेको थियो, यसै विषयलाई मैले करदाताको यो यस्तो भनाइ छ, यो–यो कानुन र दफाका आधारमा कर लाग्ने र यो–यो कानुन र दफाका आधारमा कर नलाग्ने भन्ने आशय माग गरेको र सोही व्यवस्था र मागको बारेमा मैले जानकारी गराउादै यस विषयको गाम्भीर्यअनुरूप आफू सघन अध्ययन विश्लेषणको क्रममा रहेको, विभिन्न करविज्ञ र लेखाविज्ञसमेतको परामर्श लिने कार्य गरेको थिएा, साथै विगतका अभ्यास र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अभ्यासहरूसमेतको अध्ययन तथा विश्लेषण कार्य अगाडि बढाएको थिएा । सम्बन्धित आवेदक तथा सम्बद्ध कम्पनीलाई आफ्ना प्रमाण रकागजात पेश गर्न पत्राचार गरिएको थियो । सोहीबमोजिम निजहरूबाट प्रमाण कागजात प्रस्तुत भइ नसकेको अवस्थामा समग्र प्रक्रिया पूरा गरी प्रचलित कानुनबमोजिम यस विषयमा निर्णय गरिने जानकारी गराउादै आएको थिएा । मैले सुस्पष्ट रूपमा भन्दै आएको थिएा कि प्रचलित कानुनबमोजिम बाहेक कसैलाई कर नलगाउने र कानुनबमोजिम असुल गर्नुपर्ने कर कुनै पनि अवस्थामा नछाडिने कुरामा हामी प्रतिबद्ध छौं । यस विषयलाई केही व्यक्तिहरूबाट आफ्नो स्वार्थ परिपूर्तिका लागि गलत ढंगले अतिरञ्जित गरिएको मात्र हो । विधिको परिपालना गर्नु सबैको कर्तव्य हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।
कुनै पनि करदाताले स्वयं घोषणा गरी कर तिर्ने अवधि रहुञ्जेलसम्म मेरो जिम्मेवारीबाट मैले निर्णायक कुरा बोल्नुहुादैन । त्यसैले मैले बोलेको भनेर एनसेलको कर प्रकरणमा आएका समाचारहरूमा कुनै सत्यता छैन ।
तपाईंले समाचारहरूको खण्डन पनि गर्नुभएन त ?
समाचारहरूको खण्डन गर्नुपर्ने आवश्यकताबोध मैले गरिना, त्यसैले खण्डन नगरेको हो ।
आफूले बोल्दै नबोलेको विषयले समाचारमा स्थान पाउादा पनि तपाईं किन मौन बस्नुभयो त ?
बोल्दै नबोलेको विषयबारे चर्चा भएकैले मैले खण्डन गर्न आवश्यक नठानेको हो । प्रकाशित समाचारको सत्यता पुष्टि गर्ने काम सम्बन्धित सञ्चारमाध्यमको पनि हो भन्ने मलाई लाग्दछ । मिथ्या समाचारले सञ्चारमाध्यमकै विश्वसनीयतामा प्रश्न उठ्ने भएकोले गलत समाचारलाई खण्डन गर्ने काम स्वयं सञ्चारमाध्यमको हो भन्ने मेरो निष्कर्ष हो ।
तपाईंले बोल्दै नबोलेको विषयले समाचारका रूपमा स्थान पाउादा दु:ख लागेन ?
अवश्य दु:ख लाग्यो । तर मैले के गर्ने ? प्रत्येक पत्रिकाहरूमा खण्डन छपाएर हिंड्ने फुर्सद मलाई छैन । मैले राष्ट्रको हितमा निर्णय लिने हो, राष्ट्रको हितमा निर्णय लिंदा पनि कानुन र नियमलाई ख्याल गर्नै पर्दछ । कानुनको परिधिमा रहेर राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्दाराख्दै पनि मेरो जिम्मेवारीले प्रत्येक करदाता नागरिकको समेत हिततर्फ विवेक पुर्याउनुपर्ने हुन्छ । त्यसैले करदाता नागरिकहरूले पनि नेपालको कानुनको परिधिमा रहेर करको दायरामा आउनुपर्छ भन्ने मेरो मान्यता हो । यही मान्यताका आधारमा एनसेल कम्पनीलाई स्वयं कर घोषणा गर्न सुझाव दिइएको थियो, त्यसैका आधारमा एनसेल कम्पनी स्वयंकर घोषणा गरी करको दायरामा आएको हो ।
किन यति ठूलो विवादको विषय बन्यो एनसेलको कर प्रकरण ?
विवादको विषय बनेको होइन, बनाइएको हो । प्रतिस्पर्धीहरूबीचको टक्करका कारण विवाद जस्तो देखिएको हो । एनसेल वा कुनै पनि कम्पनीलाई पुाजीगत लाभकर लाग्छ वा लाग्दैन भन्ने सम्बन्धमा कुनै विवाद नै छैन । आयकर ऐन २०५८ को दफा ९५ को ‘क’ले स्पष्ट निर्देशित गरेको हुादा एनसेल प्रा.लि.लाई सोहीअनुसार गर्न पत्राचारसमेत गरिएको थियो । त्यसैका आधारमा एनसेल कम्पनीले हदम्यादभित्रै पुाजीगत लाभकर दाखिला गरिसकेको र अब यो विषयको टुंगो पनि लागिसकेको छ ।