दश ठाउाको इन्धन अन्वेषण तत्काल गरिने

149

काठमाडौं/ उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले नेपालका १० ठाउामा रहेका इन्धन खानीको तत्कालै अन्वेषण प्रक्रिया सुरु गरिने जनाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बाल्दै मन्त्री पाण्डेयले दैलेखमा रहेको इन्धनको अन्वेषणका लागि चिनियाा टोली पुगिसकेको जनाए । उनले सरकारले नेपालका सात प्रदेश उद्योग विस्तारका लागि करिब ३० लाख युवालाई रोजगारी दिइने तयारी गरेको जानकारी दिए । नीति तथा कार्यक्रममा पनि उल्लेख गरिएको सरकारले देशको सात प्रदेशमा खोल्ने उद्योगले नेपालको आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्ने र देशलाई स्वावलम्बन बनाउने उनको जिकिर छ । मन्त्री पाण्डेयले सरकारले ल्याएको नीति तथा कार्यक्रम
उद्योगमैत्री रहेको बताउादै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न उद्योगलाई विभिन्न किसिमका सहुलियत उपलब्ध गराइने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here