बुद्धसम्बन्धी भ्रम चिर्न सम्मेलन

128

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले २५६०औा बुद्ध जयन्तीको अवसरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धसम्बन्धी भ्रम चिर्न सफल हुने जनाउनु भएको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल समारोह समितिको बैठकमा प्रम ओलीले बुद्धसम्बन्धी भएका भ्रमहरूलाई चिर्न यस सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले यस सम्मेलनबाट बुद्ध र बुद्ध दर्शन नेपालबाट सुरु भएको प्रमाणित गर्ने जनाउनुभयो । प्रधानमन्त्रीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी नै भएको हुनाले बुद्धजयन्ती लुम्बिनीमै मनाउने र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भने काठमाडौंमा गर्न लागेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here