‘अमरपन्छी’मा नाचे नेपाली तथा भारतीय नायिका

172

काठमाडौं/ सैनिक श्रीमती संघले भूकम्पपीडितहरूको सहयोगार्थ गरेको ‘अमरपन्छी’ कार्यक्रम गत शनिबार टुाडिखेलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली तथा भारतीय नायिकाहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा तथा मलाइका अरोरा तथा नेपाली अभिनेत्रीहरूले दमदार प्रस्तुति दिएका थिए । गायिका इन्दिरा जोशी तथा नेपाली अभिनेत्रीहरू रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की तथा निशा अधिकारीले नेपाली गीतसंगीतमा आफ्नो प्रस्तुतिको माध्यमबाट दर्शकहरूलाई मनोरञ्जन दिएका थिए भने अभिनेत्री सोनाक्षी र मलाइकाले हिन्दी गीतसंगीतमा प्रस्तुति दिएका थिए । सोनाक्षी र मलाइका दुबैले १०/१०

 

मिनेटको नृत्य दुई चरणमा पस्केका थिए । नेपाली आर्मीको सांगीतिक अकेष्ट्राबाट कार्यक्रम सुरू गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here