धुर्मुस र सुन्तलीलाई अन्तर्राष्ट्रिय सहयोग

433

काठमाडौं/ हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भूकम्पपीडितका लागि निर्माण गर्न लागेको दोस्रो नमुनाबस्ती निर्माणका लागि अन्तर्राष्ट्रियस्तरबाट सहयोग प्रदान हुन थालेको छ । उनीहरूलाई अष्ट्ेरलिया, युकेलगायतका देशमा रहेका आप्रवासी नेपालीहरूले सहयोग गर्न थालेका हुन् । अष्ट्रेलियाबाट जय नेपाल फाउन्डेसनले सघाउने भएको छ । जय नेपाल फाउन्डेसनको अगुवाइमा सामाजिक सञ्जालमार्फत १ हप्ते आर्थिक सहयोग संकलन गरी धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिने जनाएको छ ।
भूकम्पपछि काभ्रेको पहरी गाउामा एकीकृत नमुना बस्ती निर्माण गरिसकेका धुर्मुस–सुन्तलीले भूकम्पबाट अति प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा रहेको तामाङ समुदायमा भूकम्प प्रतिरोधात्मक एकीकृत नमुना बस्ती निर्माण गर्न लागेका छन् । कमजोर आर्थिक अवस्था भएका र अति पछाडि परेको समुदायलाई प्रोत्साहनस्वरूप गिरानचौरको तामाङ समुदायमा एक सामुदायिक हलसहित ६५ घर निर्माण गर्न लागेको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ । उक्त नमुनावस्तीलाई ग्रिन सिटी र क्लिन सिटीको अवधारणाअनुसार बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री बनाइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here