भूकम्पपीडितलाई सहयोग गर्न नेपथ्यको कन्सर्ट

180

काठमाडौं/ भूकम्पपीडितको सहयोगार्थ सांगीतिक नेपाली लोक रक ब्यान्ड नेपथ्यले ‘फेरि उठ्नेछ नेपाल’ नामक कन्सर्ट गरेको छ । गत शनिबार जावलाखेल ग्राउन्डमा आयोजना भएको कन्सर्टमा गायक अमृत गुरुङ नेतृत्वमा रहेको नेपथ्य ब्याण्डले प्रस्तुति दिएको थियो ।

 
दर्शक तथा श्रोताहरूको अत्यधिक उपस्थिति रहेको उक्त कन्सर्ट झण्डै दुई घण्टा चलेको थियो । २४ वर्षअघि स्थापना भएको नेपथ्य ब्याण्डले विश्वका थुप्रै ठाउामा आफ्नो लाइभ प्रस्तुति दिइसकेको छ । विशेषगरी नेपाली लोकगीतलाई टपक्कै टिपेर आधुनिक पप शैलीमा गीत प्रस्तुत गर्ने गर्दछ नेपथ्य ब्याण्डले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here