हिल जुत्ता नलगाउादा जागिरबाट निष्काशित

437

विश्वकै विकसित देश मानिने बेलायतमा एक महिला कर्मचारीले हिल जुत्ता लगाउन नमानेपछि जागिरबाटै निष्काशित हुनुपरेको छ । लण्डनको बित्त कम्पनी पिडब्लुसी कम्पनीमा रिसेप्सनिस्टमा जागिर खाने २७ वर्षकी निकोला थर्पलाई हिल जुत्ता लगाउन अस्वीकार गरेको निहुामा जागिरबाटै निकालिएको हो ।

 
कम्पनीले उनलाई २ देखि ४ इञ्चसम्मको हिल लगाउन निर्देशन दिए पनि उनले ९ घण्टा कार्यालयमा काम गर्नुपर्ने र हिल लगाउादा समस्या हुने जनाउादै अस्वीकार गरेकी थिइन् । त्यसैले उनलाई जागिरबाट बर्खास्त गरी रित्तो हात घर पठाइदियो । यो घटनापछि उनले महिलामाथि कार्यस्थलमा हुने भेदभाव अन्त्य तथा हिल लगाउन बाध्य पार्न नपाइने कानुन बनाउन माग गर्दै बेलायती संसदमा निवेदन गरेकी छिन् । बेलायतको मौजुदा कानुनले कुनै पनि कार्यालयको पोसाक नियम नमान्ने कर्मचारीलाई जागिरबाट हटाउन सकिने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here