औचित्यहीन बन्यो मधेसी आन्दोलन

179

काठमाडौ/ नयाा संविधानमा आफूहरूका मागलाई बेवास्ता गरिएको भन्दै संविधान संशोधन गर्नुपर्ने मागसहित सिंहदरबार घेराउको कार्यक्रम राखेका मधेस केन्द्रित दलहरूको आन्दोलन औचित्यहीन जस्तै भएको छ । आफ्नो माग सम्बोधन नभएको भन्दै झण्डै पााच महिना तराईमा आन्दोलन तथा नाकामा धर्ना बसेका मधेसवादी दलहरूले काठमाडौंलाई दबाब दिने भन्दै सिंहदरबार घेराउको कार्यक्रम राखेका थिए । आन्दोलनमा न्यून उपस्थिति र सरकारले आन्दोलनलाई खासै चासो नदिएपछि उनीहरूको आन्दोलन औचित्यहीन अवस्थामा पुगेको छ ।

 
तराई केन्द्रित दलहरूले काठमाडौंमा आन्दोलन गर्ने भन्दै तराईका विभिन्न जिल्लाहरूबाट ठूलो संख्यामा आन्दोलनकारी सहभागी गराउने भने पनि आन्दोलनमा सोचअनुसार जनताको साथ नपाएपछि उनीहरूको आन्दोलन प्रभावकारी हुन नसकेको हो । सशक्त र बृहत् बनाउने भनिएको आन्दोलनमा छिटफुट रूपमा जनजातिहरूको सहभागिता भए पनि आन्दोलनकारीहले भनेजस्तो आन्दोलन सशक्त भने हुन सकेन । मधेसवादी दलहरूले आयोजना गरेको सिंहदरबार तथा बालुवाटार घेराउ कार्यक्रमले सडक अस्तव्यस्त हुादा सर्वसाधारणले लगातार तीन दिनसम्म सास्ती खेप्नुबाहेक कुनै प्रभावकारी भूमिका खेलेन । आफ्नो आन्दोलनबाट सरकारलाई झुकाउन नसकेपछि मधेसी दलहरूले थप १२ दिनसम्म आन्दोलन गर्ने जनाएका छन् । आजदेखि थप गरिएका आन्दोलनका कार्यक्रममा आउादो १७ गतेसम्म प्रत्येक दिन जुलुस निकाल्ने जनाइएको छ । उनीहरूले आगामी दिनमा गर्ने आन्दोलनका कार्यक्रमहरूले पनि जनतालाई सास्ती मात्र दिने भएकाले जनताप्रति आन्दोलनकारीलाई हेर्ने दृष्टिकोण गलत हुने तर आन्दोलनले सरकारलाई कुनै असर नगर्ने स्वयम् आयोजक दलहरूका कतिपय नेताहरूको आशंका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here