काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व उच्च रक्तचाप दिवसको अवसरमा काठमाडौं उपत्यकाका विविध १० स्थानमा मंगलबार नि:शुल्क रक्तचाप जााच शिविर आयोजना गरेको छ । उक्त शिविरमा ९९० जनाले आफ्नो रक्तचापको जााच गराएका छन् । सो अवसरमा नर्भिक परिसरभित्र उच्च रक्तचाप नियन्त्रण गर्ने सिलसिलामा एक विशेष नि:शुल्क परीक्षण शिविर पनि सञ्चालन गरिएको छ ।
हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अस्पताल परिसर र काठमाडौंका अन्य ९ स्थानमा उच्चरक्तचाप मापन, नियन्त्रण र रोकथामसम्बन्धी चेतना अभिवृद्धि गर्ने/गराउने कार्य गरेको हो । उक्त नि:शुल्क परीक्षण भाटभटेनी सुपरस्टोर– बालुवाटार, महाराजगञ्ज, पुल्चोक, सिटी सेन्टर, कमलपोखरी, सिभिल मल– सुन्धारा, नर्भिक हस्पिटल– थापाथली, थ्री स्टार क्लब– पाटन (ललितपर), रेडिमेड मल– खिचापोखरी, सेलवेज– जावलाखेल र शेर्पा मल– दरबारमार्गमा सम्पन्न गरिएको थियो ।