राज्यलक्ष्मी शाक्य
मधेसी दलहरूको संघीय गठबन्धनले नयाा संविधानप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । यही क्रममा उनीहरूले आयोजना गरेको सिंहदरबार घेराउ आन्दोलनका कारण जनताले दैनिक सास्ती र दु:खकष्ट भोग्नुपर्यो । यद्यपि योभन्दा ठूलो दु:खकष्ट त अघिल्लो पटकको आन्दोलनताका भयो । जुन आन्दोलनमा मधेसमा थुप्रै व्यक्तिले ज्यान गुमाउनुपर्यो भने सुरक्षा निकायका व्यक्तिहरूले पनि मृत्युवरण गर्नुपर्यो । आन्दोलनकै कारण भूकम्पबाट विक्षिप्त बनेका नेपालीहरूले भारतको नाकाबन्दी सहनुपर्यो भने देशले भूकम्पले भन्दा नाकाबन्दीबाट ठूलो क्षति व्यहोर्नुपरेको यथार्थ हामीसामु छादै छ । हालै संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउ आन्दोलनका कारण पनि जनताको दैनिक जीवन अस्तव्यस्त बन्न पुग्यो । यात्राका क्रममा रहेका र कुनै गन्तव्यमा पुग्न चाहनेहरूले घण्टौा जाम र असुरक्षा कारण कष्ट व्यहोनुपर्यो । सबैभन्दा ठूलो मार त बिरामी, अशक्त, वृद्धवृद्धा, बालबालिकामाथि पर्यो । समयमा हुनुपर्ने काम हुन सकेन भने अनावश्यक झन्झटको शिकार बन्नुपर्यो । सरकारी कामकाज हुन सकेन । यसरी जनताका लागि भनेर गरिएको आन्दोलनले सरकारलाई त कुनै असर गरेन, अन्त्यमा जनतालाई दु:ख मात्र दियो ।
जुन आन्दोलन जनताका लागि भनेर गरिन्छ, तर त्यसले जनता नै प्रताडित हुन्छन् भने त्यो आन्दोलनको औचित्य के ? आखिर नाकाबन्दीताका देशले इतिहासकै सबैभन्दा ठूलो घाटा व्यहोर्नुपर्यो, जसले जनताको जीवनस्तरमा प्रत्यक्ष असर पुर्याएको छ, लाखौा जनता गरिबीको चंगुलमा फसेका छन्, कैयौा जनता गरिबीकै कारण आत्महत्या गर्न विवश भएका छन् भने जनतालाई त्यस्तो अवस्थामा पुर्याउने आन्दोलनको अर्थ के ? २१औं शताब्दीको विकसित विश्वमा पुगे पनि हामी अझै पछौटे सोचाइकै शिकार छौा भन्ने यो आन्दोलनले प्रष्ट पारेको छ । अहिलेको आधुनिक विश्वमा आफ्नो बहुमतबाट कुनै कुराको प्राप्ति गर्ने संस्कार हुनुपर्नेमा हामी भने आन्दोलन, धर्ना, हिंसा, हतियारको बलमा सरकारलाई झुकाउने पक्षमा छौा । यो संस्कारकै कारण आजसम्म हामी गरिब राष्ट्रका नागरिकका रूपमा बााच्न विवश छौा । त्यसकारण कतै आन्दोलनका नाममा गलत स्वार्थ हावी हुादै गइरहेको छ भन्ने भान सबैलाई पर्न थालेको छ । अहिले मुलुक संक्रमणकालीन अवस्थामा रहेको छ । छिमेकी देशहरूसागको सम्बन्धमा उतारचढाव आइरहेको छ । छिमेकी देश भारतले हालै लगाएको नाकाबन्दी हामी कसैले भुलेका छैनौा । त्यस्तै नेपालको तराई क्षेत्रलाई पनि भारतले गिद्देदृष्टि लगाएको छ । छिमेकी देशहरूमा अस्थिरता फैलाउने काममा भारतले पहिलेदेखि नै रणनीति चाल्दै आएको छ । त्यसैको निरन्तरतास्वरूप नेपालमा पनि मधेसमा विखण्डनकारी भावनालाई मलजल गर्ने काम गरिरहेको भन्ने कुरा विखण्डनकारी एजेण्डा बोकेका विवादास्पद व्यक्ति सिके राउतलाई भारतले आफ्नो देशमा भव्य स्वागत गरेकोबाट प्रष्ट हुन्छ । त्यस्तै नेपाललाई अस्थिर बनाएर आफ्नो स्वार्थपूर्ति गर्न खोज्नेहरूको सहायता लिएर यहााका केही तथाकथित नेताहरूले आफ्नो आन्दोलन घोषणा गर्दै आएका हनु् भन्ने कुरालाई पनि हामी जनताले बुझ्नुपर्ने बेला आएको छ ।
यदि सााच्चै मधेसी गठबन्धनको माग जनताको हितमा हुन्थ्यो भने उनीहरूले जनतालाई प्रताडित गर्ने किसिमको आन्दोलनको बाटो नभएर संसदीय व्यवस्थामार्फत आफ्नो जायज माग राख्नुपथ्र्यो । छिमेकी देश भारतमा पनि सत्तारुढ पार्टी बहुमतकै कारण आज सत्तामा छ भने बहुमतकै आधारमा सरकारी निर्णयहरू हुादै छन् । नेपालमा पनि मधेसी दलहरूलाई संविधानमा आफ्नो भावना नसमेटिएको जस्तो लाग्छ भने उनीहरूले जनताको विश्वास जितेर बहुमत लिएर आउनुपर्यो । अनि आफ्ना पक्षमा नभएका निर्णयहरू गराउन सक्दछन् । त्यसका लागि निर्वाचन प्रणालीलाई स्वीकार्नुपर्यो, संसदीय प्रणालीलाई आत्मसात् गर्नु सही बाटो हुनसक्छ । यस्तो जनतालाई दु:ख दिने बाटो अपनाएर यदि आफ्नो माग पूरा हुन्छ जस्तो लाग्छ भने यो उनीहरूको सबैभन्दा ठूलो भूल हो । यस्तो मार्गको प्रयोगबाट उनीहरू जनताको लागि केवल घृणा र उपेक्षाका पात्र मात्र बन्न जानेछन् । हाल मधेसी दलहरूका उद्देश्य शंकास्पद छन्, तरिकाहरू गलत छन् । त्यसलाई सच्याउन जरुरी छ, उद्देश्यमा छलकपट र षड्यन्त्र हुनुहुादैन । नेपाललाई विखण्डन गर्ने सोचाइ पालेकालाई हिमाल, पहाड र तराई कतैका जनताले पनि साथ दिनेछैनन्, यो सोचाइ कुनै पनि हालतमा विवेकपूर्ण ठहरिादैन । त्यसकारण मधेसी नेताहरूलाई आग्रह छ, आफ्नो विवेक नगुमाउनुहोला ।