वाम आन्दोलन र नेपालको राष्ट्रियता

260

–निमकान्त पाण्डे–

 
नेपालमा वाम आन्दोलन सुरु भएको झण्डै सात दशक पुग्न लागेको छ । सन् १९४९ सेप्टेम्बर १५ मा भारतको कलकत्तामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी सात दशकसम्म आइपुग्दा विभिन्न समूहमा विभक्त भएको देख्न सकिन्छ । यो सात दशकको अवधिमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य तथा नारायणविलास जोशी भौतिक रूपमा छैनन् । तर उनीहरूले स्थापना गरेको नेपाली वाम आन्दोलन विभिन्न चरणमा सशस्त्र तथा वैचारिक युद्धमार्फत आफ्नो उपस्थितिलाई निरन्तरता दिइरहेको छ ।
नेपालमा वाम आन्दोलन र त्यसका अगुवाहरूको चर्चा गर्दा उनीहरूले उठाउने गरेको कथित राष्ट्रवादलाई छुट्याउनु अनुचित हुन्छ । भलै विश्वको इतिहास हेर्दा वाम आन्दोलनको मुख्य एजेण्डा वर्ग संघर्ष हो भनेर बुझ्न सकिन्छ । तथापि नेपालका कम्युनिष्टहरूले वर्ग संघर्ष र राष्ट्रवादलाई समदूरीमा राखेर वकालत गरेका कैयाौ उदाहरणहरू देख्न सकिन्छ । जस्तो २०२८ मा सीपी मैनालीको नेतृत्वमा भारतको नक्सलवादी आन्दोलनको सिको गर्दै गरिएको झापा आन्दोलन होस् वा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गरिएको ‘दीर्घकालीन जनयुद्ध’ नै किन नहोस् ! हतियारको सहयोगमा गरिएका यी आन्दोलनका नेतृत्वकर्ताहरूले वर्ग संघर्षसागै राष्ट्रियताको आन्दोलनलाई पनि सागै अघि बढाए । त्यसो त नेपालमा कम्युनिष्ट नेताहरूले सार्वजनिक रूपमा सम्बोधन वा भाषण गर्दा पनि नेपालको राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र सार्वभौमसत्ताका बारेमा निकै वकालत र बहस गर्ने परम्परा रहादै आएको छ । त्यसैले आम जनतामा पनि कम्युनिष्ट भनेका राष्ट्रवादी नै हुन्छन् भन्ने छाप विगतदेखि नै रहादै आएको छ ।

 
सतहमा हेर्दा पनि विगत वा वर्तमान अवस्थामा राष्ट्रवादी छाप बनाएका कम्युनिष्ट नेताहरूको नाम गन्तीमा धेरै नै आउाछन्, जस्तो मदन भण्डारी, वामदेव गौतम, पुष्पकमल दाहाल, मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान बिजुक्छे आदि । तर गैरकम्युनिष्ट दलबाट भने राष्ट्रियताका विषयमा प्रखर बोल्ने वक्ता भेट्न समेत गाह्रो हुन्छ । (यहाा उल्लेख गरिएका केही नामहरू नेपाली कम्युनिष्ट आन्दोलनका प्रतिनिधि पात्रका रूपमा मात्र लिइएको हो ।) माथि उल्लेख गरिएका कम्युनिष्ट परिवेशका नेताहरूमध्ये मदन भण्डारी व्यवहारमा कस्ता थिए भन्ने कुरा महसुस गर्नै नपाई उनको हत्या गरियो, वामदेव गौतम प्रखर राष्ट्रवादी हुादाहुादै सत्ताको लोभमा आफ्नो पुरानो राष्ट्रवादी छविलाई निरन्तरता दिन चुके, पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोली फेर्ने आफ्नै स्वाभावका कारण अविश्वासी बन्दै छन् र आफूले प्राप्त गरेको उचाइलाई घटाउादै छन् । सिंह, वैद्य र बिजुक्छेले महसुस हुने गरेर व्यवहारमा आफूलाई प्रस्तुत गर्न सकिरहेका नै छैनन् ।

 
नेपालको वाम आन्दोलनमा जति पनि अनुहार देखापरे, ती अनुहार यदि चर्चामा आउनसके भने त्यो राष्ट्रवादी मुखौटो लगाएर आएका हुन् भन्ने कुरामा दुईमत छैन । तर एउटा स्तर कायम गर्न सफल भएपछि वाम नेताहरूमा देखिने चरम अवसरवाद र स्वार्थी प्रवृत्तिका कारण उनीहरूको देखावटी र वास्तविकतामा निकै ठूलो भिन्नता देखिने गरेको छ । यसले गर्दा नेपालको वाम आन्दोलन सिद्धान्तत: राष्ट्रियताप्रति गम्भीर देखिए पनि व्यवहारमा ढुलमूले अवस्थामा नै पाइन्छ ।
नेपाली वाम आन्दोलनमा केपी शर्मा ओली (जो हाल सरकार प्रमुखको भूमिकामा रहेका छन्) को नाम पनि पहिलो पंक्तिमा नै आउाछ । कुनै पनि विषयमा प्रष्ट बोल्ने ओली परम्परागत कम्युनिष्ट नेताको तुलनामा सत्तामा रहादासमेत राष्ट्रवादी भूमिकामा देखापरिरहेका छन् । सामान्यतया सत्तामा पुगेपछि आफ्नो विगतको प्रतिबद्धता र अडानबाट पछि हट्ने नेपाली कम्युनिष्ट चरित्रभन्दा फरक भूमिकामा देखापरेका ओलीले चालेका केही कदमले वाम आन्दोलनप्रतिको नेपाली जनताको अविश्वासलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । उनले मुलुकको नेतृत्व सम्हालेपश्चात् दीर्घकालीन महत्वका योजना तथा राष्ट्रियताप्रति लिएको अडानले उनी परम्परागत कम्युनिष्ट नेताभन्दा फरक हुन् कि भन्ने संकेत गरेको छ । तर ओली तिनै नेता हुन्, जो सत्ताभन्दा बाहिर हुादा राष्ट्रप्रति गैरजिम्मेवार र अराष्ट्रिय चरित्र भएको व्यक्तिका रूपमा ट्याग लागेका नेता हुन् । तर सत्तामा पुगेपछि सबैको अपेक्षाविपरीत ओलीले चालेका केही कदमले भने उनी वास्तविक राष्ट्रवादी चरित्रमा देखिएका छन् । ओलीले चर्का भाषण वा पूरा नहुने प्रतिबद्धता गर्दैमा राष्ट्रवादी भइन्छ भन्ने नेपाली वाम आन्दोलनको परम्परावादी मान्यता तोड्दै व्यवहारवादलाई अवलम्बन गरेका छन् । यसले परम्परागत शैलीले नेपालको वाम आन्दोलनले निरन्तरता पाउन सक्दैन भन्ने एउटा उदाहरण पनि प्रस्तुत गरेको छ । भलै ओलीले अहिले गरेका केही कामका आधारमा उनलाई पूर्णरूपमा मुलुकप्रति बफादार भनिहाल्न हतार होला । तर उनले अन्य कम्युनिष्ट नेताले भन्दा फरक शैलीले काम गरिरहेकाले सत्तामा हुादा पनि जनताको साथ र समर्थन जुटाउन सफल भइरहेका छन् ।

 
नेपालको कम्युनिष्ट आन्दोलनमा सिद्धान्त हावी हुने प्रवृत्तिका कारण व्यवहारवाद जहिले पनि छायामा पर्ने गरेको छ । जसले गर्दा वाम नेताहरूले निरन्तर ठूला सपना बााड्दा व्यवहारमा भने शून्य मात्र हात लाग्ने गरेको हो । झण्डै सात दशकको अवधिमा वाम नेताहरूले देखाएका आश्वासनहरू व्यवहारमा देखिएको भए सात दशकपछि पनि पहिलेकै अवस्थामा मुलुकको स्वाधीनताको रक्षा गर्नुपर्ने बहसहरू समसामयिक हुने थिएनन् । तर वाम नेतृत्वको पूरा नगर्ने झूठो आश्वासन र प्रलोभनले गर्दा नेपालको राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । यसका पछाडि नेपालका वामपन्थी नेताहरू मुख्य दोषी छन् भन्दा फरक नपर्ला । तर त्यही कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रियतालाई बलियो बनाउने संघर्षको मैदानमा वाम प्रतिनिधिकै रूपमा ओलीले संघर्ष गरिरहेका छन् । उनी आफ्नो प्रतिबद्धता र अडानमा कति टिक्लान् ? त्यो भविष्यले नै स्पष्ट गर्नेछ । तर तत्कालको अवस्थामा भने ओलीको अडानले राष्ट्रियताका मामिलामा लक्ष्यसम्म नपुग्दै स्खलित हुन लागेको वाम आन्दोलनको साख भने अवश्य आशालाग्दो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here