स्थिर परराष्ट्र नीति तय गर !

192

नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै सरकारको नेतृत्व गर्ने राजनीतिक दलअनुसारको परराष्ट्र नीति तय हुनु सामान्य विषय बनेको छ । सरकारको नेतृत्व गर्ने दलको मित्र राष्ट्र वा छिमेकी मुलुकसागको सम्बन्धमा परराष्ट्र नीति निर्धारण हुने प्रवृत्तिका कारण नेपालले एउटै मुलुकसाग पनि फरक/फरक सरकारका बेला फरक/फरक नीति अवलम्बन गर्दै आएको छ । यसले गर्दा छिमेकी मुलुक वा मित्र राष्ट्रहरूले नेपालप्रति गर्ने व्यवहार पनि एकै किसिमको हुन सकिरहेको छैन ।

 
विश्वको उदाहरण हेर्दा सार्वभौमसत्ता सम्पन्न कुनै पनि मुलुकको विदेश नीति र कूटनीतिक सम्बन्ध एकै किसिमको हुने गर्छ । यदि कुनै मुलुकले आफ्नो विदेश नीतिमा फेरबदल गर्नुपर्‍यो भने लामो पूर्वतयारीपश्चात् आन्तरिक रूपमा व्यापक छलफलपछि मात्र विदेश नीति तय गर्छन् । यसरी तय गरिने विदेश नीति लामो समयसम्म टिकिरहन्छ । जबकि नेपालमा यस्तो अभ्यासको परिकल्पना समेत हुन सकिरहेको छैन । जसले गर्दा सत्ता सञ्चालक दलको स्वार्थअनुसार परराष्ट्र नीति तय हुने गरेको छ । यसले सम्बन्धित दललाई केही समयका लागि त फाइदा होला तर समग्र मुलुकका लागि भने प्रत्युत्पादक नै हुने गरेको छ । यसको टड्कारो उदाहरण हो, छिमेकी मुलुकहरूले सत्तासीनलाई विश्वास गर्न नसक्नु ।

 
हाल अस्तित्वमा रहेको वाम गठबन्धनको सरकार सञ्चालनमा आएयता नेपाल र छिमेकी मुलुक भारतबीचको कूटनीतिक सम्बन्ध सहज हुन सकिरहेको छैन । जसले गर्दा भारतले हालको सरकारलाई कुनै महत्वपूर्ण विषयमा विश्वास गर्न सक्ने वातावरण तयार हुन सकिरहेको छैन । विगत लामो समयदेखि नेपालको सत्तामा आफ्नो पकड बनाउादै आएको नेपाली कांग्रेस सत्तामा पुग्दा छिमेकी चीनसागको सम्बन्ध पनि सुमधुर हुन सकिरहेको थिएन । यसै कारणले गर्दा भौगोलिक रूपमा टाढा रहेका दक्षिण अफ्रिकालगायतका मुलुकमा खर्बौा लगानी गर्ने चीनले नेपालमा भने सम्भावना हुादाहुाादै पनि लगानी बढाउन सकेको थिएन । यति मात्र होइन, नेपाल भूपरिवेष्ठित मुलुक भएका कारण दुवै छिमेकी मुलुकसाग पारवहन अधिकार हुादाहुादै पनि चीनसागको पारवहन सम्झौताका लागि वाम सरकार नै आउनुपर्ने भयो । यसले स्पष्ट पार्छ नेपालको परराष्ट्र नीति कसरी तय हुन्छ भन्ने कुरा ।

 
नेपालको परराष्ट्र नीति स्थिर नबनेसम्म सरकारपिच्छे विदेश नीति परिवर्तन भइरहने र छिमेकी तथा मित्र राष्ट्रहरूसागको सम्बन्ध पनि परिवर्तन भइरहने पुरानै परम्परा दोहोरिने निश्चित छ । यसले गर्दा विदेशी मुलुकहरूलाई समेत नेपालसागको सम्बन्ध कुन आधारमा तय गर्ने भन्ने कुरा समस्या भइरहन्छ । परिणाम नेपाल आफ्नै कारणले अन्य मुलुकको नजरमा स्थिर हुनसक्दैन । यसले अन्य मुलुकहरूसागको दीर्घकालीन सम्बन्धलाई सुमधुर बनाउन समेत असहज भइरहेको छ ।

 
सरकारमा प्रतिनिधित्व गर्ने दलका आधारमा तय हुने विदेश नीति उक्त दलको सोच र स्वार्थभन्दा फरक हुन सक्दैन । त्यसमाथि नेपालमा अस्तित्वमा रहेका राजनीतिक दलहरू मुलुकप्रति भन्दा आफ्नो सिद्धान्त कताबाट प्रभावित छ भन्ने कुरामा सचेत छन् । यसको परिणाम साम्यवादी विचारधाराबाट प्रभावित दलहरू रुस वा चीनसाग निकट हुन खोज्नु र समाजवादी विचारबाट प्रभावित दलहरू भारतसाग निकट हुन खोज्नु स्वाभाविक नै हो । तर समस्या नेपालप्रति भन्दा पनि कुनै मुलुकसाग निकट मानिने सिद्धान्तलाई आफ्नो घोषणापत्रमा उल्लेख गरेर अघि बढ्ने नेपाली राजनीतिक दलहरूमा नेपालवादी हुनुपर्छ र विदेश नीति पनि नेपालको हितमा हुनुपर्छ भन्ने सामान्य सोचसमेत नहुादा नेपाल अझै पनि छिमेकी मुलुकहरूको नजरमा शंकाको घेरामा रहन बाध्य बनिरहेको छ । छिमेकी मुलुकसागको सम्बन्धलाई समदूरीमा राख्ने विषय नेपालको सत्तामा पुग्ने हरेक नेतृत्वले वकालत गर्ने विषय हो तथापि व्यवहारमा लागू हुन नसक्दा पटक–पटक समस्या उत्पन्न अवस्था सिर्जना भइरहेको छ । त्यसैले नेपालको दीर्घकालीन हित र छिमेकी तथा मित्र राष्ट्रसागको सम्बन्धलाई एकरूपता दिनका लागि भए पनि नेपालले एकै किसिमको परराष्ट्र सम्बन्ध तय गर्न आवश्यक छ । यस्तो भएमा नेपालमा सरकार परिवर्तन हुादैमा छिमेकी मुलुक तथा मित्र राष्ट्रहरू सशंकित हुनुपर्ने अवस्था रहादैन र अन्तत: नेपालप्रतिको अन्य मुलुकहरूको विश्वास पनि बढेर जान्छ । त्यसैले सरकारले यो विषयमा गम्भीर हुादै कार्यान्वयनमा लैजान पहल गरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here