खुला सिमानाको फल चखाउँदै छ भारत

187

काठमाडौं/ गत साता भारतीय जनता पार्टीका सांसद् निशिकान्त दुवेले भारतीय पत्रिका इन्डियन एक्सप्रेसलाई अन्तर्वार्ता दिादै नेपाल र भारतबीच रहेको खुल्ला सिमाना भारतका लागि कस्मिरजस्तै भएको टिप्पणी गरे । नेपालमा बढिरहेको भारतविरोधी गतिविधिका कारण नेपाल कस्मिर जस्तै भएको जनाएका उनले लोकसभामा पनि नेपालको खुलेर आलोचना गरे । नेपालसागको खुल्ला सिमानाका विषयमा दुवे मात्र होइन, अन्य कतिपय भारतीय विश्लेषकहरू र सञ्चारमाध्यमहरूले समेत भारतलाई सुरक्षा चुनौती रहेको जनाउादै आएका छन् । तर वास्तविकता भने धेरै फरक छ । भारतसागको खुल्ला सीमाका कारण नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप मात्र होइन, अन्य कतिपय सुरक्षा चुनौतीहरू समेत थपिएका छन् । खुल्ला सिमानाको फाइदा उठाउादै भारतबाट तराईमा बसाइा सर्नेहरूका कारण एकातर्फ नेपालको जनसंख्या अंगीकृतहरूका कारण तीव्र गतिमा बढिरहेको छ भने अर्काेतर्फ खुल्ला सिमानाको फाइदा उठाउादै भारतसाग जोडिएका सीमा क्षेत्रमा भारतीय गुन्डाहरूले नेपालीहरूलाई दु:ख दिने गरेका छन् । अझ नेपालमा हुने ससाना आन्दोलन तथा हडतालमा समेत भारतीयहरूको घुसपैठका कारण नेपालले अप्रिय घटनाहरू सहनु परिरहेको छ । पछिल्लो समय भारतबाट बसाइा सरी नेपाल आएकाहरूको अधिकारका लागि भन्दै तराई क्षेत्रमा हुने गरेका आन्दोलनमा भारतीय पक्षको घुसपैठका घटनाहरू बढ्दा कैलालीमा उच्च सुरक्षा अधिकारीसहित कैयाौ सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपर्‍यो भने तराई आन्दोलनका नाममा भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा भारतीय नागरिकको मृत्यु र भारतीयहरू नै घाइते भएका घटनाले पनि खुल्ला सिमानाका कारण भारतीय पक्षको घुसपैठलाई पुष्टि गरेको छ । खुल्ला सिमानाकै फाइदा उठाउादै बेला–बेलामा भारतीय सुरक्षाकर्मीहरू हतियारसहित नेपाल पसेर नेपालीहरूलाई दु:ख दिने गरेका कैयााौ उदाहरणहरू भेटिन्छन् । विशेष गरी मधेस आन्दोलनमा भारतीय पक्षको घुसपैठ र सहयोगले खुल्ला सिमाना भारतका लागि नभई नेपालका लागि कस्मिर जस्तै बनेको छ । यो सत्यलाई अस्वीकार गर्दै दुवेले नेपालसागको खुल्ला सिमाना भारतका लागि सुरक्षा चुनौती भएको भन्नु आफौमा हास्यास्पद हो ।
नेपाल–भारत खुल्ला सिमानाका कारण अवैधानिक रूपमा भारतीय नागरिकहरू तराईमा बसाइा सर्नु नेपालका लागि चुनौती बन्दै गएको छ । अर्काेतर्फ अवैधानिक रूपमा बसाइासराइ गरेकाहरूलाई कानुनी मान्यता प्रदान गर्दै नागरिकता प्रदान गर्न भारतीय पक्षले नेपाललाई दिने दबाब अर्काे चुनौती बनिरहेको छ । २०६२/०६३ को जनआन्दोलनपश्चात् झण्डै ४० लाख भारतीयहरूलाई नेपाली नागरिकता दिएका विषयमा पनि बेलाबेलामा चर्चा हुने गरेका छन् । भारतले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्ने भारतीयहरूलाई नागरिकता दिलाउन दबाब दिने र त्यस आधारमा तराई क्षेत्रमा आफ्नो प्रभाव विस्तारका लागि उनीहरूलाई सामान्य नागरिकसरह सबै अधिकार दिलाउने नाममा अंगीकृतहरूलाई उक्साउने गरेको छ । जसले गर्दा संविधानमा प्रदत्त भएका अधिकारको वास्ता नगरी विनाकारण आन्दोलनमा उत्रिने प्रवृत्तिका कारण तराई मात्र होइन, सम्पूर्ण मुलुक नै समस्यामा पर्ने गरेको छ । पछिल्लो समय त भारतले खुल्ला सीमाका कारण आफ्नो प्रभाव विस्तार गर्न सजिलो भएकाले भारतले विभिन्न समूहमार्फत तराईलाई टुक्र्याउनेसम्मको धम्की दिन थालेको छ । यो सबै खुल्ला सिमानाका कारण नेपालले भोगेको नियति हो ।

 
भारतले खुल्ला सिमानाको दुरूपयोग गर्ने पञ्चायती व्यवस्थामा नेपालमा अस्थिरता उत्पन्न गराउन तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसलाई भारतीय सीमामार्फत नेपालमा आतंककारी गतिविधि गराउनेदेखि विभिन्न आपराधिक समूह तथा नेपालमा १० वर्षसम्म सञ्चालन भएको माओवादी आन्दोलनलाई समेत भारतीय पक्षको समर्थन रहेका तथ्यहरू बेला–बेलामा बाहिर आउने गरेका छन् । यी सबै गतिविधिहरू नेपाल–भारत खुल्ला सिमानाका परिणाम नै हुन् । नेपालले छिमेकी मुलुक भारतका कारण सहनुपर्ने दु:ख तथा हस्तक्षेपकारी गतिविधि हुनुका पछाडि खुल्ला सीमा र दुई मुलुकबीच विना रोकटोक आवागमन मुख्य कारण रहेको विश्लेषकहरू जनाउाछन् । लेखक तथा राजनीतिक विश्लेषक सौरभ नेपाल भारतबीच रहेको खुल्ला सीमा बन्द भएमा भारतका कारण नेपालले भोग्नुपरेका ५० प्रतिशत समस्या आफौ समाधान हुने दाबी गर्छन् ।

 

नेपाल र भारतबीच रहेको खुल्ला सिमाना नेपालको हितमा नभएको बारेमा कतिपय कम्युनिष्ट नेताहरूले पटक–पटक आफ्नो धारणा व्यक्त गर्दै आएका छन् । तर सत्तामा पुगेपछि भने विगतमा आफौले गरेको प्रतिबद्धता र धारणालाई लत्याउादै आफ्नो पूर्व अडान र निर्णयमा कम्युनिष्ट नेताहरू अडिग रहेको देखिादैनन् । नेपालको राष्ट्रियतामा भारत र खुल्ला सिमाना मुख्य चुनौती देख्ने कम्युनिष्ट नेताहरूले कैयाौ पटक सत्ताको बागडोर सम्हालिसकेका छन् । तर खुल्ला सीमा व्यवस्थित गर्ने वा सीमामा बार लगाउने विषयमा भने कहिल्यै ध्यान गएको देखिादैन । हालै पनि सरकारको बागडोर वाम नेतृत्वले नै सम्हालिरहेको छ । सरकारमा रहेका दल तथा मन्त्रीहरू तिनै नेता तथा दलहरू हुन्, जसले विगतमा पटक–पटक खुल्ला सीमा नेपालको हितमा नरहेको अभिव्यक्ति दिने गर्थे । तर सरकारमा पुगेपछि भने यसतर्फ ध्यान गएको देखिादैन । हालका प्रधानमन्त्री केपी ओली राष्ट्रियताका विषयमा अडान लिने सरकार प्रमुखका रूपमा चर्चित बनेका छन् । तर खुल्ला सिमानाका कारण नेपालको अखण्डतामाथि नै चुनौती थपिादा समेत उनले भने विकासवादी उखान टुक्का हाल्दै मुख्य समस्यालाई नदेखेजस्तै गरिरहेका छन् । यदि ओलीमा मुलुकप्रति अलिकति पनि चिन्ता छ भने भारतलाई चुनौती दिने मात्र होइन, मुख्य चुनौतीका रूपमा देखिएको खुल्ला सीमालाई पनि बन्द गर्ने आाट गर्नुपर्छ । यसले हाल देखिएका कतिपय गम्भीर चुनौती र भारततर्फबाट हुनसक्ने घुसपैठलाई नियन्त्रण गर्न सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here