हत्या भएको २३ वर्षपछि रहस्य खुल्ने सम्भावना

175

गत जेठ ४ गते नेपालका लोकप्रिय कम्युनिष्ट नेता तथा नेकपा एमालेका तत्कालीन महासचिव क. मदन भण्डारी र जीवराज आश्रितको २३औं स्मृति दिवसमा बल्खुस्थित एमालेको पुरानो कार्यालयमा रहेको जननेता भण्डारीको प्रतिमामा माल्यार्पण कार्यक्रम आयोजना भयो ।

 
उहााहरू २२ वर्षअगाडि २०५० साल जेठ ४ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा मारिनु भएको थियो । जुन दिनलाई आज पनि नेपाली जनताहरू ‘कालो दिन’को रूपमा सम्झना गर्दछन् । तत्कालीन समयमा अति नै लोकप्रिय नेता भण्डारी तथा आश्रितको हत्याको रहस्य अझै पनि खुल्न सकेको छैन । उहााहरूको दुर्घटना नभई हत्या भएको निष्कर्ष निकालेको एमालेले आज मदन भण्डारीकै ब्याजमा बााचेको छ, मदन भण्डारीकै नाममा नानाथरि एनजीओ आईएनजीओ, क्लबहरू गठन भएका छन् ।

 
तर उनै मदन भण्डारीको हत्यारालाई भने पक्रन सकेको छैन । यो मदन भण्डारीप्रति एमालेको उदासीनता नभएर के हो ? हिजोको धङधङी, आजको अहंकार र भोलिप्रति उदासीन नेपाली राजनीतिको एउटा मियो बनेको नेकपा एमालेले आजसम्म झण्डै दशौं पटक सरकारमा सम्मिलित भयो, झण्डै चार पटक उसले सरकारको नेतृत्व गर्‍यो, तर पनि अहिलेसम्म मदन भण्डारीको हत्याराको पर्दाफास हुन सकेको छैन । यसले एमालेले भण्डारीको स्मृति दिवसमा गरिने कार्यक्रम केवल कर्मकाण्डी र देखावटी मात्र भएको पुष्टि गरेको छ । यो २३औं स्मृति दिवस आयोजना हुादै गर्दा यतिबेला सरकारको नेतृत्व स्वयं नेकपा एमालेले नै गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली एमालेकै अध्यक्ष हुन् भने राष्ट्रप्रमुखको रूपमा स्वयं मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी हुनुहुन्छ । सरकारमा उपप्रधानमन्त्रीलगायत अन्य मन्त्रीहरू पनि एमालेकै छन् ।

 
यसरी सबै तर्फबाट अनुकूल भए पनि किन भण्डारी हत्या प्रकरणको अनुसन्धान हुन सकेको छैन ? किन भण्डारीको हत्याराको पर्दाफास हुन सकेको छैन । यस्तो कुरामा एमालेले देखाएको उदासीनताले एमालेका नेतृत्वप्रति नै सशंकित दृष्टिले हेर्नुपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पटकपटक मन्त्री, पार्टी उपाध्यक्ष र अहिले देशकै प्रमुख ओहोदामा आसीन छन् तर पनि उनले समेत हत्यारा पत्ता लगाउन चासो नदिनु झनै रहस्यमय बनेको छ ।
प्रधानमन्त्री मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनालदेखी केपी ओलीसम्म र राष्ट्रपतिसम्म नेकपा एमालेकै हुादा नेकपा एमालेका महासचिव को हत्यारा पत्ता नलाग्नु नेपाली राजनीति कति सुरक्षित छ भन्ने प्रश्न उठ्छ ? प्रधानमन्त्री ओलीले हत्यारा पत्ता लगाई छाड्ने बताउनुभएको छ, आशा गरौा यो कुरा इतिहासकै पुनरावृत्ति नहोस्, मदन भण्डारीको हत्यारालाई कारबाही होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here