खुँडा बोकेर शान्तिप्रक्रियालाई चुनौती

298

काठमाडौा/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बेपत्ता योद्धाको सम्मानमा शुक्रबार राजधानीको खुलामञ्चमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पार्टीका महासचिव विप्लवले शान्ति प्रक्रिया अझै नटुंगिएको उद्घोष गरेका छन् । उनले हाल नयाा जारी गरिएको संविधान कार्यान्वयन हुन नसकेको र खारेज हुनसक्ने अवस्था देखिएकोले शान्ति प्रक्रिया नटुंगिएको स्पष्ट पारेका हुन् । उनले नेपालमा क्रान्तिका लागि भएको जनयुद्धले आफ्नो उद्देश्य हासिल गर्न नसकेको दाबी गर्दै अब आफ्नो नेतृत्वमा क्रान्तिको नयाा शिरा अघि बढ्ने घोषणा गरेका छन् ।
हालै एकीकृत नेकपा माओवादीलगायत १० माओवादीले गरेको एकतालाई एकताको नाममा भ्रमको खेती भएको ठहर गर्दै विप्लवले उक्त एकताको भत्र्सना र विरोध गरेका छन् । उनले ४० जिल्लामा समानान्तर स्थानीय सरकारको घोषणा गरिसकेको जनाउादै अब जनताको सहयोगमा क्रान्तिको आधिाबेहरी सिर्जना गर्ने पनि जनाएका छन् । उनले हालको अवस्थालाई लोकतन्त्र नभई अराजकतन्त्र भएको संज्ञा दिए । उनले जनयुद्धको नाममा सत्तामा जानेहरूले जनयुद्धमा सहिद भएका, बेपत्ता पारिकाएकाहरूको अवमूल्यन गरेको भन्दै सम्पूर्ण प्रतिक्रियावादी र परिवर्तनविरोधीलाई माओवादीले नछोड्ने उद्घोष गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here