काठमाडौं/ चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा एउटा लेख प्रकाशित भएको छ । गत मंगलबार प्रकाशित सो लेखमा ‘चीन नेपाल रेलमार्गले जगाएका आशाका किरण’ शीर्षक दिइएको छ । लेखमा हालै चीनको लान्जाउबाट सिगात्सेसम्मको चीन–नेपाल रेलरुट सुरु भएको र यसले समय र पैसाको बचतसागै नेपालको भारतमाथिको एकतर्फी निर्भरतालाई समेत राहत दिएको उल्लेख गरिएको छ । लेखमा सन् २०२०सम्म नेपालको सीमासम्म रेलमार्ग पुग्ने अपेक्षा गरिएको छ । उक्त आलेखमा रेलसेवालाई नेपालको वीरगञ्ज हुादै भारतको विहार रेल नेटवर्क जोड्ने र यसबाट नेपालको तराई क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ हुने र भारतको विहार हुादै कोलकत्तासागको चीनको व्यापारमा पनि वृद्धि हुने उल्लेख गरिएको छ । आलेखमा उल्लेख भएअनुसार रेलरोड कनेक्टिभिटी आयोजना नेपाल र नेपालीहरूको विकास र समृद्धिका लागि महत्वपूर्ण रहेको र यसबाट दक्षिण एसियाकै क्षमता अभिवृद्धिका लागि समेत अवसर भएको भन्दै नेपाल सरकारलाई यसको फाइदा उठाउन आग्रह गरिएको छ ।
सामान्यतया अन्य मुलुकको आन्तरिक विषयमा खासै चासो नराख्ने चिनियाा पक्षले पछिल्लो समय नेपालको विकासमा महसुस हुनेगरी देखाइरहेको चासोपश्चात् भारत आतंकित बनिरहेको छ । चिनियाा सरकारी सञ्चारमाध्यमबाटै यस किसिमको आलेख प्रकाशित भएलगत्तै भारतीय सञ्चारमाध्यमहरूले चिनियाा पक्षले नेपालमा रेलरोड नेटवर्क विस्तार गर्नुका पछाडिका कारण उल्लेख गर्दै यो नेपालमा भारतीय प्रभाव कमजोर बनाउने चिनियाा नीति भएको उल्लेख गरेका छन् । चीनले यसअघि पनि नेपालमा भारतीय प्रभाव कम गराउन विभिन्न योजनाहरू बीजारोपण गरेको भन्दै नेपालका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि यस्ता योजनाहरूले औपचारिकता पाउन थालेको उल्लेख गरेका छन् । त्यसो त केही दिनअघि मात्र चीनबाट काठमाडौंका लागि सामान बोकेर हिाडेको रेलको तस्बिर र समाचार चिनियाा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि त्यसको विरोधमा भारतीय सञ्चारमाध्यम, सत्तारुढ दलका सांसद् तथा भारतीय विज्ञहरूले समेत नेपालमा चीन हाबी भएको भन्दै त्यसको विरोध मात्र गरेनन्, नेपालमा भारतविरोधी अभियान कस्मिरमा जस्तै हुन थालेको भन्दै सीमा बन्द गर्नेसम्मका विषयहरू संसद्मा उठेका थिए ।
नेपाल भूपरिवेष्ठित मुलुक भएको नाताले अन्तर्राष्ट्रिय नियमअनुसार छिमेकी मुलुकहरूसाग पारवहन सुविधा लिनु नेपालको अधिकार हो । यस्तो सुविधा विगतमा भारतसाग मात्र लिादै आएकोमा भारतले भूकम्प जस्तो संकटबाट गुज्रिरहेको नेपाललाई एकतर्फी नाकाबन्दी गरेपछि चीनसाग पारवहन अधिकार लिनु नेपालको अधिकारसागै बाध्यता बनेको थियो । तर भारतले भने यसलाई नेपालमा चीन हावी हुन लागेको रूपमा हेर्दै नेपाल भारतकै छत्रछायामा रहनुपर्ने धारणा राख्दै आएको छ । भारतको पछिल्लो नेपालनीतिका कारण पछिल्ला केही महिनायता नेपालले नराम्रोसाग दु:ख खेपिरहेकोप्रति स्वयं भारतीयहरू समेत जानकार छन् र कतिपय भारतीयहरूले यसको विरोध समेत गरेका छन् । त्यसमाथि बदलिादो समय र प्रविधिको विकासले गर्दा नेपालका लागि भारतीय बन्दगाहभन्दा चिनियाा रेलमार्फत आवश्यक सामग्री आयात गर्दा सस्तो, सजिलो र छोटो समयमै आयात हुनसक्ने भएपछि नेपालको हितका लागि चीनसाग रेलरोड कनेक्टिभिटी बढाउने विषयमा नेपाल सहभागी हुनु स्वाभाविक पनि हो । तर भारतले भने नेपालले दु:ख पाएर भए पनि भारतको भर पर्नुपर्ने तर चीनको विकास प्रस्तावलाई स्वीकार गर्न नहुने तर्क गर्दै आएको छ, जुन गलत छ ।
नेपालमा चिनियाा लगानी वा सहकार्यका विषयमा भारतले अहिले मात्र होइन, विगतमा राजतन्त्र हुादा समेत यस्तै गलत तर्कहरू गर्दै आएको थियो । नेपाल र चीनबीचको सहकार्यप्रति भारतको एउटै तर्क छ । यसले भारतलाई असर गर्छ । जबकि चीन स्वयंले भारतमा खर्बाौ लगानी गरेको छ । साथै चीन र भारतबीच कैयाौ सीमा जोडिएका पनि छन् । उनीहरूबीचमा असमझदारी हुादाहुादै पनि कैयौा महत्वपूर्ण कामहरू संयुक्त रूपमा अघि बढिरहेका छन् । यदि चिनियाा पक्षबाट भारतलाई खतरा छ भने त्यो भारतमा चीनको प्रत्यक्ष सहभागितामा भइरहेका आयोजनाबाट वा सीमा क्षेत्रबाट मात्र हुनसक्छ । नेपालमा चीनले लगानी गर्दा वा विकास गर्दा भारतलाई असर पर्छ भन्नु हावादारी तर्कबाहेक केही होइन । त्यसैले भारतको नेपालप्रतिको यस्तो नीति नेपाललाई सधैं गरिब र आफूमाथि निर्भर बनाउने अभिप्रायमाथि आधारित हो भन्ने कुरा बुझ्नु आवश्यक छ ।
नेपाल एउटा स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक हो । एउटा स्वतन्त्र मुलुकका हिसाबले के गर्नुहुन्छ, के गर्नु हुादैन भन्ने कुरा अर्काे मुलुकको चासोको विषय होइन । एउटा कुरा अवश्य हो, नेपालले भारतका विरुद्ध चीन र चीनका विरुद्ध भारतीय कार्ड प्रयोग गर्नुहुादैन । तर आफ्नो मुलुकको हितका लागि छिमेकी मुलुकहरूसाग समदूरी सम्बन्ध कायम गर्दै लगानी भित्र्याउने वा विकास गर्ने कामबाट कुनै मुलुक चिढिनु आवश्यक हुादैन । जुन भारतीय पक्षबाट पटक–पटक दोहोरिादै आएको छ । नेपालमा अस्थिरता रहनु भनेको भारत स्वयंका लागि पनि नोक्सानी हुनु हो । किनभने अस्थिर नेपालको फाइदा उठाउादै खुल्ला सीमाबाट भारतमाथि सुरक्षा चुनौती बढ्नु स्वाभाविक हो । तर भारत भने त्यसको विपरीत नेपाल समृद्ध हुादा आफूलाई सुरक्षा चुनौती बढ्ने घुमाउरो तर्क गर्छ । नेपाल विकासको पथमा अघि बढ्न खोज्दा वा नेपालमा राजनीतिक स्थायित्वको कुरा हुादा अनावश्क रूपमा भारतीय चासो बढ्नुले यसै कुरालाई संकेत गर्छ । त्यसैले भारतले यस्ता विषयमा गम्भीर समीक्षा गर्दै नेपालको विकासबाट तर्सिनुको सट्टा व्यवहारमा पनि समृद्ध नेपालका लागि सहयोगी भूमिकामा रहेमा त्यो भारतका लागि पनि फाइदाजनक हुने विश्लेषकहरूको तर्क रहेको छ ।