‘धुर्मुस–सुन्तली’लाई रेखा र राजवल्लभको सहयोग

208

काठमाडौं/ नेपाली चलचित्र क्षेत्रकी नायिका रेखा थापा र नायक राजवल्लभ कोइरालाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई एक/एक लाख रूपैयाा सहयोग गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको गिरान्चौरमा भूकम्पपीडितका लागि निर्माण गर्न लागिएको ‘गिरान्चौर एकीकृत बस्ती’को सहयोगार्थ उनीहरूले रकम प्रदान गरेका हुन् ।
रेखाले ‘धुर्मुस–सुन्तली’ फाउन्डेशनमै पुगेर १ लाख रूपैयाा सहयोग गरेकी हुन् भने अभिनेता राजवल्लभले अमेरिकाबाट सहयोग रकम घोषणा गरेका हुन् । रेखाले सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै यी दुई कलाकारले गरेको काममा सानो सहयोग गरेको बताइन् । रेखाले आफ्ना फ्यानले बस्ती निर्माणमा सहयोग गर्न आग्रह गरेको भन्दै उनले यो अभियानमा कला जगत सबैले सहयोग गर्नुपर्ने जनाइन् । उता राजवल्लभले पनि यस्तो महान् कार्यमा सहयोग गर्न पाउादा खुसी व्यक्ति गर्दै अरु कलाकारहरूलाई पनि सहयोग गर्न आह्वान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here