नेपाली रत्न, आभूषणको विकास र निर्यात प्रवद्र्धन : विद्यमान अवस्था र सम्भावना

308

रमेश महर्जन

 
नेपालको भूगर्भमा बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर र धातुहरु रहेको विभिन्न अध्ययन, अन्वेषण र उत्खननहरुबाट पुष्टि हुादै आएको छ । मेटालिक, ननमेटालिक, इण्डष्ट्रियल, जेम–स्टोन र ङ्खयुल गरी ५ श्रेणीअन्तर्गत ६६ प्रकारका खनिज तत्वहरु नेपालका भूभागहरुमा रहेको तथ्य सार्वजनिक भइसकेको छ । तसर्थ राष्ट्रका यी अमूल्य सम्पदाहरु कहाा, कति, कस्तो अवस्थामा छन् र उत्खनन, प्रशोधनको सम्भावना कति छ, तिनीहरुमा गरिने श्रम, सीप, समय, प्रविधि एवं पुाजीको लगानी आर्थिक दृष्टिकोणले उपलब्धिमूलक हुन्छ वा हुादैन भन्ने विषयमा तथ्यगत, वैज्ञानिक र व्यावहारिक किसिमले सर्वेक्षण गरी त्यसको निचोड सार्वजनिक जानकारीमा आएको छैन ।

 
मुलुकमा स्वदेशी खानीजन्य वस्तुहरुको उत्खनन र प्रयोगको इतिहास धेरै पुरानो मानिए तापनि अभिलेखको अभावले लिखित तथ्यगत प्रमाणहरुको कमी रहेको विज्ञहरुको भनाइ छ । खानीको विकास एवं परिचालनका लागि संस्थागत प्रयासको थालनी भएको करिब १५० वर्ष भइसकेको ज्ञात हुन्छ । सन् १९२९मा स्थापित ‘भूगर्भ कार्यालय’को नाम परिवर्तन हुादै १९७६ देखि खानी तथा भूगर्भ विभागले यस कार्यको मुख्य जिम्मेवारी लिादै आएको पाइन्छ । यस क्षेत्रमा थुप्रै प्राविधिक एवं विज्ञहरुका साथै गैरसरकारी स्तरमा पेशागत तथा व्यावसायिक संघसंस्थाहरु पनि क्रियाशील छन् । तथापि राज्य, पेशागत र व्यावसायिक क्षेत्रबीच भौगर्भिक सम्पदाको पहिचान, परिचालन र प्रवद्र्धनका लागि ठोस रुपमा सहकार्य भएको पाइादैन । यी तीनै पक्षबीच समन्वय र सहकार्य गरी खानी क्षेत्रका सम्पूर्ण सम्भावनाहरुको प्रवद्र्धन हुनु अति जरुरी छ । तसर्थ नेपाल सुनचाादी रत्न तथा आभूषण महासंघले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत सम्बन्धित सबै पक्षबीचको सहकार्य र समन्वयमा संयुक्त परियोजनाहरु संचालन गर्न र आवश्यक एवं पुाजी परिचालनका लागि नेपाल सरकारसमक्ष कार्ययोजना प्रस्ताव नै प्रस्तुत गरिसकेको छ ।

 
आभूषण निर्माणमा स्वदेशी कच्चा पदार्थको हिस्सा अत्यन्तै न्यून छ । राष्ट्रमा वर्षेनी झण्डै अर्बौं मूल्यका बहूमल्य तथा अर्धबहुमूल्य रत्न, पत्थरहरु आयात भइरहेको छ । स्वदेशी रत्न तथा पत्थरहरुको अन्वेषण, उत्खनन, प्रशोधन र प्रयोगबारे ठोस रुपमा कार्य हुन नसक्दा नेपालका बहुमूल्य खानीजन्य सम्पदा अप्रशोधित अवस्थामा अत्यन्तै न्यूनतम मूल्यमा बाहिरिने गरेको तथ्य सार्वजनिक हुने गरेका छन् । त्यसबाट राज्यले प्राप्त गर्दै आएको राजस्व अति नै नगण्य छ । प्रशोधनपश्चात् बहुमूल्य पत्थर स्तरमा रुपान्तरण गर्न सकिने कच्चा पदार्थ नगण्य मूल्यमा विदेशिनु र सानो राजस्व संकलन गर्न अन्य स्रोतबाट प्रशासनिक खर्च जुटाउनुपर्ने अवस्था रहनु उचित होइन । खनिजको भरपूर सदुपयोग गर्ने र त्यसबाट अधिकतम लाभ लिनेतर्फ ठोस र प्रभावकारी कार्य हुन नसक्दा अप्रशोधित वस्तुको निर्यातबाट प्राप्त हुादै आएको सानो रकमलाई नै उपलब्धि रुपमा मान्नुपर्ने अवस्था छ । अप्रशोधित अवस्थामा पत्थरहरु निर्यात गर्दा मुलुकको प्राकृतिक सम्पदा र ढुकुटी रित्तिादै जाने तर राज्यले खासै लाभ लिन नसक्ने अवस्था रहनु हुादैन । हाल पत्थरको निकासी पूर्णत: रोक्का गरिएको कुरा सार्वजनिक भइरहेको छ । महासंघको मान्यतामा यी दुवैथरि कार्य उचित होइन । राष्ट्रको अमूल्य निधिबाट पूर्णलाभ लिनसक्ने अवस्थाको प्रत्याभूति हुनुपर्दछ । तसर्थ आम रोजगारी, राजस्व अभिवृद्धि र प्राकृतिक स्रोत, सम्पदाको उचित परिचालन एवं सदुपयोग समेतलाई दृष्टिगत गरी निर्यात चालू गरिनु पर्दछ भन्ने महासंघको स्पष्ट मान्यता छ । यस कार्यमा नियामक निकाय एवं सम्बन्धित पक्षसाग सहकार्य गर्न महासंघ सदैव तत्पर छ ।

 
रोजगारीको अभावमा नेपाली युवाहरु जोखिमपूर्ण कामका लागि सस्तो मूल्यमा अन्तर्राष्ट्रिय श्रम बजारमा भौातारिरहेका छन् । तर उच्च पारिश्रमिक प्राप्त हुने सीपमूलक र स्वरोजगारीमूलक आभूषण निर्माण क्षेत्रमा विदेशी कालिगढको अत्यधिक बाहुल्य स्थापित हुादै गएको छ । नेपाली मौलिक क्राङ्खटम्यानशीप लोप हुादै गएको छ । नेपाली कालिगढ पलायन र विस्थापित हुादै गएकोले दोस्रो पुस्तामा सीप हस्तान्तरण हुन सकिरहेको छैन ।

 
परम्परागत अवस्थाबाट विकसित हुादै वर्तमानसम्म आइपुग्दा आभूषण क्षेत्र आधुनिक उद्यम, व्यवसायको स्तरमा स्थापित भइसकेको छ । बीसौं हजार व्यवसायी, लाखौं कालिगढहरु संलग्न यस व्यवसायमा अर्बौंको पुाजी तथा प्रविधि लगानी भइसकेको छ । यस क्षेत्रले राजस्वमा वर्षेनी रु. ६ अर्बभन्दा बढीको योगदान गरिरहेको छ । नेपालका मौलिक गरगहनाहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट स्थान छ । मौलिकता, उच्च गुणस्तर र सांस्कृतिक विविधता आदि कारणले अन्तर्राष्ट्रिय बजारमा नेपाली गहनाप्रति ठूलो आकर्षण छ । तर आधारभूत प्रोत्साहनको अभावमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकी निर्यात हतोत्साहित हुादै गएको छ । राज्यले आवश्यकतानुसार विशेष प्रोत्साहनको समेत व्यवस्था गर्नुपर्नेमा नेपालकै अन्य निर्यातजन्य वस्तुले उपभोग गरी आएको सहुलियत, सुविधा एवं प्रोत्साहन समेत यो क्षेत्रले पाएको छैन ।

 
अहिले विश्वबजारमा ज्वेलरी क्षेत्रको योगदान तीव्र गतिमा बढ्दै गएको छ । हाम्रा दुवै छिमेकी राष्ट्रको कुल बाह्य वस्तु निर्यात व्यापारमा ज्वेलरी क्षेत्रको योगदान वार्षिक १५ प्रतिशतको हाराहारी छ । नेपालको बाह्य व्यापारमा नकारात्मक वृद्धि बढ्दै गई निर्यात १० र आयात ९० प्रतिशतको अनुपातमा पुग्दा पनि वार्षिक १५ प्रतिशतसम्म योगदान दिनसक्ने ज्वेलरी क्षेत्रलाई प्रोत्साहित गर्न पहल भएको पाइादैन । उच्च गुणस्तर, मौलिकता, सांस्कृतिक विविधता आदिका कारण अन्तर्राष्ट्रिय बजरमा नेपाली आभूषणप्रति ठूलो आकर्षण रहे तापनि सुन, चाादी, हीरा, जवाहरात आदि बहूमूल्य धातु तथा रत्न, पत्थरहरुबाट निर्मित आभूषणहरुको निर्यात नगन्य छ ।
स्वदेशी रत्न तथा पत्थरको प्रवद्र्धनार्थ गरिनुपर्ने कार्यहरु :
नेपाली गरगहना क्षेत्र आयातमुखी र उपभोगमुखी भएकोले कच्चा पदार्थको आयातमा मात्रै वर्षेनी अर्बौं रकम विदेशिने गरेको छ । यस्तो प्रवृत्तिलाई परिवर्तन गरी गरगहना क्षेत्रबाट अर्थतन्त्रमा यथेष्ट लाभ लिन स्थानीय कच्चा पदार्थको अधिकतम उपभोग हुनु जरुरी छ । साथै सुन, चाादी, रत्न पत्थरको आयातमा लगानी भएको पुाजीबाट अर्थतन्त्रले अधिकतम लाभ लिनसक्ने अवस्थाको प्रत्याभूति गर्न विस्तृत कार्ययोजनासहित अघि बढ्नु आवश्यक देखिन्छ । अत: मुलुकको भूगर्भमा रहेका बहुमूल्य तथा यस क्षेत्रको प्रवद्र्धनका लागि राज्य र निजी क्षेत्रको सहकार्यमा निम्न कार्य गर्नु जरुरी छ :

 

१. खानी उद्योगमा आन्तरिक तथा बाह्य लगानी एवं प्रविधि आकर्षित गर्ने ।
२. उच्च प्रविधिको प्रयोग गरी उत्खनन र प्रशोधन कार्यहरु संचालन गर्ने ।
३. प्रशोधित रत्न तथा पत्थरको मात्र निर्यात गर्ने ।
४. सार्वजनिक–निजी–साझेदारी अवधारणाअन्तर्गत खानी उद्योगहरु एवं प्रशोधन केन्द्रहरु स्थापना र संचालन गर्ने ।
५. रत्न तथा पत्थरको प्रशोधन, कटिङ्ग आदि कार्यमा नेपाली युवा जनशक्तिलाई परिचालन गरी रोजगारी प्रदान गर्ने ।
६. स्थानीय रत्न तथा पत्थरको उत्खनन र प्रशोधनका लागि संयुक्त लगानी परियोजना आह्वान गर्ने ।
७. प्रशोधनसम्बन्धी संयन्त्र र पूर्वाधारहरुको विकास गर्ने एवं आवश्यक तालिमको व्यवस्था गर्ने ।
८. मुलुकका विभिन्न स्थानहरुमा गोष्ठी, कार्यशाला आदि चेतनामूलक कार्यक्रम संचालन गर्ने ।
९. नेपालमा पाइने धातुजन्य एवं रत्न पत्थर आदि बहुमूल्य र अर्धबहुमूल्य खनिजहरुको स्थान, परिमाण आदि बारे वैज्ञानिक किसिमले अध्ययन, अन्वेषण गरी तथ्यगत रुपमा सार्वजनिक गर्ने ।
१०. राज्य, व्यवसायी, स्थानीयबासिन्दाबीच समन्वय गरी उत्खनन तथा प्रशोधन प्रक्रिया संचालन गर्ने ।
११. राज्यले रत्न तथा पत्थरको उत्खनन तथा प्रशोधनबारे राष्ट्रिय नीति तर्जुमा गरी आवश्यक ऐन, नियमहरु निर्माण गर्ने र स्थानीयदेखि केन्द्रीय तहसम्मका संपूर्ण सरकारी निकायबीच समन्वयात्मक रुपमा काम गर्ने सकिने अवस्था सिर्जना गर्ने ।
१२. अन्वेषणबाट पहिचान भएको क्षेत्रमा खानी उत्खननबाट निस्केका कच्चा पदार्थलाई स्थलगत रुपमा नै प्रारम्भिक स्तर परीक्षण गरी इन्डष्ट्रियल ग्रेडिङ्गलाई अलग गरी जेममा स्तरोन्नति गर्न सकिने कच्चा पदार्थलाई संकलन केन्द्रमा पठाउने ।
१३. संकलन केन्द्रमा प्राप्त जेम स्टोनलाई प्रशोधन केन्द्रमा जम्मा गरी प्रविधिबाट प्रशोधन अघि बढाउने ।
१४. प्रशोधनबाट निस्केको रत्न तथा पत्थरलाई प्रदर्शनी एवं बिक्रीवितरणका लागि प्रदर्शनी, बिक्री आदि खडा गरी स्थानीय बजार एवं अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने ।
आभूषणको निर्यात प्रवद्र्धन :
अन्तर्राष्ट्रिय बजारमा निर्यातको बृहत् सम्भावना रहेको नेपाली आभूषण उचित प्रोत्साहन र सहुलियतको अभावमा मूल्यसाग प्रतिस्पर्धा गर्न नसकी हतोत्साही हुादै गएको अवस्था छ । देशको कुल निर्यात व्यापारमा १५ प्रतिशतसम्मको योगदान गर्नसक्ने आभूषण क्षेत्रको प्रवद्र्धनको लागि राज्य र निजी क्षेत्रको सहकार्यमा निकासी अभियानको रुपमा कार्य गरिनुपर्दछ भन्ने महासंघको स्पष्ट धारणा छ । तसर्थ निर्यात प्रवद्र्धनार्थ निम्नकार्यहरु अविलम्ब कार्यान्वयन गरिनु अति जरुरी छ ।
१. निर्यात प्रयोजनको लागि नेपाल राष्ट्र बैंकले भन्सार बाहेकको मूल्यमा सहज र सर्वसुलभ तरिकाले सुन, चाादी उपलब्ध गराउने वा निर्यातकर्ता कम्पनी स्वयंले ड्युटी ड्र व्याक सुविधाको उपभोग गर्न पाउने प्रत्याभूतिसहित निर्यात आवश्यक पर्ने सुन आयात गर्न पाउने व्यवस्था हुनुपर्ने ।
२. गरगहना व्यवसायलाई उद्योगको रुपमा मान्यता दिई एवं निर्यातमूलक उद्योगले पाएसरहका प्रोत्साहन, पुरस्कार र सहुलियतहरु प्रदान गरिनु पर्दछ ।
३. पर्यटकहरुको आकर्षण र रोजाइको गिङ्खट आइटममा सुन/चाादीका गरगहना पनि पर्ने भएकोले स्वदेशमा विदेशी मुद्रामा बिक्री गर्नेलाई डिम्ड एक्सपोर्टको मान्यता दिइनुपर्दछ ।
४. सम्बन्धित आर्थिक वर्षभित्र हिसाब मिलान गर्न सकिने गरी निर्यातकर्ता कम्पनीको जिम्मामा पछि भुक्तानी प्राप्त हुने गरी निर्यात गर्न पाउने ‘टम्र्स एम्सपनेर्ट एण्ड पेमेन्ट’को व्यवस्था हुनुपर्दछ ।
५. नेपालमा कार्यरत ढुवानी सेवा प्रदायक बहुराष्ट्रिय कम्पनीहरुले जोखिम लिन नसक्ने भनी निर्यातका नेपाली बहुमूल्य वस्तुहरु ढुवानी गर्न नचाहने प्रवृत्ति देखिएको त्यसबाट गरगहना निर्यात हतोत्साहित हुने गरेको छ । अत: ढुवानीको प्रत्याभूतिका लागि राज्यले सम्बन्धित निकायसाग पहल गर्नुपर्दछ ।
६. नेपाली गरगहनाहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि विभिन्न देश र स्थानमा रहेका नेपाली कूटनीतिक नियोगहरुलाई सक्रिय तुल्याई आर्थिक कूटनीतिलाई क्रियाशील पार्नुपर्दछ ।
७. नेपाली गरगहनाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रतिनिधिमण्डल अन्तर्राष्ट्रिय ज्वेलरी एक्स्पोहरुमा सहभागी हुने व्यवस्था गर्नुपर्दछ ।
८. राज्य र यस महासंघले अन्तर्राष्ट्रिय क्षेत्रका ज्वेलरी व्यवसायीहरुका संस्थाहरुको प्रतिनिधिमण्डललाई नेपाल भ्रमणाका लागि संयुक्त रुपमा निमन्त्रणा गरिनुपर्दछ ।
९. राज्य र महासंघहरुको संयुक्त पहलमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको एक्स्पो एवं लगानीकर्ताको म्याच मेकर सम्मेलनको आयोजना गर्नुपर्ने ।
१०. गरगहनाको प्रवद्र्धन गरी यसबाट अर्थतन्त्रमा ठोस टेवा दिन सक्ने अवस्थाको सिर्जना गर्न स्थायी संस्थागत व्यवस्थाको लागि अधिकार सम्पन्न ‘नेपाल ज्वेलरी प्रमोसन काउन्सिल’ स्थापना गरी स्वायत्त संस्थाको रुपमा काम गर्न दिइनुपर्ने ।
११. विशेष ज्वेलरी क्षेत्रको स्थापना गरी गरगहनाको बजार विस्तारका लागि आवश्यक पूर्वाधारहरु निर्माण गने र एउटै छानामुनि उत्पादन, सीप विकास तालिम, प्रदर्शनी वितरण आदिको व्यवस्था मिलाउनुपर्ने ।

 
मुलुकको रत्न तथा आभूषण क्षेत्रमा प्रशस्त सम्भावनाहरु विद्यमान रहेकोले यसलाई विकास र प्रवद्र्धन गरिएमा आम रोजगारी, निर्यात प्रवद्र्धन एवं राजस्व अभिवृद्धि आदि अर्थतन्त्रको दिगो र आधारभूत क्षेत्रको रुपमा स्थापित गर्न सकिने हुनाले यसतर्फ राज्य र निजी क्षेत्रको सहकार्यमा विस्तृत योजनासहित अविलम्ब कार्य गरिनुपर्दछ । निर्यात व्यापार नकारात्मक दिशातर्फ तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा वार्षिक १५ प्रतिशतसम्म योगदान दिन सक्ने आभूषण क्षेत्रलाई बृहत् उद्यम, व्यवसायको रुपमा विकास गर्न राज्य र निजी क्षेत्रको सहकार्यमा संस्थागत व्यवस्था गरी अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धामा आवश्यक पर्ने सबै प्रकारका प्रोत्साहन एवं सुविधाहरु सहज रुपमा उपलब्ध गराई निर्यात प्रवद्र्धनका लागि ठोस र उपलब्धिपूर्ण किसिमले कार्य हुनुपर्दछ । वर्तमान आभूषण क्षेत्र आयातमुखी र उपभोगमुखी हुादै गएकोले कच्चा पदार्थको आयातमा बाहिरिने गरेको पुाजीलाई नियन्त्रण गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न देशको भूगर्भमा उपलब्ध रत्न तथा पत्थरको अन्वेषण, उत्खनन र प्रशोधनको लागि बृहत् राष्ट्रिय अभियान संचालन गरी आन्तरिक तथा बाह्य पुाजी एवं उच्च आधुनिक प्रविधि प्रयोग गरी अर्थतन्त्रले भरपूर लाभ लिनसक्ने अवस्थाको प्रत्याभूति गरिनुपर्दछ ।

 
(महर्जन नेपाल सुनचाादी रत्न तथा आभूषण महासंघका अध्यक्ष हुनुहुन्छ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here