–निमकान्त पाण्डे–
शीर्ष पंक्तिका शब्दहरू पढ्दा यो पंक्तिकारलाई माओवादी एकताको विरोधी भन्ने आरोप पनि लाग्न सक्ला । परन्तु यो पंक्तिकार माओवादी एकताको विरोधी पक्कै पनि होइन भन्ने कुरा सर्वप्रथम स्पष्ट पार्न चाहन्छु । माओवादी किन जन्मिएको हो ? माओवादीका नामबाट दशवर्षे जनयुद्ध किन भएको थियो ? लगभग १६ हजारको संख्यामा नेपाली जनताले किन बलिदानी दिएका थिए ? भारतीय विस्तारवादविरुद्ध किन सुरुङ युद्धको उद्घोष गरिएको थियो ? यस्ता प्रश्नहरूको उत्तर नखोजीकन माओवादी एकताको अर्थ निस्किन सक्दैन ।
१० वर्षसम्म सशस्त्र संघर्षपश्चात् शान्तिप्रक्रियामा आउादा अपत्यारिलो सफलता हासिल गरेको माओवादी शान्तिप्रक्रियामा प्रवेश गरेको १० वर्ष पुग्दा नपुग्दै अस्तित्वको संघर्षबाट गुज्रिरहादा एकता प्रक्रियाले माओवादीमाथि आस्थावान जोकोहीलाई पनि खुसी नलाग्ने कुरै छैन । त्यो खुसीबाट स्वयं पंक्तिकार पनि टाढा छैन । तर मुख्य विषय माओवादी शक्तिको एकताभन्दा पनि आगामी दिनमा माओवादीहरूको राजनीतिक कार्यदिशा कस्तो हुने र उनीहरूले विगतमा उठाएको राष्ट्रिय स्वाधीनताको मुद्दा के हुने भन्ने हो । किनभने अहिले जे जति माओवादी शक्ति एकता प्रक्रियामा सहभागी भए, उनीहरूले केवल एकताको विषयलाई मात्र जोड दिएका छन् । तर हुनुपर्ने के थियो भने हिजो माओवादीमा फुट र विभाजनको कारणलाई प्रष्ट पारेर मात्र एकता प्रक्रिया अघि बढाउनुपर्ने थियो । के कति कारणले माओवादीहरू विभाजन भएका थिए ? एकीकृत हुादा देखिएका १० वटा समूह के कारणले छुट्टाछुट्टै भएका थिए ? अनि के के कुरामा समझदारी बन्यो र एकता भयो ? यस्ता विषयमा यो एकता प्रक्रियामा कुनै छलफल र बहस भएको पाइएन । यसले तत्कालको लागि माओवादी शक्तिहरूको एकताले भौतिक रूपमा पार्टी ठूलो देखिन सक्छ तर विगतका तिक्तताहरूमाथि बहस नै नभई भएको एकताले कसरी मनोवैज्ञानिक रूपमा सामिप्यता कायम गर्न सक्ला र ?
यो पंक्तिकार लगभग दुई दशक पहिले नेकपा एमाले विभाजित भई नेकपा (माले) पुनर्गठन हुादा सक्रिय रूपमा सहभागी भएको थियो । महाकाली सन्धिको पक्ष र विपक्षमा एमाले विभाजित हुादा भएको पार्टी विभाजनको औचित्य थियो वा थिएन भन्ने कुरा पुष्टि गर्न नसकी माले पुनर्गठन अभियानका नायक वामदेव गौतम एमालेमै फर्किनुभयो । परन्तु उहााले महाकाली सन्धि गलत थिएन भनेर अझै पनि भन्न सकिरहनुभएको छैन । तर एकीकरण अभियानमा लागेर उहााले महाकाली सन्धिका प्रखर पक्षधर नेता केपी ओलीलाई समेत आज देशभक्ति अडानमा सहभागी गराएर आफू पनि त्यसैमा सहयात्री बन्नु भएको छ ।
माओवादी शक्तिहरूबीचको एकता प्रक्रियाका बारेमा चर्चा गर्दा हिजो माओवादी फुट्नुका कारणको चर्चा गरिएन भने त्यो एकतर्फी हुनेछ । त्यसैले एकपटक विगतलाई हेराौ, जतिबेला तत्कालीन एमाओवादीबाट ठूलो तप्का मोहन वैद्य ‘किरण’, रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत बाहिरियो । फुटका आन्तरिक कारण उनीहरूले नै जानून् तर बाहिर देखिएका कारणहरू भने, माओवादी नेतृत्व विचारबाट विचलित भयो र भारतपरस्त भयो भन्ने नै थियो । अझ प्रष्ट शब्दमा भन्ने हो भने हाल वैद्य नेतृत्वको माओवादी पार्टीलाई फुटाएर एकता प्रक्रियामा सहभागी भएका बादलले त एमाओवादी अध्यक्ष प्रचण्डलाई भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट समेत भन्न भ्याएका थिए । पार्टी फुटेसागै देव गुरुङ र पम्फा भुसाललगायतका नेताहरूले एमाओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहालबाट परिवर्तन सम्भव नभएको भन्दै परिवर्तनका लागि नयाा क्रान्तिको उद्घोष गरेका थिए । तर फुटेको झण्डै चार वर्षपछि आफूहरू फुट्नुको कारण प्रष्ट नखुलाई बादलले आफौले ‘रअ’को एजेन्ट भनेका दाहाललाई अध्यक्ष मान्न तयार भए, त्यो पनि निकै उत्साहित ढंगले । एमाओवादीमा विलीन हुने अन्य माओवादी शक्तिहरूको एकतामा न त एकता गर्नेले विगतमा फुट्नुको स्पष्टीकरण दिन आवश्यक ठाने न त एमाओवादीले आफू सुध्रिएको सन्देश नै दिन सकेको छ । बरु फुटको शिकार भएको माओवादीमा नवधनाढ्य र भारतपरस्तहरूको बिगबिगी नै बढेका गुनासोहरू सुनिन थालेका छन् । यस्तो अवस्थामा भएको एकताले के सन्देश देला ?
माओवादीधारका केही नेताहरूबीचको एकता प्रक्रिया टुंगिसकेको अवस्थामा अझै पनि एउटा ठूलो र जनयुद्ध लडेको माओवादी शक्ति बाहिरै रहेको छ । तुलनात्मक रूपमा राष्ट्रवादीधारको उक्त माओवादी समूहका बीचमा पनि एकता प्रक्रियाको विषय नउठेको होइन । तर एकताका लागि राष्ट्रियता र जनजीविकाका विषयलाई सम्बोधन गर्न जस्तोसुकै त्याग गर्न तयार हुनुपर्ने प्रस्तावलाई (तत्कालीन एमाओवादी) हालको नेकपा माओवादी केन्द्रले स्वीकार गर्न तयार नहुनुले अझै विगतमा आरोप लगाएजस्तै माओवादी केन्द्र अहिले पनि क्रान्तिबाट विचलित पार्टी नै हो कि भन्ने आशंका गर्नेहरूलाई थप बल पुगेको छ । यस्तो अवस्थामा माओवादीको एउटा समूह बाहिर हुादाहुादै पनि त्यसैभित्र रहेको अर्काे समूह विलीन हुन तयार हुनुले माओवादी एकतामा वैचारिकधार र राष्ट्रवादी दृष्टिकोणबीच एकता भएको छ भन्ने कुनै आधार भेट्न सकिादैन । फेरि अर्काेतर्फ मुलुक अहिले इतिहासकै सबैभन्दा संगीन मोडबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा जुनसुकै राजनीतिक दल र नेतृत्वले आफूलाई राष्ट्रियताको पक्षमा अविचलित बनाउनुको विकल्प छैन । तर माओवादी एकतामा त्यसभन्दा फरक चरित्र देखापर्यो अर्थात् एकता प्रक्रियामा राष्ट्रियताका विषयमा प्रष्ट रूपमा देखिएको समूहलाई सम्बोधन नै नगरी एकता प्रक्रिया अघि बढाइयो । जुन आम अपेक्षा र अभ्यासभन्दा फरक छ । यस्तो किसिमको एकताले पार्टीलाई तत्कालका लागि भौतिक रूपमा ठूलो त बनाउला तर राष्ट्रियता, जनजीविका र समग्र मुलुकका पक्षमा माओवादीहरूको भूमिका के हुने भन्ने विषयमा भने सधैं प्रश्नचिह्न खडा भइरहनेछ । साथै विगतमा पार्टी फुट्नु र फुटाउनुको कारणै प्रष्ट नपारी वैचारिक सामीप्यता विना गरिएको एकताले पार्टीको भविष्यलाई थप संकटमा पार्ने बलियो सम्भावनालाई नकार्न सकिादैन । तथापि माओवादी शक्तिहरूबीचको एकतापश्चात् एक वर्षभित्रमा एकताको महाधिवेशन गर्ने प्रचार पनि गरिएको छ । यसको तयारी पनि भइरहेको छ, त्यो महाधिवेशनले अहिलेको एकता र पार्टीको कार्यदिशालाई पनि प्रष्ट पार्ने नै छ । युद्धकालका राष्ट्रिय स्वाधीनताका मुद्दाहरू र युद्धकालकै जनजीविकाका सवालहरूमा एकता महाधिवेशन कसरी प्रस्तुत हुने हो भन्ने महत्वपूर्ण पक्ष देखिन्छ । यस्ता गम्भीर विषयहरूतर्फ एकता महाधिवेशनले गहन छलफल गरेर राष्ट्रियता र जनजीविकाका विषयहरूलाई प्राथमिकतामा राखेर कार्यदिशा तय गरियो भने यो एकता प्रक्रियाको सार्थकता त्यतिबेलै स्पष्ट होला । अहिलेलाई यत्ति मात्र ।