युरोकम्युनिज्म प्रभावमा माओवादीहरूको विभाजन र एकता

169

हुकुमबहादुर सिंह

 
आज माओवादी पार्टीहरू तथा समूहहरू र स्वतन्त्र माओवादी व्यक्तिहरूमा माओवादीहरूको एकताको नाममा रूपमा सबै माओवादीहरूको एकता भनिएता पनि सारमा उनीहरूबीचमा पुन: नयाा प्रकारले फुट बढाउने र नेपाली कम्युनिष्ट आन्दोलनमा भ्रम सृजना गर्ने कामहरू भएका छन् । राजनीतिक लाइन र संगठनात्मक पक्षहरूमाथि गम्भीरतापूर्वक विचार नगरी खालि प्राविधिक आधारमा पार्टी एकताको कुरा गर्नु माक्र्सवाद—लेनिनवाद—माओवादविरुद्धको कुरा त हो नै, साथै यो पूर्णत: अवसरवादी पद्धति हो । अझ अहिले बादलको नेतृत्वमा एमाओवादीलगायत अन्य समूहहरूसित जुन एकताको कुरा गरिएको छ, त्यसमा इमानदारिताको पूरै कमी पाइएको छ, षड्यन्त्रले प्रशस्त काम गरेको छ भन्ने त पार्टी अध्यक्ष किरणको पार्टी नेता, कार्यकर्ता तथा जनताको नाममा गरिएको आह्वानले स्पष्ट पार्दछ । उहाा भन्नुहुन्छ, त्यसमा कैयौा प्रकारका चालबाजी, षड्यन्त्र र फुटपरस्त तरिकाहरू सामेल पाइएका छन् ।
विगतमा पूर्वी युरोप र रुसमा भएका घटनाहरूतर्फ फर्केर हेर्दा पूर्वी युरोप र रुसमा नांगो रूपमा कम्युनिज्मका सिद्धान्तहरूलाई परित्याग गरिएको थियो । एकतामा सहभागी कैयौा कमरेडहरूले विगत केन्द्रीय समितिको बैठकमै नयाा जनवादीक्रान्तिको विरोध गरेका थिए, जनवादी केन्द्रीयतामाथि प्रत्यक्ष आक्रमण गरिएको थियो । नेकपा—माओवादीको पहिलो विभाजनलाई मलजल गरेर त्यसको विभाजनपछि विप्लवको पार्टीमा नगई उनलाई गाली गर्दै पुन: नेकपा—माओवादीमै बस्ने तर यसको अहिलेको नेकपा (क्रान्तिकारी माओवादी)को विभाजनबाट एमाओवादीमा समावेश गर्न हदैसम्मको गैरराजनीतिक कार्यहरू गरिए । ती व्यक्तिहरू जो त्यसबेलामा विप्लवलाई पार्टी विभाजन गर्न मद्दतगार बने, उनीहरूले आफ्नो आक्रमणको तारो बादल, देव गुरुङ्ग र पम्फा भुसाललाई बनाएका थिए । अहिले तिनै व्यक्तिहरूले किरणका विरुद्ध बादल, देव गुरुङ्ग र पम्फा भुसालसित घााटी मात्रै जोडेनन्, पार्टी विभाजनको प्रवक्ता बनेका छन् । उनीहरू आवश्यक परे स्वयम् माओवादी कम्युनिष्ट पार्टी र मालेमावाद नै परित्याग गर्न कठिन मान्ने छैनन् । यसो गरेर उनीहरूले के पाउनेछन् ? लोकतान्त्रिक गणतन्त्रात्मक पुाजीवाद, जसका विरुद्ध विगत दश वर्षसम्म नेपाली मजदुर वर्गले उनलाई नै नेता मानेर बलिदान दिएको थियो । उनीहरूका लागि अहिले एउटा अहम् प्रश्न तेर्सिएको छ— के नयाा जनवाद र समाजवादको विकल्प, प्रगतिशील र जनपक्षीय विकल्प लोकतान्त्रिक गणतन्त्रात्मक पु‘जीवाद हुनसक्छ ? किनभने यो एकताले पुर्‍याउने गन्तव्य पुाजीवादी संसदीय व्यवस्थाको संविधानको कार्यान्वयन नै हो ।
यो सही हो माओवादीहरूको एकताले जनयुद्धका पीडितहरू, सहिद परिवार, बेपत्ता परिवार, अपांगलगायत जनयुद्ध समर्थकहरूमा खुशी ल्याउनेछ र ल्याएको पनि छ तर त्यो क्षणिक खुशीसिवाय केही हुने छैन । बादलको नेतृत्वमा नेकपा (क्रान्तिकारी माओवादी)को विभाजनका लागि बहसका दौरानमा दुईटा गलत प्रवृत्ति उल्लेखनीय छन्— प्रथम, पार्टी नेतृत्व खासगरी पार्टी अध्यक्ष किरणको भूमिकाको विरोध, द्वितीय जनवादी केन्द्रीयताको विरोध । यी दुवै प्रवृत्तिहरू नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि एमालेमा प्रखर रूपले उठेको छ भने अहिले माओवादीहरूबीचको एकताको नाममा विभिन्न माओवादीहरू र खासगरी अहिले बादलले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी)भित्र बलियो गरी देखियो र यही नै विभाजनको धेरै कारणमध्ये एउटा बलियो कारक बन्न गयो ।
पूर्वी युरोपमा आएको कम्युनिज्म जसलाई युरोकम्युनिज्म भनिन्छ, त्यसको दृष्टिकोण पार्टीको नेतृत्वदायी भूमिकाको विरोध र जनवादी केन्द्रीयताको आवश्यकताको विरोध हो । त्यसले पार्टीको नेतृत्वदायी भूमिकालाई “तानाशाही” ठान्दछ । अहिले क. स्वनाम र क.लेखनाथका बैठकमा प्रस्तुत विचारहरूले पार्टी केन्द्रीय सदस्यहरूमा काफी भ्रम पार्न सफल भए । यी दुवै दस्तावेज र खासगरी क. लेखनाथको दस्तावेजमा युरोकम्युनिज्मको बलियो प्रभाव पाइन्छ । हुन पनि हो उनको विद्यार्थी मोर्चाको कामको अनुभव र बुद्धिजीवी पृष्ठभूमिका कारण पनि युरोकम्युनिज्मको प्रभाव सजिलो गरी पर्नु स्वाभाविक हो । अहिलेको बादल कमरेडको विभाजनमा ती दुई कमरेडहरूका गलत भनाइहरूको प्रभावलाई आम केन्द्रीय सदस्यहरूले चिर्न असफल भए, परिणाम बहुमत कमरेडहरू उनीहरूले फैलाउन सफल भएको युरो कम्युनिज्मको उक्त ज्वारभाटासितै बगेर जानु भयो तर क्रान्तिका लागि प्रतिबद्ध कमरेडहरूले केही समयपछि त्यो गलत प्रवृत्तिलाई पहिचान गर्नु हुनेछ र क्रान्तिको मार्गतर्फ आकर्षित हुनु हुनेछ ।

 

तर यसप्रकारको प्रभावका पछाडिको मूल कारण उनीहरूका दस्तावेज मात्रै नभई पार्टी र जवसहरूमा लामो समयदेखि विकसित हुादै गएको त्यही प्रकारको चिन्तन प्रणाली नै हो । जसको परिणाम पूरै पार्टीको एकता, क्रान्तिकारी मनोबल, कार्यकुशलता र अनुशासनमा बाधा पुग्न गयो । हामीलाई थाहा छ पार्टीका नेता तथा कार्यकर्ताको वर्गीय आधार निम्न पुाजीवाद नै हो । निम्न पुाजीपति वर्गको स्वाभाविक झुकाव युरोकम्युनिज्मप्रति नै हुन्छ । परिणाम नेतृत्वको अनावश्यक भोक, महत्वाकांक्षा आदिले बलियो गरी जरा फैलाउाछ । वर्तमानमा जसरी पार्टी विभाजन गरेर सिद्धान्त र राजनीतिलाई गौण बनाएर पार्टी एकताका लागि जे जस्ता प्रयत्नहरू भए, गरिए, त्यसमा नेपाली कम्युनिष्टहरू खासगरी माओवादीहरूमा यो कम्युनिष्टविरोधी धार— युरोकम्युनिज्मका विरुद्ध सैद्धान्तिक, वैचारिक र संगठनात्मक लडाइाको आवश्यकता झन् टड्कारो रूपले देखिएको छ । जब पार्टीभित्र सर्वहारा वर्गीय संस्कृतिको आवश्यकतालाई महत्व दिइादैन र पार्टीभित्र र जनताका बीचमा सर्वहारा संस्कृतिलाई उाचो गरिने प्रयास गरिादैन, यस्ता गलत प्रभावहरूले पार्टीलाई विभिन्न बहानामा विभाजन गराउन सफल हुन्छन् । नेकपा (क्रान्तिकारी माओवादी)को वर्तमान विभाजनमा पनि यो प्रवृत्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले काम गरेको त छैन ? गम्भीर प्रश्न उठेको छ ।
नेकपा (क्रान्तिकारीमाओवादी)भित्र एउटा अतिवाद यसरी मौलाइरहेको छ, जसले विगतमा विप्लवलाई पार्टी विभाजनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले आगो झोस्ने काम गरेको थियो । उनलाई जंगलतर्फको मार्ग देखाएर आफूहरू संस्थापनमै बस्न रमाएका थिए र अहिले पुन: यो पार्टीलाई विभाजन गराएर एमाओवादीसित एकताको नाममा पार्टीलाई आत्मसमर्पण गराउन पनि त्यही शक्ति लागिपर्‍यो र यसमा उनीहरू दुवै पटक सफल भए । तर इतिहासले उनीहरूको क्रान्तिकारी नैतिकतामाथि भने अवश्य प्रश्न उठाउनेछ ।
तसर्थ, कुनै पनि हालतमा पार्टीलाई विभाजित गर्न चाहनेहरूको तत्कालका लागि जित भएको छ र पार्टीको आन्तरिक एकता खलबलिएको छ । यसबाट पाठ सिक्दै पार्टीमा बचेका कमरेडहरूले अब सर्वहारा वर्गीय मुक्तिका लागि पार्टीलाई एकढिक्का बनाएर अन्य कम्युनिष्ट क्रान्तिकारीहरूलाई पनि हसियाा हथौडा अंकित झण्डामुनि गोलबन्द गर्दै नेपाली क्रान्तिको झण्डालाई फेरि एकपटक उचा उठाउने नयाा पहलकदमीको खांचो छ । अब पार्टीमा बााकी रहेका केन्द्रीय समितिका सम्पूर्ण कमरेडहरू बढो गम्भीरताका साथ एक पटक कमरेड किरणको पार्टी एकताका आधारहरूलाई दह्रो गरी पक्डेर पार्टीभित्रका सम्भावित षड्यन्त्रहरूलाई चिर्दै माओवादी आन्दोलनलाई क्रान्तिका लागि एकताबद्ध गर्न र सफल बनाउन एकजुट भएर अगाडि बढ्नु आवश्यक छ र दक्षिणपन्थी ज्वारभाटाका विरुद्ध क्रान्तिकारी ज्वारभाटाको निर्माण जरुरी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here