राष्ट्रपति भण्डारीले चलचित्रकर्मीलाई सम्मान गर्ने

149

काठमाडौं/ चलचित्र विकास बोर्डको १६औं वार्षिकोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड वितरण गरिने बोर्डले जनाएको छ । बोर्डले आउादो असार १६ गते राष्ट्रपति भवनमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने भएको छ ।
उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट चलचित्रकर्मी र चलचित्रलाई पुरस्कार प्रदान गर्ने भएकी छिन् । बोर्डले १६ असारलाई आफ्नो स्थापना दिवस मान्दै आएको छ । त्यस्तै बोर्डले चलचित्र ‘पशुपति प्रसाद’ र ‘छाया’लाई ०७२ सालको विशेष चलचित्र घोषणा गरेको छ । ‘पशुपतिप्रसाद’लाई दीपेन्द के खनालले निर्देशन गरेका हुन् भने मनोज पण्डित निर्देशित चलचित्र हो ‘छाया’ । दुवै चलचित्रले सबटाइटल गरेबापत दुई लाख रूपैया बोर्डबाट पाउने भएका छन् । बोर्डले ०७२, वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शन भएकामध्ये उत्कृष्ट ठहरिएका यी चलचित्रलाई विशेष घोषणा गरिएको जनाएको छ । त्यस्तै बोर्डले स्नातक तहमा चलचित्र सम्बन्धी अध्ययनरत विद्यार्थीलाइ छात्रवृत्ति उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here