३० वर्षपछि बुद्ध जन्मभूमि पुग्दा

296

राज्यलक्ष्मी शाक्य

 
गत शनिबार वैशाख शुक्ल पूर्णिमाका दिन विश्वभर २५६०औा बुद्ध जयन्ती मनाइयो । नेपाल त झन् बुद्धको जम्मभूमि भएकाले यसको महत्व अझ बढी हुने नै भयो । त्यसैले बुद्धको जन्मभूमि लुम्बिनीमा विशेष समारोहको आयोजना गरी मनाइादै थियो । उक्त समारोहमा पंक्तिकारलाई पनि सहभागी हुने सुअवसर मिलेको थियो । यद्यपि पंक्तिकारलाई ६ वर्षको हुादाप हिलोपटक लुम्बिनी भ्रमण गर्ने मौका मिलेको थियो । बुबासागको त्यो यात्रामा पंक्तिकारलाई लुम्बिनीको शान्त र पवित्र वातावरणले निकै आकर्षित गरेको थियो ।
२५६०औं अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोहका अवसरमा लुम्बिनी पुग्दा म निकै भावुक भएा । तीन वर्षअघि पिताजीको निधन भएपछि मलाई लुम्बिनी घुम्ने इच्छा हुादाहुादै पनि अवसर जुरेको थिएन । त्यसकारण यो भ्रमण मेरा लागि आफ्नो आदरणीय पिताको स्मरण र बुद्धका उपदेशहरू मनन गर्ने अवसरको रूपमा प्राप्त भयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपालका मुख्य दलका प्रमुख नेताहरूको उपस्थिति रहेको थियो । विश्वका २८ मुलुकका ३८५ जना बुद्धिजीवी र भिक्षुहरू सहभागी भएको समारोहमा झण्डै ५० हजार स्वदेशी तथा विदेशी पाहुनाहरूको आगमन भएको थियो । सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लुथानिया, मलेसिया, मंगोलिया, कतार, रोमानिया, साउथ कोरिया, श्रीलंका, स्वीट्जरल्यान्ड, थाइल्याण्ड, टर्की, युके, अमेरिका, भियतनामका विद्वान् र भिक्षुहरू सहभागी भए । नेपालले पहिलो पटक आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अन्तिम दिनमा लुम्बिनीबाट १० बुादे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनमा सहभागीहरूले नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गमस्थल र बुद्धको कर्मथलो भएको स्वीकार गरेका छन् । त्यस्तै बुद्ध धर्म एसियाको मात्र ज्योति होइन, समग्र विश्वकै ज्योति हो, विश्वशान्तिको प्रस्थान बिन्दु नेपाल हो भन्ने कुरा पनि पारित भएको छ । लुम्बिनी विकासको मास्टर प्लान बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई बराबरी विकास गर्ने पनि सहमति भएको छ । लुम्बिनी विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्ट बनाउने १० बुदेमा घोषणा भएको छ । बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया, ज्ञान बााडेको भारतकै सारनाथ र बुद्धले मृत्युवरण गरेको भारतकै कुशीनगरको पनि बराबरी विकास गर्ने घोषणापत्रमा उल्लेख छ । त्यसैगरी ग्लोबल बुद्धिष्ट फोरम बनाउने घोषणा पनि गरिएको छ । यसको उद्देश्य विश्वभर शान्ति र भाइचाराको विकास गर्ने, मानवीय शान्ति, जनावरको अधिकारलगायतका कामहरू गर्ने उल्लेख गरिएको छ ।
आजभन्दा २५६० वर्ष अगाडि जन्मिएका गौतम बुद्धलाई अहिले पनि सारा विश्वले सम्झिरहेको छ । बुद्धले मानव समुदायको कल्याणको लागि प्रदान गरेका अमूल्य उपदेशहरू आज पनि अवलम्बन गर्नु उत्तिकै समयसान्दर्भिक र अझ आवश्यक देखिएको छ । विश्वमा मानव समुदायबीच नै आपसी शत्रुता, आणविक शत्रास्त्रको होडबाजी, अशान्ति, कलह र हिंसा मच्चिएको अवस्थामा यो समस्याबाट मुक्तिको एकमात्र विकल्प भनेको बुद्धले छाडेका पदचापलाई पछ्याउनु नै हो । यसले समग्र विश्वको कल्याण गर्छ भन्नेमा कसैको दुईमत छैन । बुद्धका चार आर्य सत्य उपदेशहरू जसमा संसार दुखैदु:खले व्याप्त छ, दु:खको कारण छ, दु:खको अन्त्य हुन सक्छ र दु:खको अन्त्यको उपाय वा मार्ग पनि छन् भन्ने कुरालाई आज मानव समुदायले चिन्तन–मनन नगर्दा नै दु:खमय जीवन बिताउन बाध्य भएको ठहर गर्न सकिन्छ । यसका साथै बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् । यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । तर विडम्बना समग्र विश्व नै अहिले बुद्धका यी उपदेशहरू विमुख बन्दै गएको छ । अहिले नेपाल आफौ बुद्धको मार्गमा हिाड्न सकेको छैन । राजनीतिक दलहरूको खिचातानी र स्वार्थी प्रवृत्तिका कारणले जनताले सुखको महसुस गर्न सकेका छ्रैनन्, शान्तिको अनुभव गर्न सकेका छैनन् । बुद्धको जयन्ती मनाइरहादा यो कार्यक्रममा सहभागी भएका नेताहरूले बुद्धको पदचाप पछ्याउने कोसिस गरे अवश्य पनि नेपाल शान्तिभूमिको रूपमा विश्वमै परिचित हुन थप बल पुग्ने थियो ।

 
बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने कुरामा अब विश्वको बौद्धिक वर्गमा कुनै भ्रम छैन । भएका भ्रमहरूलाई चिर्न पनि यो सम्मेलन सफल भएको छ । अब आवश्यक छ त केवल बुद्धभूमि लुम्बिनीको व्यापक प्रचारप्रसारको मात्र । प्रचारको त्यो पाटोमा यस सम्मेलनले केही इाटा थप्ने मजबुत प्रयास गरेको छ । यस सम्मेलनले बुद्ध धर्मावलम्बीहरूलाई नेपाल भ्रमणको लागि अझ प्रेरित गरेको छ । यसले नेपालको पर्यटनमा टेवा पुर्‍याउने निश्चित छ । यस्तो सम्मेलन आगामी वर्षहरूमा पनि आयोजना हुनसके लुम्बिनीको थप प्रचारप्रसार र नेपालको पर्यटनलाई अघि बढ्न मद्दत मिल्नेछ । तर कार्यक्रमको आयोजनाको दौरान देखिएको कमजोर व्यवस्थापनलाई भने आगामी दिनहरूमा सच्याउन जरुरी छ ।

1 COMMENT

  1. My dear ur article is good. But for ur kind information this is not the first conference. Already two previous World Buddhist Conferences have been held by our government. Thanks

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here