सिड्नी/ नेपाली कलाकारहरूले अष्ट्रेलियाको सिड्नीमा बेजोड प्रस्तुति पस्किएका छन् । नेपालबाट गएका लोकगायक प्रेमराजा महत र शान्ति भण्डारीको हलै नचाउने लोक गीत, हास्य कलाकार राजाराम पौडेलको पेट मिचिमिचि हसाउने हाास्य प्रस्तुति अनि नायिका प्रियंका कार्कीको आकर्षक नृत्यका कारण सिड्नीको कार्यक्रमस्थल भव्य भएको जनाइएको छ ।
उक्त कार्यक्रममा करिब एक हजारको हाराहारीमा दर्शकहरू सहभागी थिए । गायक प्रेमराजाले आफ्ना चर्चित गीतहरू गाउादा दर्शकहरू मन नै थाम्न नसकेर स्टेजमा नै आएर नाचेका थिए भने गायिका भण्डारीसाग नाच्न चाहनेहरूको भीड बाक्लै थियो । उता यतिबेलाकी हटकेक नायिका प्रियंका कार्कीको दर्शक तताउने नृत्य आकर्षक थियो । कार्यक्रमका अर्का केन्द्र थिए हास्य कलाकार राजाराम पौडेल । सिड्नीकै बसाइामा उनले तयार पारेको हास्य प्रस्तुति प्रशंसनीय थियो ।