प्रधानमन्त्री मोदीलाई नेपालप्रति थप आक्रामक बन्न उक्साउादै भारतीय कांग्रेस
काठमाडौं/ नेपालका प्रमुख राजनीतिक दलहरू सरकार परिवर्तनको खेलमा एक अर्काेविरुद्ध षड्यन्त्रका तानाबाना बनाउनमै तल्लीन भइरहेका बेला दक्षिणी छिमेकी भारत भने नेपालमाथिको हस्तक्षेपलाई कसरी प्रभावकारी बनाउने भन्ने योजना बनाउादै छ । नेपालको आर्थिक तथा भौगोलिक विकासमा सहयोगी भूमिकामा प्रस्तुत भइरहेको उत्तरी छिमेकी मुलुक चीनलाई जसरी पनि नेपालमा हावी हुन नदिने योजनामा भारत लागेको पाइएको छ । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सरकारको नेतृत्व सम्हालेपछि नेपाल मामिलामा निकै कडा रूपमा प्रस्तुत भएको भनेर आलोचना भइरहेका बेला भारतीय विपक्षी दल कांग्रेस आईले मोदी नेपाल मामिलामा नरम भएको भन्दै नेपाल नीतिलाई थप कठोर बनाउन दबाब दिन थालेको छ ।
मोदीको दुई वर्षे कार्यकालमा विदेश नीति असफल भएको आरोप लगाएको कांग्रेस आईले मोदीको आलोचना गर्दै बुकलेट नै प्रकाशित गरेको छ । उक्त बुकलेटमा नेपाललगायतका छिमेकी मुलुकहरूसागको मोदीको विदेश नीतिका बारेमा आलोचना गरिएको छ । उक्त बुकलेटमा मधेस आन्दोलनका विषयमा मोदी नरम देखिएकाले समस्या बढेको उल्लेख गरिएको छ । त्यस्तै मोदीले नेपालमा चीनले रेल, रोड लिंक जोडेको विषयमा पनि मोदीको व्यापक आलोचना गरिएको छ । मोदीको विदेश नीतिकै कारण चीन नेपालमा पसेको भन्दै यसले भारतलाई चुनौती थपिदिएको जनाइएको छ ।
भारतको सत्तामा लामो समयसम्म आफ्नो प्रभाव स्थापना गरेको भारतीय कांग्रेसले आफ्नो शासनकालमा नेपाललाई भारतमाथि निर्भर बनाउने नीति अवलम्बन गरेको थियो । भारतीय कांग्रेसको तुलनामा नेपाल मामिलामा केही उदार भनिएका भारतीय जनता पार्टीका नेता मोदी प्रधानमन्त्री भएपछि नेपाल भारत सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको थियो । सुरुमा आम अपेक्षाअनुसार नै मोदीले झण्डै १७ वर्षपछि भारतीय सरकार प्रमुखका रूपमा नेपालमा भ्रमण गरेका थिए । लामो समयपछि भारतीय सरकार प्रमुखले लगातार दुईपटक गरेको भ्रमणले भारत नेपाल मामिलामा लचक भएको अनुमान गरिएको थियो । तर नेपालमा संविधान निर्माण प्रक्रिया अघि बढेपछि भने मोदीको नेपाल नीतिमा निकै कठोरता आएको थियो । यसैको प्रतिक्रियास्वरूप भारतले नेपालमा ५ महिनासम्म अघोषित नाकाबन्दी गरेको थियो । यो झण्डै २७ वर्षपछि नेपालले भारतबाट भोगेको सबैभन्दा ठूलो पीडा थियो । यसअघि तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस आईका नेता राजीव गान्धीले २०४५मा लामो समयसम्म नेपालमा नाकाबन्दी लगाएका थिए ।
विनाशकारी भूकम्पलगत्तै भारतले नेपालमा लगाएको नाकाबन्दी मानव समुदायले भोग्ने पीडामध्येको एउटा दर्दनाक पीडा थियो । जुन नरेन्द्र मोदी सरकारले नेपालमाथि लगाएको थियो । सम्भवत: मोदी सरकारले भूकम्पको पीडा भोगेका नेपालीमाथि गरेको यति धेरै क्रूर व्यवहार मावन इतिहासमा हुने दुर्लभ घटना हो । तर भारतीय कांग्रेसले भने यसलाई सामान्य ठान्दै थप कडा रूपमा प्रस्तुत हुन मोदीलाई उक्साइरहेको उसले प्रकाशन गरेको बुकलेटबाट प्रष्ट हुन्छ । नेपाल र भारतबीच पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका विषयामा छलफल तथा बहस भइरहेका बेला भारतीय कांग्रेसले सार्वजनिक गरेको नेपाल नीतिबारेको बुकलेटले नेपाल मामिलामा भारतका सबै दलहरू क्रूर रहेको पुष्टि हुन्छ । यसले भारत नेपालसाग स्वतन्त्र छिमेकी मुलुकका रूपमा भन्दा पनि नेपाललाई आफ्नो स्वार्थअनुसार चलाउन खोज्छ भन्ने पुष्टि हुन्छ । जुन स्वतन्त्र नेपालका लागि निकै नै खतरा रहेको विश्लेषकहरूको भनाइ छ ।