संयुक्त मोर्चा बन्दै माओवादी केन्द्र

162

हुकुमबहादुर सिंह

 
नेकपा (क्रान्तिकारी माओवादी)भित्रका केही कमरेडहरूले हतारमा बादलको नेतृत्वमा एमाओवादी प्रवेश त गरे तर त्यसपछि उनीहरूसित एक प्रकारको अन्यौलता छाएको छ । खासगरी नेकपा माओवादी केन्द्र बनेपछि सबै केन्द्रीय नेताहरू सागरमा हराउने माछाजस्तै भएका छन् । बादललगायत एमाओवादी प्रवेश गर्नेहरू भन्दै थिए, हामी त्यहाा एमाओवादी नेतृत्वमा रूपान्तरण गर्न जाने हो । प्रचण्डलाई क्रान्तिको नायक बनाउने हो आदि भन्दै गएका थिए । तर त्यो पार्टी जसमा नेकपा(क्रान्तिकारी माओवादी)भित्रका कमरेडहरू गएका छन्, अब त्यो पार्टी नरहने अवस्थातर्फको संकेत गर्दै छ । उनीहरूले यसलाई पार्टी एकता भनेका थिए, त्यो अब के भयो ? आफौ अन्योलपूर्ण बनेको छ । हुनत नेकपा(क्रान्तिकारी माओवादी)को विभाजनबाट बादलको नेतृत्वमा आफ्नो विचार, सिद्धान्त र कार्यदिशाविहीन भएर केही नेताहरूको एउटा समूह जो एमाओवादीमा गएका थिए, यो स्पष्टत: सार र रूपमा माओवादी केन्द्रका नाममा समग्र माओवादीधारको विघटन र विभाजन नै हो भन्नेतर्फ संकेत गर्दै छ ।

 
एक हजार जना केन्द्रीय सदस्यहरू मनोनीत गरेर काठमाडौंमा केन्द्रित गर्ने तर जिल्ला र तल्लो तहमा कार्यकर्ताविहीन बन्ने निश्चित छ । यो सही हो नेपाली कम्युनिष्ट आन्दोलनमा सबै सच्चा माक्र्सवादी—लेनिनवादी—माओवादी र माओविचारलाई क्रान्तिको मार्गनिर्देशक सिद्धान्त मान्नेहरू वा उनीहरूका बेग्लाबेग्लै पार्टी, समूह वा व्यक्तिहरू एउटै पार्टीमा संगठित गर्नु सबै सच्चा मालेमावादीहरूको चिन्ताको विषय रहादै आएको छ र सबै सच्चा माक्र्सवादी—लेनिनवादी—माओवादीहरूले पार्टी एकता वा पार्टी प्रवेशभन्दा पहिले आफौमा सोध्ने प्रश्न हो—के यो एक हजार जनाको केन्द्रीय समितिले पार्टीको र क्रान्तिको हित गर्दछ ? तर ती कमरेडहरू जो अहिले केन्द्रमा जान यति लालायित र हतारमा हुनुहुन्छ कि अहिले उहााहरूका लागि यो प्रश्न गौण भएर गएको छ र मूलपक्ष पदीय भागबण्डाले ओगटेको छ । अहिले यो केन्द्रले क्रान्तिको हित गर्दछ वा गर्दैन भन्ने सवालमा अलिकति पनि जोड दिनेहरू पार्टी एकताविरोधी ठानिएका छन् ।
माक्र्सले जोड दिएको तथ्य के हो भने पार्टी एकता वा निर्माणको सिलसिलामा सैद्धान्तिक, राजनीतिक, संगठनात्मक र विभिन्न पक्षहरू वा कमसेकम नेतृत्वदायी अंगका व्यक्तिहरूको बारेमा पनि राम्ररी सोच्नुपर्ने आवश्यकता हुन्छ । तर आज माओवादी केन्द्रमा रहेका र जानहतार गर्नेहरू केका लागि माओवादीहरूको संयुक्त मोर्चामा जाादै छन् । यद्यपि यो संयुक्त मोर्चा केका लागि न त उद्देश्य स्पष्ट छ, न संगठनात्मक अभ्यास छ, न सिद्धान्त र विचार नै । छ त केवल भागबण्डा र जिन्दगीको गुजारा गर्ने सजिलो मार्ग । त्यहाा जम्मा हुनेहरूसित अब केवल एउटै नारा छ, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन ।

 
तैपनि कम्तीमा माओवादी आन्दोलनमा लागेकाहरू र नेपालमा सर्वहारा वर्गीय क्रान्तिका लागि तिनीहरूका बीचमा एकता चाहनेका निम्ति अहिलेको यो भीमकाय केन्द्रीय समितिले समयमा नै एउटा स्पष्ट सन्देश दिएको छ । त्यो यदि सर्वहारा वर्गीय क्रान्तिका लागि आवश्यक त्याग र बलिदानका लागि हो भनी कमरेडहरू तपाईंहरूले गलत ठाउा र मार्ग रोज्नुभएको छ । जब नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष किरणले भन्दै हुनुहुन्थ्यो— माओवादीहरूबीचको संयुक्त कारबाहीद्वारा जमिन तयार नहुादासम्म पार्टी एकता स्थगित गरौा अनि विश्वास र परीक्षणद्वारा पार्टी एकता गरौा भन्दा बादलहरू त्यसको सट्टा तुरुन्त नै पार्टी एकता गर्ने कुरा गरे । उनीहरूले पार्टी एकताको नाममा सिद्धान्तको प्रश्नमा ‘सम्झौता’को नीतिलाई जोडदार रूपले अगाडि सारे । अहिले के कुरा थाहा हुादै छ भने एकता हुने कुराले माओवादीहरूलाई सन्तोष त दिलायो । तर एक महिना पनि नबित्दै त्यो क्षणिक सफलता ज्यादै चर्को मूल्य चुकाएर किनिएको होइन भनी विश्वास गर्नु गलत भएको छ ।

 
आम जनता वा माओवादी कार्यकर्ताहरूको चाहनाको नाममा सिद्धान्त, राजनीति र अन्य पक्षहरूको उपेक्षा गरेर पार्टी एकता गरे पनि, त्यसरी गरिएको एकता, प्रथम, छिट्टै सिद्धान्तहीन, झगडा, अनुशासनविहीनता, गुटबन्दी र फुटमा बदलिन्छ । द्वितीय, जनताका क्रान्तिकारी आकांक्षाहरूका पक्षमा कुनै भूमिका खेल्न सक्दैन । त्यसरी सिद्धान्तहीन, अवसरवादी र हचुवा प्रकारले गरिएको एकताले तात्कालिक रूपमा जनता र कार्यकर्तालाई सन्तोष दिए पनि दीर्घकालीन र वास्तविक रूपमा उनीहरूका आकांक्षाहरूको प्रतिनिधित्व गर्दैन भन्ने स्पष्ट भएको छ । यी उल्लिखित भनाइहरू विश्व सर्वहारा वर्गका गुरुहरू माक्र्स र एंगेल्सका हुन्, जसलाई मान्नु अहिलेका लागि उनीहरूका निम्ति जडसूत्र भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here